गुणकारी पुदिना|
Posted by Sura Health on |
पुदिना भिटामिन ‘ए’को प्रमुख स्रोत हो । यो स्वास्थ्यका लागि अति नै लाभकारी मानिन्छ । साथै, यसले शरीरका लागि अत्यन्तै फाइदाजनक काम पनि गर्दछ । पुदिनाको स्वाद र सुगन्धले पनि मानिसलाई मोहित पार्छ ।
एक गिलास पानीमा ८–१० वटा पुदिनाको पात, ८–१० दाना मरिच र थोरै बिरेनुन राखी उमालेर खाँदा रुघाखोकी र ज्वारोमा फाइदा गर्छ । बाडुली लाग्दा पुदिनाको पातको रस सेवन गर्दा बाडुली बन्द हुन्छ ।
सास गन्हाउँदा सुकेको पुदिनाको पातलाई पिसेर मन्जनजस्तै गरी दाँतमा रगड्दा सास गन्हाउँदैन र दात पनि बलियो बनाउँछ । गर्मीमा प्याज राखेको पुदिनाको अचारले ‘लू’बाट बचाउँछ । कागतीको रस मिलाएर पुदिनाको लेप अनुहारमा लगाउँदा चाया हट्नुका साथै चमक पनि आउँछ । सुकेको पुदिनाको पातलाई पिनेर पानीमा राखी बिहान–बिहान खाँदा फोक्सोमा कफ जमेर आउने खोकी र दमका लागि पनि फाइदा पु¥याउँछ । नुन–पनीमा पुदिनाको रस मिलाएर कुल्ला गर्दा घाँटीको खसखस र दबेको स्वर खुल्छ ।
You can subscribe by e-mail to receive news updates and breaking stories.