युरिक एसिड र यसको बाथ |
Posted by Sura Health on |
डा. बुद्धि पौड्याल
युरिक एसिड के हो ?युरिक एसिड हाम्रो शरीरमा उत्पन्न हुने एक विकारयुक्त प्रदार्थ हो । खानामा पाईने एक किसिमको रसायन (प्यूरिन) तथा शरीरको पुराना र नष्ट हुन थालेका कोषहरुमा रहेको न्यूक्लिक एसिड (RNA,DNA)बाट युरिक एसिड बन्दछ । शरीरले यसलार्इ मृगौला माफर्त पिसाबका रुपमा बिसजर्न गर्ने गदर्छ ।
शरीरमा युरिक एसिडका उत्पादन बढी भएमा वा मृगौलाबाट यसलार्इ बिसजर्न गर्ने कार्यमा कमीकमजारी भएमा वा दुवै कारणले गर्दा रगतमा युरिक एसिडको मात्रा बढ्न जान्छ । सामान्यतया प्रति सय मिलिलिटर रगतमा यसको मात्रा ७ मिलि ग्राम भन्दा बढी भएमा उच्च युरिक एसिड भएको मानिन्छ ।युरिक एसिड बढ्नाले के हुन्छ ?
रगतमा युरिक एसिडको मात्रा बढी भए पनि धेरै जसो विरामीहरुमा भने कुनै लक्षण नदेखिन सक्दछ । उच्च युरिक एसिडका करिब ८०–९०% जति बिरामीमा कुने लक्षण नदेखिने विभिन्न अध्ययनबाट देखिएको छ । तर करिब १०–२०% मा भने युरिक एसिड जोर्नीमा जम्न पुग्दछ र गाउट भनिने विशेष प्रकारको बाथ गराउँदछ । गाउट अर्थात युरिक एसिडको बाथ धेरै मानिसहरुमा हुने बाथ रोग हो । पश्चिमी देशको तथ्याङ्कको आधारमा ३० वर्ष माथिका
पुरुष र ५० वर्ष माथिका महिला जनसंख्याको २% लाई जीवनको कुनै न कुनै बखत गाउटको समस्याले पिरोलेको हुन्छ । गाउटले धेरै जसो गोडाको बुढीऔला, गोलिगाँठा र यस वरपरका जोर्नीमा टन्किएर दुख्ने र सुन्निने गराउँदछ । रोग छिप्पिदै गएपछि भने घडा तथा हातका अरु जोर्निहरूमा पनि असर पर्न सक्छ । गाउटको आक्रमण प्रायजसो उच्च प्यूरिनयक्त खाना भाजे (बियर, रातो मासु भित्रयांस, पश्रस्त गडेागडुी) खाएको केही घण्टापछि मध्य रातमा एक्कासि शुरु हुन्छ ।
कसैसकैमा भने यो जोर्नीमा चोटपटक लागेपछि वा अन्य कुनै रोगको निम्ति अस्पतालमा भर्ना भएको बेलामा देखिन्छ । सामान्यतया गाउटको सुजन एक पटकमा एक हप्ता जति रहन्छ, जुन नदुख्ने औषधिको सेवनबाट वा कहिले काँही आफै पनि कम भएर जान्छ । केही महिना वा वर्षपछि भने रोग पुनः बल्झिएर आउँछ र पछि गएर सधै भरि दुख्ने तथा सुन्निने भैरहन्छ । उच्च रक्तचापको उपचारमा प्रयोग हुने पिसाब लगाउने औषधी (थाएजाइड) को प्रयोगले पनि कसैकसैमा युरिक एसिडको समस्या निम्त्याउन सक्दछ । त्यस्तै उच्च युरिक एसिडको एउटा कारक तत्व बंशाणुगत प्रभाव पनि भएकोले यो रोग एउटै बंशका धेरै जनामा (जस्तैः हजुरबुबा, बुबा, छोरा) आदिमा देखिन सक्दछ ।
युरिक एसिडको दीर्घकालीन असरलामो समयसम्म रगतमा युरिक एसिडको मात्रा बढी भईरहे पटक पटकको सुजनले प्रभावित जोर्नीहरु बिग्रने र बाङ्गिने भई काम नलाग्ने हुन्छन् । त्यस्तै शरीरका विभिन्न भागहरुमा युरिक एसिड जमेर सेता गृखा देखिन्छन् (यसरी जमेको युरिक एसिडलार्इ अग्रेजीमा टोफस भनिन्छ) जसले ती अगंलार्इ बिगार्न सक्छ । उदाहरणको लागि मृगौलामा युरिक एसिड जम्न गई पथ्थरी र धेरै वर्षपछि मृगौलाले काम नगर्न (किडनी फलेर) हनु सक्छ । यसका अतिरिक्त नयाँ अनसुन्धानबाट उच्च युरिक एसिड मोटोपन, उच्चरक्तचाप, मुटुको रोग तथा मधुमेहसँग पनि सम्बन्धित भएको पाइएको छ ।उच्च युरिक एसिडको उपचार
सामान्यतया रगतमा युरिक एसिडको मात्रा बढदैमा उपचारको जरुरत पदर्नै तर जोर्नीमा युरिक एसिड जमी गाउट भएको छ भने दुखार्इ र सुन्निने कम गर्न सजुन कम गर्ने औषधि (कोल्चसिन तथा अन्य एण्टीइन्फ्लामटोरी) को आवश्यकता पदर्छ । त्यस्तै कहिलेकाहीँ जोर्नीमै सुई दिएर पनि यसको उपचार गरिन्छ ।
उच्च युरिक एसिडले गर्दा पटक पटक बाथ भएको अवस्थामा वा जोर्नी लगायत शरीरका विभिन्न अंगमा युरिक एसिड जमी समस्या उत्पन्न भएमा चिकित्सकको परमर्शमा युरिक एसिड कम गर्ने औषाधीको सवेन जरुरी हुन्छ । उपचारको क्रममा आएको सुधार हेर्न समयसमयमा रगतमा युरिक एसिड तथा अन्य जाँचको आवश्यकता पर्दछ ।
रगतमा युरिक एसिड घटाउने र बढाउने मुख्य कुराहरुबढाउने घटाउने
रातो मासु, कलेजो, मृगौला, भित्र्यास शारिरीक व्यायाम
बियर र अन्य मद्यपान तौलमा नियन्त्रण
कुखुराको मासु चिल्लो कम भएको दुग्ध पदार्थ
नौनी, अण्डा कफी
गेडागुडी (धेरै खाएमा)
खाना र युरिक एसिडको सम्बन्ध
You can subscribe by e-mail to receive news updates and breaking stories.