कुरिलोको औषधि
Posted by Sura Health on |
पहाडी क्षेत्रमा साउने संक्रान्तिमा गरिने विशेष पूजामा प्रयोग हुने वनस्पति कुरिलो औषधि एवम् पोषणयुक्त खाद्यान्नको रुपमा समेत प्रयोग गर्न सकिन्छ भन्ने कमैलाई थाहा होला। आर्युवेदका अनुसार अम्लपित्त, मस्तिष्क दुर्बलता, पिसाब पोल्ने, महिलामा हुने बढी रक्तस्राव, रक्तचाप र हृदयरोगको उपचारमा समेत कुरिलो फलदायी वनस्पति हो। सुत्केरी महिलामा दूध नआउने समस्या भए कुरिलोबाट बनेको विशेष प्रकारको औषधि नै पाइन्छ। महिलाको प्रसस्त दूध नआएको शिशुलाई कुपोषणबाट बचाउन कुरिलोबाट बनेको तयारी औषधिसमेत पाइन्छ। प्रसस्त दूध नपाएका शिशुमा रोगविरूद्ध लड्ने क्षमता पनि कम हुनेसँगै उसको शारीरिक, मानसिक वृद्धि र विकास रोकिन्छ।
कुरिलोमा भिटामिन सी, फोलिक एसिड, भिटामिन इ, भिटामिन बि ६ र मिनरलहरु पाइन्छ। जसले गर्दा कुरिलोले शरीरबाट पिसाब बाहिरिने क्रम बढाउन सघाउँछ। यसले गर्दा पाठेघरको संक्रमण घटाउन मद्दत गर्छ। चिकित्सकहरुका अनुसार कुरिलो सेवनले दुखाई र सुन्निएको पनि घटाउँछ। मिर्गौलामा हुने पत्थरी जोखिम कम गर्न, जोर्नीको दुखाई कम गर्न, कब्जियत घटाउन, रक्तअल्पता घटाउन र अनुहारमा चमक ल्याउन कुरिलोले सघाउँछ।
काँडेदार सदावहार वनस्पति कुरिलोका डाँठ, फूल र फलसमेत औषधिका रुपमा प्रयोग गर्न सकिन्छ। सुत्केरी महिलालाई कुरिलो खुवाएमा दूध बढाएर तागत बढाउन कुरिलोले मद्दत गर्ने आर्युवेद चिकित्सकहरु बताउँछन्।
कुरिलोलाई टुसा र तरकारी वा अचार बनाएर खान सकिन्छ। जराको रस निकालेर चूर्ण बनाएर वा पकाएर क्वाथको रुपमा प्रयोग गर्न सकिन्छ। चूर्णलाई दूधमा घोलेर खान सकिन्छ। त्यस्तो औषधिजन्य चूर्ण ३ देखि ६ ग्राम, स्वरस १० देखि २० मिलिलिटर र क्वाथ ५० देखि १०० मिलिलिटरसम्म सेवन गर्न सकिन्छ।

You can subscribe by e-mail to receive news updates and breaking stories.