मोतिबिन्दु- एक संक्षिप्त जानकारी !

Posted by Sura Health on |








   ---डा. बिक्रम बहादुर थापा---

मोतिबिन्दु भनेको आखाको लेंन्समा धमिलोपन आउनु भन्ने बुझिन्छ  उपचारबाट निको हुने अन्धोपनको सबैभन्दा मुख्य  कारणमा यो पहिलो हो  त्यसैले यसको बारे सामान्य जानकारी हामी सबैमा हुनु जरुरि छ  यो सामान्यतया बुढ्योलिपनले गर्दा हुने रोग हो र यो ५०-५५ सालको उमेर पछी सुरु हुन्छ. तर एसका अपबाद नभएका चाही होइनन

मोतिबिन्दु सम्भावना कसलाई धेरै हुन्छ ?

१.        उमेर बढ्दै गर्दा
२.      आखाको चोटले गर्दा
३.      जन्मजात:  गर्भावस्था मा हुने संक्रमण र औसधि सेवनले गर्दा 

लक्षणहरु
१.        बिस्तारै आखाको दृष्टि कम हुदै जानु
२.       धमिलोपना महसुस
३.       टाउको दुख्ने अनि आखा थाक्ने
४.       आखाको कालो भाग  सेतो देखिदै जानु  इत्यादी
    
  चिन्हहरु 
१.        देख्ने  क्षमता कम हुनु
२.       लेन्स धमिलो/ अपारदर्शी देखिनु

रोकथाम र निराकरण:
१.चोटबाट  आखालाई जोगउनु
२. धुम्रपान नगर्नु
३. गर्बास्थामा आमाको उचित हेरचाह र स्वास्थ्य परिक्षण गराउनु

समयमा उपचार नहुदा के हुन सक्छ ?
१.        जलबिन्दु
२.       आँखाको दृस्टी स्थाई रुपमा कम हुने ( Amblyopia)

अत: मोतिबिन्दु जसलाई पनि हुनसक्छ  यो रोग को एक मात्र निराकरण आखाको शल्यक्रिया हो  operation समयमै भयोभने आखाको पुरै दृष्टि  आउने हुनाले रोग पत्ता लाग्ना साथ  उपचार गरिहाल्नु उपयुक्त मानिन्छ  हाम्रो देशमा  क्याम्पहरु र विभिन्न आखा अस्पतालमा यसप्रकारका शल्यक्रिया हुन्छन 

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips