You are here: Home /
Health News / स्वास्थ्य र स्थानीय विकासबीच सहकार्य !
काठमाडौं । स्थानीय स्वास्थ्य स्वायत्त शासन सुदृढीकरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबीच सहकार्य हुने भएको छ ।
स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा. प्रवीण मिश्र र स्थानीय विकास मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरे । कार्यक्रममा स्वास्थ्य मन्त्री विद्याधर मल्लिकले सहकार्यपछि स्थानीय निकाय तथा स्वास्थ्यका स्थानीय इकाईहरु एकीकृत योजना जानुपर्ने बताए । उनले देश संघीयतामा गएपछि यस्ता एकीकृत कार्य नमूनाका रुपमा विकास हुने बताए ।
मन्त्रालयका सहसचिव डा. पदमबहादुर चन्दले स्वास्थ्यको विकास विना स्थानीय निकायको विकास नहुने भएकाले सहकार्य गरिएको बताए ।
कार्यक्रममा दुवै मन्त्रालयका सचिवले सहकार्यले दुवै मन्त्रालयको लगानी उपलब्धिपूर्ण देखिने बताएका थिए ।स्रोत :स्वस्थ्य खबरपत्रिका