सर्प विच्छी बिषमा Insect Bites !!
Posted by Sura Health on |
· कोइरालो विजको लेदोमा कागतीको रस हालेर टोकेको स्थानमा लगाई दिए विच्छी र सर्पको विष उतार्दछ ।
· तिन तोला कमलको जरा र २ तोला फुल मिश्रीसित पिंधेर शर्वत बनाएर विरामीलाई दिए फाइदा गर्दछ । होश हराइ सकेको भएपनि यसले चेतना ल्याउछ ।
· ६ ग्राम अपामार्ग (दतिवन) को चुर्ण मह सित चोट विष लाग्दैन, पात पिधेंर टोकेको घाउमा लगाउनु पर्छ ।
· विच्छीले टोकेमा खुर्सानीलाई मसिनो गरी पिसेर त्यसमा मह मिसाएर टोकेको स्थानमा लगाएर विष ओर्लिन्छ ।
· खुर्सानीलाई सुर्मा जस्तै गरेर लगाउने, विषको प्रभाव भए सम्म खुर्सानीले आँखा पोल्दैन । विष गइसकेपछि आँखा पोल्छ ।
· विच्छीको विषमा आँकको जरा पिंधेर टोकेको स्थानमा लगाउने वा आँकको दुध लगाए पनि हुन्छ ।
· सर्प–विच्छीको विषमा आँकको पात आँककै दुधमा पिंधेर घोटेर गोली वनाई एक एक घण्टामा खान दिए वमन हुन्छ र विष लाग्दैन ।
· विच्छी–छेपारो–माकुरा–अरिङ्गलको विषमा करेलाको जरा नुन–पानीमा घोटेर लगाए विष नष्ट हुन्छ ।
· सर्पको विषमा रोगीलाई करेलाको रस जति पिउन सक्छ दिनुपर्छ । त्यसपछि वमन हुन्छ, र फेरी दिनुपर्छ । यसै गरी वमन नरोकिए सम्म पिउन दिने, सर्पको विष नष्ट हुन्छ । टोकेको घाऊमा पनि करेलाको रस नै अलि वाक्लो पारेर लगाउनु पर्छ ।
· विच्छीको विषमा लसुन र अमचुर संग मिलाएर खान दिएमा विषको प्रभाव नष्ट हुन्छ ।
· विच्छीले टोकेमा तुलसीको पात चपाउने र त्यसवाट निस्केको रसमा नुन मिसाए्र टोकेको ठाउँमा लगाएमा विष नष्ट भई आराम हुन्छ ।
· विच्छीको विषमा तुलसीको पात भन्दा चार गुणा बढी पानीमा पिंधेर १०–१० मिनेटमा पिउनाले र टोकेको ठाउँमा लगाउने विषमा लाभ गर्दछ ।
· विच्छीले टोकेमा पुनर्नवाको लेप लगाए शान्त हुन्छ ।
· विच्छीले टोकको स्थानमा आर्कको दुध लगाउने दाह र वेदना शान्त हुन्छ ।
· सर्पको विषमा नासपातीको पात कुटेर रस निकाली २ ग्राम नुन मिलाएर पिए सर्पको विष लाग्दैन ।
· सर्प र विच्छीको विषमा २५० ग्राम गाईको दुधमा १० ग्राम चिनी वा मिश्री मिलाएर खान दिए आराम हुन्छ ।
· सर्प–विच्छी–माकुरो–बारुलो–मौरीको विषमा सिमलीको पात, बोक्रा र जरा पिसेर लेप लगाउने र यसको पात कुटेर निकालिएको ताजा काढा तिन–चार तोला सम्म पिउन दिए पनि लाभ हुन्छ ।
· सर्प विषमा नागकेशरको पात र फुल पिसेर टोकेको स्थानमा लगाई दिए विष बढ्दैन । केही समय पछि रोगीलाई निद्र लाग्दछ,त्यसपछि ठिक हुन्छ ।
· सर्पको बिषमा २–४ ग्राम चरिअमिलो पिसेर शर्वत वनाई पिउन दिएमा लाभ गर्दछ । यसको बाक्लो लेदो बनाएर टोकेको स्थानमा लगाईदिए विषको प्रभाव वढ्दैन ।
· सर्प–विच्छीको विषमा रसाञ्जन ( चुत्रो ) को लेप लगाएमा आराम मिल्दछ ।
· सर्पले टोकेमा आठ–दश दाना (५०–१०० मिली लिटर ) कागतीको रसमा मिश्री मिलाई पिउन दिएमा आराम मिल्दछ । कागतीको विज पिसेर पानी संग पिए पनि लाभ हुन्छ ।
· विच्छीको विषमा नुन र आधा कागती टोकेको स्थानमा राम्रो सित दलिदिएमा एकैछिनमा बिष नष्ट हुन्छ । फेरी कागतीको विउ १०–१२ दाना र नुन पिसेर सर्वत जस्तै पिउने ।
· विच्छीको विषमा निमको ब्रोक्रा वा पात चिलिममा हालेर तमाखु पिए भैm पिए विच्छीको विष शान्त हुन्छ ।
· विच्छीले टोकेको स्थानमा मह लगाएमा विष वढ्दैन ।
· विच्छीले टोकेमा पुदिनाको रस पाँच ग्राम र अदुवाको रस पाँच ग्राम, विरेनुन वा सिंधेनुन मिलाएर खान दिने ।
· सर्पको विषमा रातीगेडिको जरा घोटेर सर्पले टोकेको स्थानमा लगाए तथा यसको पातले वमन गराउन सके निको हुन्छ ।
· ५०० मिलि लिटर गाईको दुधमा काँचो सात–आठ केस्रा लसुन मिलाएर खान दिने ।
You can subscribe by e-mail to receive news updates and breaking stories.