भरतपुर मेडिकल कलेजलाई सार्कस्तरको मान्यता !

Posted by Sura Health on |







bharatpur medical college                        भरतपुर मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेज) ले शल्यक्रियामा सार्कस्तरको मान्यता प्राप्त गर्न सफल भएको छ ।
सार्क सर्जिकल केयर सोसाइटीसहितको एक समूहको सर्भेबाट कलेजलाई शल्यक्रियामा सार्कस्तरीय मान्यता दिइएको हो । कलेजका निर्देशक भी नटराजप्रसादले अनुगमनका क्रममा सबै सेवासुविधा उच्चस्तरको पाइएपछि कलेजले यस्तो मान्यता पाएको बताए ।
शनिवार अस्पतालमा भएको पत्रकार सम्मेलनमा बोल्दै निर्देशक नटराजप्रसादले यो कलेज नेपालमै पहिलो सार्क मान्यताप्राप्त कलेज भएको जानकारी दिए । आइतबार औपचारिकरूपमा स्वास्थ्य सचिव डा. प्रवीण मिश्रले मान्यताको प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ । यो मान्यता चितवनकै लागि गौरवको कुरा भएको उनले धारणा राखे ।

कलेजमा दैनिक औसत २० जनाको शल्यक्रिया गर्ने गरिएको कार्यक्रम संयोजक एवम् चिकित्सक डा. सुजित कुमारले जानकारी दिए । चितवन मेडिकल सिटीको रूपमा विकास भइरहेको र यहाँ सुविधायुक्त दर्जनौं अस्पताल रहेकामा सार्कस्तरको मान्यता पाउनु अति नै महत्वपूर्ण भएको निर्देशक नटराजप्रसादको भनाई छ ।

गत वर्ष विशेषज्ञसहितको एक टोलीले मान्यता दिन मिल्ने नमिल्ने विषयमा सर्भे गरेकामा उपयुक्त ठहरिएपछि सोसाइटीले मान्यता दिएको अस्पतालले जनाएको छ ।                                                                          स्रोत :स्वस्थ्य खबरपत्रिका

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips