पाइल्स–अलकाई–बबासीर–अर्श Piles/Haemorrhoids !!

Posted by Sura Health on |







                                                                          करेलाको एक तोला रस र पाँच मासा हर्रो चुर्ण मिलाई लगातार दिनहुँ सेवन गरे निको हुन्छ  

·       निमको फल र सिन्दुरे वृक्षको गेडाको धुलो मिसाई आधा तोलाको दरले खाने गरे खटिरा सुकेर जान्छ ।
·       प्याजको रस महमा मिसाएर खाने गरे खुनी बबासीर निको हुन्छ ।
·       पाँच मासा तुलसीको गेडामो धुलो पानी सित पिउनाले पाइल्स निको हुन्छ ।
·       बेसारको चुर्ण दुधमा मिसाएर लेप गर्नाले पुर्ण आराम हुन्छ ।
·       बवासीरको रोगीलाई कब्जीयत भएमा सुठो वा त्रिफला चुर्ण २ हप्ता सम्म मनतातो पानी संग खाने गरेमा फाइदा गर्दछ । 
·       भाँगको पातको लेप गर्नाले अर्श–पिडा शान्त हुन्छ ।
·       खुनी बवासीरमा तलाउको नजिकैको हरीयो दुवो माटो भाडामा अलिकति पानी हालेर बसाल्ने त्यसपछि वाफ आउन थालेपछि त्यही वाफले सेकेपछि पिडा शान्त हुन्छ ।
·       चार तोला कालो तिल शितल जलसित खाने गरेमा वबासीर–पाइल्स निको हुन्छ । भुटेको तिल पिसेर अचार जस्तै केही दिन सम्म निरन्तर सेवन गरेमा लाभ हुन्छ ।
·       सुरण, ओल, जिमीकन्दको स–साना टुक्रा वनाई छायामा सुकाएर चुर्ण वनाएर १० मासाको मात्रा विहानै सेवन गरे खुनी–वादी ववासीर निको हुन्छ ।
·       आँकको पातमा पाँच थरी नुन लगाई त्यसैमाथी तेल वा अमिलो लगाउने । त्यसपछि ती पात पोलेर त्यसको खरानी एक–एक माषा नियमीत सेवन गरेमा वादी ववासीर निको हुन्छ ।
·       ववासीर अल्काईमा सुठो, शुद्ध भलायोको चुर्ण वनाई समभाग लिएर दुध र गुड –शक्कर मा पकाई लड्डु वनाई १–३ माषा सम्म चिसो पानी सित सेवन गरे ववासीर निको हुन्छ ।
·       अलकाईमा कागति काटेर नुन छदै चुस्ने अथवा जाइफलको धुलो र चिनी छरेर चाटे पनी ववासीरमा लाभ गर्छ ।
·       ववासीरको फोकामा नीमको तेल दिनहुँ लगाए चाँडै नै आराम हुन्छ ।
·       अलकाईमा मुलाको पात छायामा सुकाएर त्यसैको वरावर पानीसित चालिस दिन सेवन गरे पुर्ण आराम हुन्छ ।
·       अलकाईमा रिट्ठाको वोक्राको खरानी र खयर बराबर पिसेर धुलो पारेर दुई ग्राम चुर्ण नौनीमा मिसाएर खानाले अलकाईले आउने रगत वन्द हुन्छ ।
·       अर्शमा कपुरको मलहम वनाएर लगाउने गरे केहि दिनमा निको हुन्छ । रगत आउन थामिन्छ र फोका सक्तछ ।
·       कुपिण्डोको सुकेको ब्रोक्राको धुलो २० ग्राम पानी सित सेवन गरे अलकाईवाट आउने रगत बन्द हुन्छ ।
·       इमिलीको फुलको रस अलकाईमा लगाए रगत थामिन्छ र केहि दिनमा आराम हुन्छ ।
·       बवासीरमा पुदिना वा हरिया धनियाँसित शिलाजित खाए बवासीरमा लाभ गर्दछ ।
·       मेथीको काढा बनाएर पिउने वा दुधमा पकाएर खाएमा आराम हुन्छ ।
·       अपामार्गको विज तिन ग्राम पिंधेर चौलानी सित दुवै छाक खाने गरे अलकाईवाट रगत आउने बन्द हुन्छ र आराम मिल्दछ ।
·       कोइरालेको नफुलेको कोपिला छाँयामा सुकाएर मसिनो पार्ने र तिन ग्राम चुर्ण मिश्री र नौनी सित मिलाएर खाएमा यसले ठिक गर्दछ ।
·       अलकाईमा अडिरको पात पिंधेर गुदामा राखी लङ्गोटीले कस्ने र बाहृ दिन जति चार–पाँच गेडा  प्रति दिन गुदि झिकेर खाने गरे आराम गर्छ ।
·       अलकाईको खटिरामा काँचो मेवाको दुध लगाउनाले आराम हुन्छ । मेवाको दुध लगाउदा वेसरी पोल्दछ । असह्य भयो भने नौनी मिसाएर लगाएपनि हुन्छ ।
·       पिंडालुको रस निकालेर मह मिलाई पिउनाले अलकाई निको हुन्छ । 
·       २० ग्राम जति नासपातीको मुरब्बा दिनको तिन पटक १ हप्ता सम्म खाए अलकाईमा आउने रगत थामिन्छ र केहि दिनमा रोग निर्मुल हुन्छ । 
·       विरालीको दुध बवासीरको घाउमा लगाएमा पिडा तुरुन्त शान्त हुन्छ ।  एक महिना सम्म लगातार सेवन गरे घाउ पनि निको हुन्छ । 
·       प्रति दिन दहि खाने गरेमा अलकाईको रगत आउन थामिन्छ । 
·        ६ ग्राम चम्चुरको विज पिधेंर शर्वत बनाई पिए अलकाई रोग सात दिनमा निको हुन्छ । 
·       पाकेको फर्सी बोक्रा पिसेर त्यसमा मिश्री वा चिनी हालेर शर्वत जस्तै बनाएर पिउने गरेमा पाइल्स र त्यसबाट आउने रगत निको हुन्छ । 
·       काँचो फिट्किरी र ठुलो हर्रोको क्वाथ बनाएर त्यसमा नरम कपडा भिजाएर ववासीरको फोका वा डल्लोमा राखेर पट्टि बाँध्ने गरे केहि दिनमा आराम हुन्छ ।
·       २ ग्राम रातीगेडीको जरा नरीवलको पानी संग खाने गरे आधा महिनामा पुर्ण आराम हुन्छ । 
·       १ ग्राम नागकेशरको फुलमा मिश्री र नौनी धिउ मिलाई सेवन गरे अलकाईमा लाभ गर्दछ । यसले पाइल्सको घाउ खटिरा सुकेर निको हुन्छ र हात–खुट्टाको जलन पनि निको हुन्छ । 
·       चरिअमिलोको फल अलकाईमा सहन सक्ने तातो लगाउने । यसले अत्यन्त पोले, चहराय गाईको धिउ वा नौनी मिलाएर लगाउदा राम्रो हुन्छ । 
·       नौनी मिसीएको रसाञ्जन अलकाईमा लगाए खटिरा सुक्दछ । फेरी १० ग्राम रसाञ्जन र ५० ग्राम पानी लिएर अर्शको खटिरा धोए आराम हुन्छ । 
·       सात ग्राम देखी दश ग्राम गोरखमुण्डी (मसला) को धुलो गाईको दुध सँग पिए निको हुन्छ । 
·       इन्द्रजौको काढा १० ग्रामको दरले एक महिना सेवन गरे बवासीर खुनी–वादी आराम हुन्छ । अथवा इन्द्रजौको चुर्ण र मह खाए पनि निको हुन्छ । 
·       प्रत्येक दिन ३ ग्राम कुसुमको फुलको धुलो दहिमा फिटेर खानाले अर्श निको हुन्छ । 
·       कुरैयाको बोक्रा कुटेर निस्केको रस २० मिलीलिटर पिउने गरे दुबै थरीका बवासीर निको हुन्छ ।
·       माल कागुनोको विज पिधेर लेप गर्नाले अर्श निको हुन्छ । 
·       फुलगोबीको पात निचोरेर रस निकालेर अर्शमा लगाए अति लाभ हुन्छ । 
·       कागती ३ ग्राम रस मुखमा लिएर गाईको दुधसँग खाएमा फाइदा हुन्छ 

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips