रिस र यसलाई नियन्त्रण गर्ने तरीका
Posted by Sura Health on |
डा. कपिल देव उपाध्याय, वरिष्ठ मनो चिकित्सक तथा स्ट्रेस काउन्सेलर : रिस ज्यादै शक्तिशाली भाव हो। रिसाएका बेलामा आफूलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ। रिसको झोंकमा धेरै कुटपिट, हिंसा र हत्या हुने गरेका छन्। कहिलेकाहीं त कसरी यति धेरै ठूलो घटना भयो भन्ने पनि रिसाएको मानिसलाई थाहा हुँदैन। रिसकै कारण वा रिस नियन्त्रण गर्न नसक्दा आफ्नो कार्यालयमा धेरै समस्या आउन सक्छन्, झगडा हुन सक्छ र आफूले गर्दै आएको काम राम्रोसँग गर्न सकिँदैन। रिसकै कारण घरमा कुटपिटका घटना हुन्छन् र कहिलेकाहीं सिकिस्त हुने गरी कुटपिट गर्ने, मट्टीतेल खन्याएर आगो लगाउने र कसैको ज्यानसमेत लिने प्रयास भइरहेको हुन्छ। त्यस्तै गरेर परिवारमा कलह, झगडा, अनमेल, पारपाचुके र केटाकेटीमा ज्यादै नकारात्मक भाव उत्पन्न हुने प्रमुख कारण पनि रिसाउने, झगडा गर्ने र कुटपिट गर्ने हो।
धेरै मानिसलाई लाग्छ होला रिस त अलिकति हुनैपर्छ नि, रिस नै भएन भने अरुले हेपि हाल्छन नी। रिस नदेखाउने हो भने घर, अफिसमा कसैलाई कसैको डर नै हुँदैन र सबैले आफूखुसी गर्न थाल्छन्। अरिस्टोटलले भनेजस्तै उचित किसिमले रिसाउनु सही हुन सक्छ तर यसरी रिसाउन सक्नु सजिलो छैन।
हामीले सानैदेखि सुन्दै पनि आएको कुरा हो रिसले आफू खा अर्थात रिसले सबभन्दा वढी नोक्सान आफैंलाई नै गर्छ भन्ने कुरा धेरैलाई थाहा छ। हामी रिसाउँदा हाम्रो मस्तिष्कबाट धेरै किसिमका रासायनिक तत्व निस्कन्छन् र त्यस्तै गरेर शरीरवाट एड्ररेनलीन र कर्टि्रसोल जस्ता रासायनिक पदार्थ निस्कन्छन्।
यी पदार्थले मुटुको धड्कन वढाउँछन्, रक्तचाप वढाउँछन् र शरीरलाई लड्न वा भाग्नका लागि तयार गर्छन्। हजारांै वर्ष पहिले जब मानिसहरु जंगलमा वस्थे र जंगली जनावरको सिकार गरेर आफ्नो पेट भर्थे त्यसबेला जनावरसँग लड्न सक्थे, मार्न सक्थे वा ज्यान बचाएर भाग्न सक्ने क्षमताको वास्तविक आवश्यकता थियो। प्रकृतिले मानवलगायत सम्पूर्ण जीवमा बाँच्ने आधारका लागि लड्ने वा भाग्ने व्यवस्था गरेको हुनुपर्छ। सभ्यताको विकाससँगै आजकल सामान्यतया लड्ने वा भाग्ने अवस्था आउँदैन तर, रिसाएका बेलामा शरीरलाई लड्न वा भाग्न तयार पार्ने काम पहिलेजस्तै नै हुन्छ अर्थात रिसाएका बेला निस्कने विभिन्न रासायनिक पदार्थ निस्कन्छन् र तिनले नराम्रो असर पार्छन्।
रिसका किसिमहरु :
(१) क्रोनिक एङगर : यस्तो रिस धेरै लामो समयदेखि हुन्छ। आफ्नो जिन्दगीदेखि नै रिस उठेको हुन्छ र अरु सबैप्रति समेत रिस उठीरहन्छ।
(२) भ्वाइलेन्ट एन्गर : अचानक, एक्कासि रिस उठ्छ तथा तथानाम गाली गर्ने र कुटपिट गर्ने समेत हुन सक्छ र छिट्टै रिस सेलाउँछ।
(३) प्यासिभ एङगरः रिस उठेको हुन्छ तर देखाउने तरिका फरक हुन्छ घुमाउरो पाराले, अरुलाई भनेको जस्तो गरेर वा बोल्दै नबोली आफ्नो रिस पोख्ने गर्छन्।
(४)सेल्फ इन्फेक्टेड एङगर : रिस अरुसँग उठेको हुन्छ तर उनीहरुले आफैंलाई चोट पुर्याईउने, दुःख दिने जस्ता व्यवहार देखाउँछन् जस्तै शरीरका विभिन्न अंगमा घाउ बनाउने, खाना खान नमान्ने वा लागुपदार्थ वा रक्सी सेवन अत्यधिक गर्ने।
(५) कन्स्ट्रक्टिभ एङगर : रिस अत्यन्त शक्तिशाली इनर्जी हो र रिस उठीसकेपछि कुनै न कुनै रुपमा खर्च हुनै पर्छ। कसैकसैले यो रिसलाई राम्रो काममा लगाउन सक्छन् जस्तै रातदिन खटेर सामाजिक सेवा गर्ने वा रिसलाई आफ्नो खेलकुद वा घरको काममै लगाएर शक्ति खर्च गर्ने।
रिस उठ्दा के कस्ता लक्षणहरु देखिन्छन् :
मुड खराब छ भन्ने, आफ्नो काममा चाख नदेखाउने, आफ्ना सहकर्मी वा सुपरभाइजरको कुरा काट्ने, अफिसको कामको जिम्मेवारी नलिने, बिना सूचना काममा नआउने आदी।
रिसले के कस्ता रोगहरु निम्त्याउन सक्छ?
टाउको दुख्ने, ब्लड प्रेसर बढ्ने, अल्सर हुने, छालाका रोगहरु हुने वा लागुपदार्थ वा मद्यपान सेवन जथाभावी गर्ने हुन सक्छ।
रिसको व्यवस्थापन कसरी गर्ने।
You can subscribe by e-mail to receive news updates and breaking stories.