गर्भावस्था मा ब्लड प्रेसर बढ्यो...डराउनु पर्ने कारण र रोकथामका उपाय !

Posted by Sura Health on |







-डा. खगेन्द्र काफ्ले---

स्वस्थ मानिसको बिपि १२०/८० हुन्छ । तर यो १४०/९० भन्दा माथि पुग्यो भने बिपि बढेको (रक्तचाप) मानिन्छ तेसैगरी रक्तचाप ९०/६० भन्दा कम पाइएमा लो ब्लड प्रेसर भन्ने बुझिन्छ  रक्तचाप कम भएमा चक्कर लाग्ने, फेन्ट हुने जस्ता लक्षण हुन्छन  भने बिपि धेरै रहने मान्छे मा हार्ट अट्याक, मस्तिस्कघात, मिर्गौलाको रोग जस्ता ठुला रोग हुने सम्भावना हुन्छ  यसको अलावा गर्भवती अवस्थामा रक्तचाप बढेको अवस्थामा पेटको बच्चाको वृद्धि बिकासमा नकारात्मक असर पर्ने अनि आमाको स्वास्थ्यमा पनि प्रतिकुल असर आउन सक्छ



गर्भावस्थामा रक्तचाप- उच्च रक्तचापले पहिला बाट नै ग्रसित महिला बाहेक गर्भ बसिसकेपछि पनि बिपि बढ्ने समस्या को उत्पति हुन सक्छ । दुवै अवस्था को सहि पहिचान र उपचार गर्नु अति आबस्यक कुरा हो ।

गर्भावस्थामा रक्तचाप बढ्ने समस्या कसलाई हुने खतरा धेरै रहन्छ ? 
1.   पहिलो पटक गर्भवती महिला अथवा धेरै नै बच्चा भैससकेका गर्भवती महिला
2.   महिला जसको नातेदारमा गर्भावस्थामा रक्तचाप बढ्ने हुने समस्या छ
3.   20 वर्ष भन्दा कम वा 40 वर्ष भन्दा धेरै उमेरकि गर्भवती महिला
4.   महिला जसमा सुरु बाटै रक्तचाप, मधुमेह या मृगौला सम्भंधि समस्या छ
5.   जो महिला गर्भ रहनुभन्दा अगाडी बाट नै सामान्य भन्दा मोटि छन्

गर्भावस्थाको उच्च रक्तचाप किन धेरै खतरनाक ?

1.  रक्चातप नियन्त्रण नभएमा महिलाको कलेजो तथा मृगौलामा असर पर्न सक्छ जसबाट सरिरका अरु अंग पनि प्रभावित हुन्छन
2.   आमाको रक्तचाप धेरै हुँदा पाठेघरमा रगतको प्रबाह घट्दछ, जसले गर्दा समय अगाडी नै बेथा लाग्ने, कमजोर र कम तौल भएका बच्चा जन्मने, बच्चा पछी गएर मानशिक रुपमा सुस्त हुने जस्ता समस्या आउन सक्छन

कस्तो अवस्था मा डराउने?

1.   १४०/९० भन्दा बढी बिपि लगातार २ पटक (६ घन्टाको फरकमा चेक गर्दा ) पाइएमा रक्तचाप बढी भएको मनिन्छ । माथि (१४०) या तल (९०) को मध्ये कुनै एउटा मात्र बढेमा पनि बिपि बढेको हो ।
2.   बिपि बढ्नु को साथमा पिशाबको जांच गर्दा प्रोटिन पाइएमा, लगातार टाउको दुखेमा, देख्नमा समस्या आउन लागेमा, उल्टी लाग्ने दाहिने कोखो दुख्ने गरेमा, छिटो छिटो तौल बढेमा, सरिर सुन्नियेमा, पिशाब आउन कम हुने या बन्द हुने भएमा तुरुन्त डाक्टरको मा जानु पर्छ । यस्ता लक्षणहरु खतराका सूचकहरु हुन् ।

गर्भवती महिलामा उच्च रक्तचाप कारणले  हुने समस्या बाट बच्न  गर्न सकिने रोकथामका उपायहरु के छन्?

1.   पहिला बाट नै रक्तचाप धेरै रहने समस्या छ भने यसलाई नियन्त्रण मा राख्ने अनि नियमित शारीरक ब्यायाम गर्ने , खानामा नुन कम गर्ने, मोटोपन छ भने तौल कम गर्ने
2.   पर्याप्त आराम गर्ने, दिनमा कम्तिमा पनि २/३ पटक खुट्टाको लेवल टाउकाको भन्दा माथि हुने गरि सुत्ने/पल्टिने
3.   खानपिन मा प्रोटिन को कमि हुन नदिने । धेरै प्रोटिन पाइने कुरा भनेका माछामासु, अन्डा, दुध, गेडागुडी तथा दाल हुन्
4.   नियमित स्वास्थ्यकर्मी बाट चेक अप गराउने

5.   डाक्टर लाइ चेक नगराइकन जुन पायो तेही औषधि किनेर नखाने                                                         स्रोत ;स्वस्थ्य संसार 

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips