७५ प्रतिशत महिलामा यौनरोग संक्रमण !

Posted by Sura Health on |







                कञ्चनपुर । कञ्चनपुरको ग्रामीण क्षेत्रका ७५ प्रतिशतभन्दा बढी महिलामा यौनरोगको संक्रमण रहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले विभिन्न स्वास्थ्य शिविरमा गरेको सर्भेक्षणबाट यस्तो तथ्य पत्ता लागेको हो ।
महिलामा व्यक्तिगत सरसफाइको कमी, असुरक्षित यौनजन्य क्रियाकलाप, यौनअंगको संक्रमण, पोषणको कमीलगायतका कारण यौनरोगको समस्या देखापरेको जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स पशुपति सिंहले जानकारी गराए ।

तल्लो पेट दुख्ने, चिलाउने, पिसाब पोल्ने, सेतो पानी बग्ने, यौन अंग वरिपरि फोका देखापर्ने र यौनसम्पर्क राख्न अप्ठेरो हुनेलगायतका लक्षण लिएर उपचारका लागि पुग्ने महिलाको संख्या उल्लेख्य रहेको उनले बताए ।
यौनांगको सरसफाइमा ध्यान दिएमा, असुरक्षित यौन सम्पर्क नराखेमा र समयमै स्वास्थ्य चौकी र अस्पतालमा गई उपचार गराएमा यौन रोग सहजै निको हुने उनको भनाइ छ ।

स्वास्थ्य शिविरमै यस्तो समस्या भएका महिलालाई यौन रोगको संक्रमण हुने कारण र निराकरणबारे जानकारी गराउँदैं आएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips