बढी बाँच्छन् साना देखिनेहरु |
Posted by Sura Health on |
राम्रो अनुहारका र उमेरभन्दा कम देखिने व्यक्तिहरू अन्य सामान्य व्यक्तिहरूभन्दा
बढी बाँच्ने गर्छन् । जुल्याहाहरूमाथि अध्ययनपछि वैज्ञानिकहरू यो निष्कर्षमा
पुगेका हुन् । डेनमार्कका वैज्ञानिकहरूले यो अनुसन्धान गरेका हुन् ।
बि्रटिस मेडिकल जर्नलको रिपोर्ट अनुसार, यो अध्ययनका लागि जुम्ल्याहा बालबालिकाका ३ सय ६७ जोडीलाई चुनिएको थियो । युनिभर्सिटी अफ सदर्न डेनमार्कका प्राध्यापक क्रिस्टेनसेनको नेतृत्वमा सात वर्षसम्म गरिएको अध्ययनको दाबी अनुसार व्यक्तिको रंगरूप र अनुभवले जीवनबारेमा धेरै थाहा पाउन सकिन्छ । जस्तो कि, वास्तविक उमेरभन्दा कम देखिने व्यक्ति बढी बाँच्छन, जबकि उमेरभन्दा बढी पाको देखिनेहरू कम बाँच्छन् ।
अध्ययनका लागि चुनिएका जुम्ल्याहाहरूको तस्बिर अध्ययनमा उपयोग गरिएको थियो । यसमा के देखियो भने जवान देखिने व्यक्ति आपmनो दाजुभाइ दिदीबहिनीको दाँजोमा बढी उमेर बाँचे ।
अध्ययनकर्ताहरूले यो निष्कर्षका लागि कुनै पनि मानिसको व्यक्तित्व र उसको गुणधर्मको निर्धारण गर्ने डिराइवो न्युक्लिक एसिड -डीएनए) को मुख्य भाग टेलोमियर्सलाई जिम्मेवार माने । टेलोमेयर्सले क्रोमोजोमको रक्षा गर्छ ।
अध्ययनकर्ताहरूको मान्यता अनुसार व्यक्तिको जीवनको प्रत्यक्ष सम्बन्ध टेलोमेयर्ससँग छ । जुन व्यक्तिको टेलोमेयर्सको लम्बाइ कम हुन्छ, उनीहरूमा बुढ्यौलीको लक्षण छिटो देखिन्छ । स्रोत : कान्तिपुर >

You can subscribe by e-mail to receive news updates and breaking stories.