कुकुरले रक्तदान गरेर बँचायो बिरालोको ज्यान (भिडियो सहित)
Posted by Sura Health on |
You are here: Home / Health News / कुकुरले रक्तदान गरेर बँचायो बिरालोको ज्यान (भिडियो सहित)
Posted by Sura Health on |
रक्तदान जिवनदान भनिन्छ । मान्छेले मान्छेलाई रगत दिएर जिवन बचाएका उदाहरण प्रसस्तै छन् । तर के तपाइँले कुकुरले रगत दिएर बिरालोको ज्यान बँचाएको सुन्नुभएको छ ? सुन्ने कुरै भएन । किनकी झ्वाट्ट सुन्दा यो हुनै नसक्ने जस्तो लाग्छ र कुनै दन्तेकथा जस्तो पनि लाग्छ । तर हामीलाई दन्तेकथा जस्तो लागेर के भो ? न्युजिल्याण्डमा भने साँच्चीकै एउटा कुकुरले रक्तदान गरि बिरालोको ज्यान बँचाइदिएको छ । टेलिग्राफका अनुसार न्युजिल्याण्डको टारंगा क्षेत्रमा यस्तो घटना भएको हो । भुलबस मुसा मार्ने औषधि खाएपछि सिकिस्त बनेको रोरी लामको बिरालो झण्डै मृत्युको मुखमा पुगिसकेको थियो । रोरीका मालिक किम एडबर्डले उसलाई उपचारका लागि भेटेनरी अस्पताल लगे । बिरालोको हालत निकै बिग्रसकेको थियो । उसलाई तत्कालै रगत दिएर सघन उपचार गर्नुपर्ने पशु चिकित्सकले बताए । तर मान्छेका लागि भए पो ब्लड बैंकबाट रगत लिएर दिनु वा कोही साथीभाइलाई गुहार्नु । तर बिरालोका लागि कताबाट रगत ल्याउनु ? उनी बिलखबन्दमा परे । कतै बिरालो खोजेर उसको रगत निकालेर ग्रुप जाँचेर, मिलाएर रोरीलाई रगत दिनका लागि समय नै थिएन । त्यसैले एडबर्डले आफ्ना साथी मिसेल व्हाइटमोरलाई फोन गरे । व्हाइटमोटले मेसी नामक लाब्राडोर नश्लको कुकुर पालेका थिए । तत्कालै कुकुर लिएर भेटेनरी अस्पताल आउन आग्रह गरेपछि व्हाइटमोरले कुकुर लिएर तत्कालै पुगे । त्यसपछि मेसीको रगत निकालियो अनि रोरीको सरीरमा दिइयो ।
You can subscribe by e-mail to receive news updates and breaking stories.