किन हुन्छ पिसावमा समस्या?

Posted by Sura Health on |







काठमाडौं - पचास वर्षीय डिपी खनाल लामो समयदेखि पिसाबसम्बन्धी समस्याले पीडित छन्। उनले आफन्तलाई आफ्नो समस्या भन्न सकेका छैनन्। तर, यही समस्याले उनको दैनिकी प्रभावित छ। मन लागेर जाँदा पनि सुरुमा पिसाब आउँनै गाह्रो पर्छ। आइहाले पनि पिसाब ननिखि्रएजस्तो हुन्छ। फेरि छिनछिनमा गइरहनुपर्छ र रोकिरोकी पिसाब आउँछ। पिसाब आउन गाह्रो भएर दुख्न थालेपछि उनी अस्पताल गए। 'करिब पाँच वर्ष समस्या लुकाएर बसेँ, अरुलाई सुनाए नराम्रो ठान्लान्जस्तो लाग्थ्यो,' उनले भने, 'उमेर ढल्किँदै गएपछि हुने पोस्ट्रेटको समस्याले यस्तो भएको रहेछ।' 

पोस्ट्रेट वृद्धिले पिसाब फर्न असहज हुनुका साथै थाहा नपाइकन क्यान्सर देखिनसक्ने चिकित्सकको भनाइ छ। समस्या जटिल भएपछि मात्र उपचारमा आउने प्रवृत्ति देखिएको छ। वीर अस्पतालका युरो सर्जन डा. पारस श्रेष्ठका अनुसार पुरुषमा उमेर बढ्दै जाँदा उत्पन्न हुने हर्मनको असन्तुलनले पोस्ट्रेटको आकार र तौल बढाउँछ। यसको अवस्थिति पिसाब नलीको मुख र थैलीको बीचमा हुने भएकोले यसको वृद्धिले मूत्र प्रणालीमा अवरोध गरेर त्यसले दैनिक जीवनमा प्रभाव पार्छ।
चिकित्सकका अनुसार प्रोस्टे्रट ग्रन्थिको वृद्धि प्रायः ४० वर्षपछि सुरु हुने भए पनि ६० वर्ष पुग्दासम्म यसले पुरूषको मूत्र प्रणालीमा अवरोध पुर्याःउँछ। डा. श्रेष्ठका अनुसार प्रोस्टे्रटले दैनिकीमै प्रभाव नपार्दासम्म यो बढ्दैमा उपचार गरिहाल्नुपर्छ भन्ने छैन। चिकित्सकका अनुसार वृद्धि भएर इरिटेसन पैदा गर्ने वा प्रवाहमा अवरोध पुर्यानएर थप जटिलता उत्पन्न भएपछि उपचार थाल्नुपर्छ। लामो समयसम्म मूत्र प्रक्रियामा अवरोध हुँदा पनि खपेर बस्ने प्रवृत्तिले प्रोस्टेटको क्यान्सर दर बढ्दै गएको युरोसर्जन डा. श्रेष्ठको भनाइ छ। सामान्य रूपमा पोस्टेट वीर्यको केही भाग उत्पादन गरेर शुक्रकीटको रक्षा गर्ने महत्त्वपूर्ण अंग हो। यसको तौल १५ देखि २० ग्राम हुन्छ। चिकित्सकका अनुसार पोस्टेटबाट निस्किने झोलले शुक्रकीटलाई पिसाबनलीमा बग्नसमेत मद्दत गर्छ।
उमेर बढ्दै जाँदा टेस्टोस्टेरोन नामको हर्मोन शरीरमा घटदै जानाले ग्रन्थीको आकार र तौल बढ्दै जान्छ। पिसाब मार्गमा अवरोध उत्पन्न नभएसम्म चिकित्सकले यसलाई ठूलो समस्या मान्दैनन्। सबै अवस्थामा यो समस्याको रूपमा नदेखिएपछि ८० वर्ष कटेका ९० प्रतिशतभन्दा बढीमा केही न केही लक्षण देखिन्छ।
प्रोस्टेट ग्रन्थीको बाहिरपट्टि खोल हुने भएकाले प्रोस्टेटको अत्यधिक वृद्धि भित्रपट्टि हुन्छ। यसले पिसाब नलीलाई वरिपरिबाट दबाब दिएर साँघुरो बनाइदिन्छ र पिसाबमा समस्या देखिन्छ। 'पिसाब गरिहनुपर्ने (कम्तीमा दुई घन्टाभन्दा अगाडि), लागेपछि खप्नै नसकिने, राति उठिरहनुपर्ने (दुईपटकभन्दा बढी) भएमा समस्या मान्नुपर्छ,' डा. श्रेष्ठले भने, 'धारो मसिनो हुने, धारो रोकिने र ननिखि्रने भएमा पोस्टेटले समस्या उत्पन्न गराएको मानिन्छ।'
पोस्टेटको समस्याले सुरु भएपछि पिसाबनली साँघुरो हुने भएकाले पिसाबको बहाव कम हुन्छ। जसका कारण पिसाबथैलीमा रहेको पिसाब पूर्ण मात्रामा निखि्रएर थैलीमा पिसाब जमेर रहन्छ। पिसाब जमेपछि थैलीमा ढुंगा बन्ने, पिसाब नलीमा समेत भार परेर मिर्गौला सुन्निने र संक्रमणसमेत हुन्छ। 'पिसाब जम्मा हुने क्रम बढ्दै गएपछि पिसाब उल्टो बाटोमा बहन्छ,' डा. श्रेष्ठ भन्छन्। रोग पत्ता लागेपछि चिकित्सकसँग परामर्श गर्ने, जीवनशैलीमा सामान्य परिवर्तन गरेर  तरल पदार्थ र पानी सेवन वृद्धि गरेमा समस्या समाधान हुन सक्छ।
पिसाब पूरै रोकिएमा, बाहिरबाट मूत्र संक्रमण भएमा, पिसाबथैलीमा पत्थरी जमेमा, मूत्र अवरोधका कारण मिर्गौलाको कार्यक्षमतामा ह्रास आउन थालेमा, पिसाबमा रगत जाने अवस्थामा शल्यक्रिया गर्नुपर्ने चिकित्सक बताउँछन्। चिकित्सकका अनुसार रोग बढ्दै गएर पेटको तल्लो भागमा फुलेको मूत्रथैलीको डल्लो देखापरेमा र राति सुतेको वेलामा बारम्बार ओछ्यानमा पिसाब चुहिने  समस्या देखिन सक्छ। 'यस्तो अवस्थामा शल्यक्रिया नगरिएमा मिर्गौला फुलेर शरीरबाट फाल्नुपर्ने, फोहोर निकाल्न नसक्ने र सधैंका लागि मिर्गौला फेल पनि हुनसक्छ,' श्रेष्ठले भने।
चिकित्सकले शारीरिक जाँच र परीक्षणको माध्यमबाट रोग र यसको प्रभाव पत्ता लगाउन सक्छन्। भिडियो एक्सरेको माध्यमबाट प्रोस्टेटको तौल, आकार तथा अवस्था पत्ता लाग्छ, पिसाबथैली र मिर्गौलाको अवस्था थाहा पाउन सकिन्छ। यसले पिसाब फेरसिकेपछि पिसाबथैलीमा रहने पिसाबको मात्रा पत्ता लाग्छ।
चिकित्सा विज्ञानको विकासले प्रोस्टेटको शल्यक्रिया पहिले जस्तो जटिल छैन। नचिरिकनै पिसाबनलीको बाटोबाट प्रोस्टेट ग्रन्थीलाई खुर्केर (टियुआरपी) को माध्यमद्वारा पिसाबको बाटो खोल्न सकिन्छ, लेजरको माध्यमद्वारा प्रोस्टेटलाई डढाउन वा ग्रन्थी निकाल्न सकिन्छ। शल्यक्रिया गरेर धेरै दिन अस्पताल बस्नुपर्ने बाध्यता हटाउँदै अहिले नचिरिकनै पिसाबनलीबाटै प्रोस्टेटको शल्यक्रिया गर्न सकिन्छ। तर, यसबाट शल्यक्रिया गर्दा पिसाब नरोकिने लगायत जटिलतासमेत आउन सक्छ।

लक्षण

पिसाब ननिखि्रए जस्तो हुने
बारम्बार पिसाब फेर्न जानुपर्ने
राति निद्रा खलबलिने
पिसाब फेर्दा सुरुमा गाह्रो हुने
पिसाब फेर्दा बल लगाउनुपर्ने
बल गर्दा धारो अझै मसिनो हुने
पिसाब खुल्ने–रोकिने क्रम पटक–पटक हुनाले लुगा भिज्ने
केही क्षण पनि पिसाब रोक्न नसकिने
संक्रमणले पिसाब पोल्ने
पिसाबमा रगत देखिने
कामज्वरो आउने
वाकवाकी लाग्ने
मिर्गौलाले काम गर्न छाडेर थप जटिलता हुनसक्ने।
स्रोत:स्वास्थ्य नेपाल 

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips