युरिक एसिडले पैताला पोल्छ?

Posted by Sura Health on |







Uric acid test                  डाक्टरसँग जिज्ञासाः                                            म तीस वर्षको भएँ। पाँच वर्षअघि युरिक एसिड देखापरेको थियो। पछि नियन्त्रणमा आयो। अहिले मेरो युरिक एसिड लेबल ७ छ। उचाई पाँच फिट ८ इन्च छ र तौल ७८ केजी छ। मलाई एक वर्षदेखि पैताला अति पोल्दै आएको छ। बेलाबेलामा खुट्टा झम्झमाउँछ। कहिलेकाहीँ चिसो पानीमा पनि डुबाउँछु, पैतला पोलेर राति निद्रा लाग्दैन। किन यस्तो भएको होला?दिनेश खड्कापैताला पोल्ने, खुट्टा झम्झमाउने समस्या युरिक एसिडले हुँदैन्। युरिक एसिड हुँदा राति सुत्दा ठिकठाक भएको खुट्टाको बुढी औला बिहान उठ्दा सुन्निएर रातो हुने र टेक्नै नमिल्ने हुन्छ। दुई तीन सातापछि त्यही रूपमा फर्कन्छ। पैतला पोल्ने समस्या धेरैजसो पेरिफेरल न्युरोप्याथी भन्ने समस्या, सुगर, थाइरोइडको गडबडीले हुन्छ। क्याल्सियम र भिटामिन डीको कमीले पनि यस्तो समस्या हुनसक्छ। तपाईंले यी कुरा परीक्षण गरेर हेर्नुभयो भने खुट्टा पोल्नुको कारण पत्ता लाग्छ र उपचार पनि सम्भव हुन्छ।मेरो युरिक एसिड लेबल ०.४३ र मांसपेशी र जोर्नी दुख्छ। शरीरका सबै मांशपेशी दुख्छ। डाक्टरले बाथरोग होइन भन्छन्। कोलेस्टेरोल जाँच गर्दा १.४० र गुट कोलेस्टेरोल जम्मा १.०० र हाइट्राइकोलेस्टोरेल ३.०० छ। चार किलोमिटर हिँड्छु र तीन लिटर पानी पिउँछु। सबैभन्दा प्रमुख समस्याको रूपमा जीउ दुख्छ। युरिक एसिड हँुदा पोटीनजन्य खाना खानहुन्न भन्छन्, माछा, गेडागुडीजस्ता खानेकुराले त कोलेस्टेरोल घटाउन मद्दत गर्छ भनिन्छ, युरिक एसिया बढ्न नदिन र कोलेस्टेरोल घटाउन खानाको सन्तुलन कसरी मिलाउनुपर्ला?गोकर्णयुरिक एसिडको लक्षणले शरीर दुखेको हैन। कोलेस्टेरोल बढेको छ भने पसिना आउने गरी एक घन्टा शारीरिक व्यायाम गर्नुपर्छ। मांशपेसीमा हुने दुखाइको कारण रगत जाँचबाट पत्ता लगाउन सकिन्न। यस्तो समस्यालाई साधारण भाषामा मासुको बाथ भनिन्छ। यस्तो अवस्थामा तपाईंले क्याल्सिरोल भन्ने एक प्रकारको धुलो औषधी दूधमा सिलाएर २ हप्तामा एकपटक २ महिनासम्म खाएर हेर्नुस् अनि अन्य जाँच गरेर हेरांैला। तपाईसँग समय छ भने बिहान १० बजेअगावै छालामा घाम पर्नेगरी बस्ने गर्नुस्। जहाँसम्म खानको सन्तुलनको कुरा छ, युरिक एसिड भएको अवस्थामा रातो मासु, बँदेल, बंगुर र खसीको मासु बार्नुपर्छ । सुकेको गेडागुडीले चना, राजमा, भटमासले युरिक एसिड बढाउने हुनाले कोलस्टोरल घटाउने भएपनि खान हुन्न। तर हरियो केराउ, बोडी, सिमीजस्ता हरिया तरकारी खान सकिन्छ। माछाको तेलले कालेस्टोरेल बढाउन र खराब कोलेस्टोरल घटाउन मद्दत गर्छ। मेरो उमेर ४४ वर्ष र तौल ६० किलो छ। मेरो युरिक एसिड बढेको छ। खुट्टाको पिडौंलाको मासु भत्भती पोल्ने र झमझमाउने गर्छ। दुई वर्षअगाडि पनि यस्तै भएको थियो, यहाको एक क्लिनिकमा देखाउदा इजिप्टमा बनेको 'युरिकोल' नामक बरी (ट्याब्लेट) दिएको थियो, त्यसलाई मैले दुई महिनासम्म सेवन गरेपछि मलाई च्वाट्टै सञ्चो भएको थियो। अहिले फेरि त्यस्तै भएको छ। परिवारमा दाजुलाई यस्तो समस्या भएर हृदयाघातले मृत्यु भइसक्यो। यो समस्या कसरी घटाउन सकिएला?नारायण पौडेल, कतारपिडुँला मात्रै दुख्ने र पोल्ने समस्या मासु बाथले हुनसक्छ। घाममा बस्न नपुगेर र भिटामिन डीको कमीले पनि यस्तो भएको हुनसक्छ। कहिलेकाही युरिक एसिडले पनि यस्तो हुनसक्छ। तपाईंको समस्या सुन्दा निकै जटिल अवस्था हो। परिवारमा पनि यस्तो समस्या भएर हृदयाघात भएको रहेछ। त्यसकारण पनि युरिक एसिड वंशाणुगत समस्या पनि हुने भएकाले यसको नियन्त्रणका लागि ध्यान दिनुपर्छ। ९ भन्दा माथि युरिक एसिड भएमा मुटुमा असर गर्न सक्छ। सबैभन्दा पहिले रगतमा सिआरपी र भिटामिन डी परीक्षण गरी चिकित्सकसँग परामर्श गरेर अवस्था हेरी तत्काल उपचार गर्नुपर्छ। युरिक एसिड साढे ८ या ९ भन्दा माथि भएमा जोर्नी नदुखे पनि मुटु बचाउनका लागि नियमित औषधी सेवन गर्नुपर्छ। दुख्ने बाथले वर्षमा दुई पटकभन्दा बढी एट्याक्ट गरेमा औषधी खानुपर्छ। तपाईंले समयमै सावधानी अपनाएर खानेकुरा र नियमित परीक्षणमा ध्यान दिनुपर्छ। बाथ र अस्थिपञ्जरसम्बन्धी रोग २ सयभन्दा बढी प्रकारका छन्। युरिक एसिड पनि बाथरोगको प्रमुख कारणमध्ये एक हो। युरिक एसिड भएकाले खसी, राँगो आदिको रातो मासु, रक्सी खानु हुँदैन। शाकाहारी भए पनि पालुंगोको साग, तामा, गुन्द्रुक, अमिलो पदार्थ, चुकाउनी आदि खानु हुदैन |::::(तपार्इंका कुनै स्वास्थ्य समस्या छन् भने हामीलाई इमेल -info@surahealth.comसम्बन्धित विषयका विशेषज्ञबाट सल्लाह दिने प्रयत्न गर्नेछौं। 

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips