वायु विकार(ग्यास्ट्राइटिस) Gastritis)

Posted by Sura Health on |







                                                                                                           
पृस्ठभुमी 


वायुविकार  अथवा चलनचल्तीको भाषामा भनिदै आएको ग्यास्ट्रिक हामी जस्तो धेरैलाई यो समस्या छ । डाक्टर साब ! मेरो पेट पोल्यो, छाती पोल्यो, श्वास फेर्न गाह्रो भयो, वाकवाकी लाग्यो ,अनेकन समस्यालिएर आउनुहुन्छ दाजु भाई  तथा दिदी बहिनीहरु ।हजुर आज हामी त्यही  समस्याहरुको चिर परिचित साथी (ग्यास्ट्रीक) वायूविकारको वारेमा चर्चा गर्ने छौ ।
 
वायु विकार(ग्यास्ट्राइटिस) भनेको के हो  ?
आमाशयको श्लेश्मा झिल्कीको श्रोथ हुनु अथवा सुनिनुलाई वायुविकार भनिन्छ । यो २ प्रकारको हुन्छ । क) तीब्र वायूविकार ख) दीर्घ वायूविकार
तीब्र वायुविकार
यसमा आमाशयको  श्लेश्म झिल्लीको सुनने अवस्था छिटो हुन्छ अथवा तीव्र हुन्छ ।
कारणहरु 
चुरोट, जाड रक्सीको अत्याधिक सेवन गर्नाले,विषालु खाना खानाले, अत्याधिक औषधिहरुको सेवन,पेटमा अत्याधिक  वायल आउनाले, अत्याधिक चिन्ता, थकान तथा काम, हेलीकोब्याक्टर पाइलोरीको सन्क्रमण 
लक्षण तथा चिन्हहरु
वाकवाकी लाग्नु,वान्ता हुनु,खानामा अरुची,मुटु दुख्नु,छाती पोल्नु,पेटको माथिल्लो भागमा  असजिलो महशुस हुनु
दीर्घ वायूविकार
आमाशयको दीर्घ  संक्रमण भइरहनुलाई दीर्घ वायूविकार भनिन्छ ।
कारणहरु
दीर्घ वायूविकार हुनुको मुख्य कारण थाह नभएता पनि यसका सम्भावित कारणहरु तीब्र वायूविकारसँग मिल्दो जुल्दो छ जुन निम्न  प्रकार छन्:-
दीर्घकालीन रुपमा अत्याधिक मद्यपान र धुम्रपान गर्नु,अस्थिरता भएको ब्यक्ति,घाँटी  तथा टन्सिलको दीर्घकालीन समस्या,धेरै अमिलो/ पीरोखानाको सेवन,अत्याधिक चिया तथा कफीको सेवन,खानामा
अनियमितता, रोग प्रतिरोधात्मक क्षमतामा कमी,एलेर्जी र हेलीकोब्याक्टर पाइलोरी सन्क्रमण 
लक्षण तथा चिन्हहरु
दीर्घ वायूविकार भएका व्यक्तिहरुलाई पनि वाकवाकी लाग्नु, वान्ता हुनु, खानामा अरुची, मुटु पोल्नु, छाती पोल्नु,अपच  हुनु,ग्यास भरिनु,डकार आउनु समस्या लामो समयसम्म लगातार भइरहन सक्ने हुन्छ । यस सँगसगै अन्य समस्याहरु साथसाथै  कुपोषित  देखिनु जस्ता अनेकन समस्याहरु हुन सक्दछ ।
निरन्तर रुपमा यदि वायूविकार भइरहनु यसवाट हुन सक्ने जटिलताको नजिक पुग्नु नै हो । वायूविकारलाई यदि समयमा उपचार नगरेमा अम्लपित्त हुनसक्ने  हुन्छ । जुन पेटको अथवा पाचनप्रणालीको एउटा जटिल समस्या हो । साथसाथै वायुविकारकै कारणले अल्सर हुन गई रगत बग्ने समस्या हुन सक्छ जसले गर्दा शरीरमा रगतको मात्रा पनि कम हुन जान्छ , यस अवस्थालाई हामी रक्तअल्पता भएको भन्ने बुझ्दछौ । वायूविकारको समयमा उपचार नहुँदा पछि गएर क्यान्सर पनि हुनसक्ने हुन्छ । तसर्थ यसको उपचार गर्न तर्फ हामी उन्मुख हुनु पर्दछ ।


उपचार पद्धति
अत्याधिक धुम्रपान तथा मद्यपान गर्ने बानी त्याग्नु पर्दछ ,पेटलाई असर  गर्ने खानेकुरा जस्तै पीरो  तथा अमिलो खाना नखाने अथवा कम गर्ने,तरल पदार्थ वढी खाने ,नरम खानेकुराहरु खाने ,ब्रत नबस्न सन्तुलित भोजन  सेवन गर्ने ,थोरै थोरै खाना पटक/पटक  खाने ,औषधिको उचित सेवन दक्ष स्वास्थ्यकर्मी-डाक्टरको सल्लाह बमोजिम खाने ,समस्याले जटिल रुप लिए तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिने ।
धेरै जसो समस्याहरु हाम्रो आनिवानी र जीवनशैलीकै प्रभाववाट निम्तिएका हुन्छन् । हामीले गरेको सानो सकारात्मक कार्यले भविष्यमा निम्तिने जोखिमबाट हामी स्वयं नै बच्ने हो । खानपान, व्यक्तिगत व्यवहार तथा आनिवानीमा आजदेखि नै परिवर्तन ल्याऔ र आफू स्वयम् तथा परिवारलाई पनि अनेकन रोग तथा समस्याहरुवाट बचाऔ । 
यही सन्देश प्रदान गर्दछौ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips