नेपाली भान्सामा प्रयोग हुने केही मसला र तिनको उपयोगिता !

Posted by Sura Health on |







१. जीरा : जीरा सुगन्धित
तथा पाचनशक्ति भएको एकप्रकारको मसला हो ।
यसमा आइरन र क्याल्सियम हुन्छ ।
जीरामा एण्टी क्यान्सरको गुण हुन्छ ।
भोजनमा अरुचि, पेट फुलेमा वा अपच
भएमा जीराको प्रयोग उपयुक्त हुन्छ ।
यो नेपालीको भान्सामा अधिकतम
प्रयोग हुने मसलामध्येको एक हो ।
यसको प्रयोगले
तरकारी स्वादिलो हुन्छ ।
प्रसूतिपछि जीरा सेवन
गर्दा गर्भाशयको सफाइ हुने
विज्ञहरूको भनाइ छ । यो गरम
प्रकृतिको मसाला भएकाले अधिक
प्रयोग पनि उपयुक्त नहुने
उनीहरूको सुझाव छ ।
विश्वमा जीराको उत्पादन भारत, इराक र
चीनलगायत मुलुकमा हुने गर्दछ ।
२. अलैंची : अलैंची अत्यन्त
उपयोगी मसला हो । यसलाई गरम
मसलामा समेत प्रयोग गरिन्छ ।
नेपालमा अलैंचीको व्यावसायिक
खेती हुने गर्दछ । नेपालवाहेक भारत र
भुटान पनि अत्यधिक
परिमाणमा अलैंची उत्पादन गर्ने
मुलुकमा पर्दछन् । अलैंचीले खाना पचाउन
मद्दत गर्छ । यसले मुख गन्हाउनबाट
पनि बचाउँछ । डायबिटिजका रोगीले
यसको प्रयोग गर्नु राम्रो मानिन्छ ।
३. ल्वाङ : ल्वाङ फूलको कोपिला हो ।
यसको तेल दन्तशूल, मुखरोग,
अम्लपित्त खोकीलगायत
समस्याका लागि उपयोगी हुन्छ ।
यसमा एण्टीबायोटिक,
एण्टीसेफ्टिकलगायत गुण हुन्छन् ।
यसले दुखेको कम गर्न मद्दत गर्छ ।
ल्वाङलाई गरम मसलाका रूपमा समेत
प्रयोग गरिन्छ ।
४. मरीच : मरीच
लहरा जातिको बिरुवामा फल्ने फल
हो । यसको फललाई गरम
मसलाका रूपमा प्रयोग गरिन्छ । मरीच
अजीर्ण, पेटमा हावा भरिएमा, शीत
ज्वरो, चर्मरोगलगायत
रोगका लागि उपयोगी हुन्छ ।
५. जाइफल : प्राचीनकालदेखि नै
जाइफल गरम मसला तथा विभिन्न
रोगको उपचारका लागि प्रयोग हुँदै
आएको छ । आयुर्वेदमा उल्लेख
भएअनुसार जाइफलमा पीडानाशक,
बातनाशक र अन्य थुप्रै गुण हुन्छन् ।
त्यस्तै, जाइफल स्नायुलाई सबल बनाउन
उपयोगी मानिन्छ । यसमा पाचक गुण
अधिक भएकाले
पाचनप्रणालीका लागि यसको प्रयोग
उपयोगी हुन्छ । त्यस्तै, यसले अनिद्रा,
शूल, अपच, खोकी, शीघ्रपतन र
नपुंसकतालगायत समस्यासमेत हटाउन
मद्दत गर्छ ।
६. तेजपत्ता : यसले खानाको स्वाद
बढाउँदछ । यसमा एण्टी ब्याक्टेरियल
गुण हुन्छ । त्यसैले, रोग प्रतिरोधात्मक
क्षमता बढाउँछ ।
तेजपत्ता दालचिनीको पात हो ।
७. दालचिनी :
दालचिनी तेजपातको बोटको बोक्रा हो ।
यो गरम मसलामा प्रयोग हुन्छ । यसले
रगतमा कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ
। दालचिनीको स्वाद मीठो हुन्छ ।
यसको पातलाई तेजपात भनिन्छ ।
यो पनि मसलाकै रूपमा प्रयोग हुन्छ ।
विशेषज्ञहरूका अनुसार
दालचिनीको प्रयोगले मधुमेह र
मुटुको रोग निको पार्न सहयोग गर्दछ
। दालचिनी सुगन्धित पार्न र वायुशमन
गर्न प्रयोग गरिन्छ । यसले बमन
रोक्छ । यसको बोक्रामा शून्य दशमलव
५ देखि १ प्रतिशतसम्म
तेलको मात्रा हुन्छ । यसको तेल
दाँतको औषधिका रूपमा प्रयोग हुन्छ ।
८. सुकुमेल : सुकुमेल गरम
मसलाका रूपमा प्रयोग हुन्छ । यो समुद्र
तटीय क्षेत्रमा उत्पादन हुन्छ ।
यसको फल मुख रोग, श्वास, अरुचि,
बमन, दुर्बलतालगायत रोगमा प्रयोग
गरिन्छ ।
९. जाइपत्री : जाइपत्री दुखेको कम गर्न,
गर्मी बढाउन, अजीर्ण तथा शूलको रोग
हटाउनका लागि उपयोगी हुन्छ । विशेष
गरी यसको प्रयोग
मसलाका रूपमा गरिन्छ ।
१०. धनिया : धनिया स्वाद र
बासनाका लागि प्रयोग हुने औषधीय गुण
भएको मसला हो ।
यसको हरियो बोटको प्रयोग
खानाको सजावट, स्वाद
तथा सुगन्धका लागि गरिन्छ ।
यो ताजा मसलाका रूपमा अचारमा बढी प्रयोग
हुन्छ । यसको बीउलाई सुकाएर अन्य
मसलाजस्तै प्रयोग गर्न पनि सकिन्छ

११. अदुवा : अदुवा मसला र
औषधिका रूपमा प्रयोग हुने फल हो ।
हाल नेपालमा अदुवाको व्यावसायिक
खेती हुन थालेको छ ।
यसको गानो रेसादार हुन्छ ।
अदुवा सर्दी हटाउन र
स्वादका लागि उपयोगी हुन्छ ।
१२. खुर्सानी :
नेपालीको भान्सामा खुर्सानीको प्रयोगले
प्राथमिकता पाउँछ । यसले मोटोपन
घटाउन सहयोग गर्छ । यसको प्रयोगले
कोलेस्ट्रोल कम गर्न पनि मद्दत गर्छ

१३. बेसार : बेसार नेपालसहित अन्य
एशियन मुलुकमा प्रचलित मसला हो ।
नेपालीको भान्सामा यसको प्रयोग
अधिकतम हुन्छ । यसलाई
तरकारीमा रङका लागि प्रयोग गरिन्छ
। एशियन मुलुकमा बेसारको प्रयोग
करीब २ हजार वर्षअघिबाट
भएको मानिन्छ । यो अदुवाजस्तै
जमीनमुनि फल्ने
एकप्रकारको मसलाजन्य पदार्थ हो ।
यसले शरीरलाई गर्मी प्रदान गर्नुका साथै
कफ र जण्डिस (कमलपित्त)बाट
बचाउने आयुर्वेद ज्ञाताहरू बताउँछन् ।
यसले रगत सफा गर्ने र
छालासम्बन्धी रोगको निदान गर्ने
उनीहरूको भनाइ छ । बेसारमा सूक्ष्म
जीवाणु नष्ट गर्ने विशेष तत्त्व
(एण्टी ब्याक्टेरियल) हुन्छ । त्यस्तै,
बेसार विषनिरोधक प्राकृतिक पदार्थ
पनि हो । घाउमा यसको लेप लगाउनाले
फाइदा हुन्छ । तातो दूधमा बेसार मिसाएर
पिउँदा सर्दी, शरीर दुखेको र हाडलाई
बलियो बनाउन सहयोग गर्छ ।
१४. सौंफ : सौंफको बीउ
वा गेडा सुत्केरीको गर्भाशय सफा गर्न,
दूध बढाउन र आउँ
परेकाहरूका लागि उपयोगी हुन्छ ।
१५. हिङ : यसले खानाको स्वाद बढाउँछ
। पेट
दुखेमा औषधिका रूपमा पनि यसको प्रयोग
गरिन्छ । दाँत दुखेको बेला गालामा लेप
लगाएमा दुखेको कम गर्न सहयोग गर्छ ।
१६. मेथी : मेथीको साग तरकारी र बीउ
मसलाका रूपमा प्रयोग गरिन्छ ।
यो मधुमेहलगायत
रोगका लागि उपयोगी हुन्छ ।
ग्याष्ट्रिक
भएकाहरूका लागि पनि मेथी प्रयोग
गरिएको खाना उपयोगी हुन्छ ।
१७. ज्वानो : ज्वानो एकप्रकारको गरम
मसला हो । यसको प्रयोग अजीर्ण, पेट
दुखेकोलगायत रोगका लागि गरिन्छ ।
१८. टिमुर : टिमुर
दाँतसम्बन्धी रोगका लागि उपयोगी मसला हो ।
यो मुखमा दुर्गन्ध आउने, ज्वरो, अजीर्ण,
महामारी, हैजा,
टाउको दुखेकोमा बढी उपयोगी छ ।
यसलाई रुघाखोकी र पेट
दुखेको बेलामा पनि प्रयोग गर्न
सकिन्छ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips