गर्वास्थामाहुने रक्तश्राव: सावधानी र अप्ठ्याराहरु !
Posted by Sura Health on |
-डा. बिक्रम बहादुर थापा---
तपाईहरुलाई थाहा छ, गर्वास्थामा हुने रक्तश्राव किन हुन्छ, के के खतराका चिन्ह हुन, के के अप्ठ्याराहरु आउन सक्छन र के के सावधानी अपनाउनु जरुरी छ?
१८ बर्षीय रमाको {नाम परिवर्तित} २ बर्ष अघि २६ बर्षीय रमेशसंग बिहे भयो र १ बर्ष पैले उनी गर्ववती भइन। साढे ६ महिनामा उनको योनिबाट धेरै रगत बग्यो अनि बच्चा खेल्न छाड्यो तर उनले खास मतलब रखिनन।
दुई दिनसम्म पनि नारोकियेपछि उनले आफ्नो श्रीमानलाई भानिन। अनि घरमा सल्लाह गरि धामी झाक्री बोलाए तरपनि उनलाई ठीक हुनुको साटो उनको स्वास्थ्य बिग्रदै गयो र बच्चापनि खेलेन। त्यसपछि उनीहरु अस्पताल गए। अस्पतालमा जाचपछि साल बच्चादानिबाट छुटटीएको र आमालाई हाईपोटेंसन भएको रहेछ । तुरुन्त औषधि र रगत चढ़ाए। अनि अल्ट्रसाउंड गरियो र शल्यक्रिया गर्नुपर्ने तर बच्चा बचाउन नसकिने बताईयो । रमेश छागाबाट खासेझई भय। शल्यक्रिया गरेर बच्चा त निकालियो तर मृत। यस्तो दुखदायी अवास्थाबाट टाढा रहन के गर्ने त?

परिभाषा:
गर्भ रहे देखि सुत्केरी नहुदासम्मा महिलाको प्रजनन अंगबाट रगत बग्नुलाई गर्वास्थामा हुने रक्तश्राव भनिन्छ
कारणहरु :
१. गर्व तुहिनु
२. सालको क्यान्सर
३. साल पाठेघरको सही भागमा नटासिनु या पाठेघर बाहिर गर्भ बस्न जानु
२. सालको क्यान्सर
३. साल पाठेघरको सही भागमा नटासिनु या पाठेघर बाहिर गर्भ बस्न जानु
४. साल पाठेघरबाट चाडै छुट्टीनु आदि
खतराका चिन्हाहरू:
१. एक्काशी धेरै रक्ताश्राब हुनु
२. रक्ताश्राब नारोकिनु
३. पहिले खेलिराखेको बच्चा नखेल्ने हुनु ।
४. ज्वरो आउनु आदि ।
१. एक्काशी धेरै रक्ताश्राब हुनु
२. रक्ताश्राब नारोकिनु
३. पहिले खेलिराखेको बच्चा नखेल्ने हुनु
४. ज्वरो आउनु आदि ।
अप्ठ्याराहरु:
१. रक्तचाप कम हुनु {हाइपोटेंशन}
२. रगतको संक्रमण भइ पुरी शरीरमाँ फैलिनु {सेप्सीस}
३. मृगौलाले काम गर्न छाड्नू
४. सुत्केरी हुदा समस्या आउने
५. आमा र बच्चा दुबैको ज्यान जान सकछ आदि
१. रक्तचाप कम हुनु {हाइपोटेंशन}
२. रगतको संक्रमण भइ पुरी शरीरमाँ फैलिनु {सेप्सीस}
३. मृगौलाले काम गर्न छाड्नू
४. सुत्केरी हुदा समस्या आउने
५. आमा र बच्चा दुबैको ज्यान जान सकछ आदि
सावधानीहरु:
१. गर्वास्थामा नियमित स्वास्थ्य जाँच गराउने
२. चोटपटकबाट बचिराख्ने
३. रक्तश्राव भएमा तुरुन्त अस्पताल गएर जाँच गराउने
४. आराम गर्ने
५. पौष्टिक खाना खाने, झोलिलो खाना लिइराख्ने
६. आयरन चक्की खाईराख्ने,
७. डाक्टरको सल्लाहमा औषधि सेवन गर्ने, रगत चढ़ाउने आवश्यकपरे शल्यक्रिया गराउनु पर्ने हुन्छ

You can subscribe by e-mail to receive news updates and breaking stories.