सुन्दरतावृद्धि गर्ने केही अचुक उपाय |
Posted by Sura Health on |
तैलीय छालालाई सुन्दर बनाउने ५ उपायमानिसअनुसार छालाको प्रकृतिमा केही भिन्नता हुन्छ । जुनसुकै प्रकारको छालालाई पनि साधारण अवस्थामा ल्याउन सर्वप्रथम उचित स्याहार गर्नु आवश्यक हुन्छ । गर्मी र वर्षा याममा तैलीय छालामा विभिन्न प्रकारका समस्याहरू देखा पर्छन् । तैलीय स्वभावका छालामा आउने यस्ता समस्याबाट मुक्त हुनका लागि सरसफाइमा विशेष ध्यान दिनुपर्छ । साथै उचित सौन्दर्य सामग्रीको प्रयोग गर्नुपर्छ । तैलीय छालालाई समस्या आउनबाट बचाउनका लागि निम्न ५ उपाय अपनाउन सकिन्छ ।
१. चिल्लोरहित म्वाइश्चराइजर
चिल्लोरहित म्वाइश्चराइजरको प्रयोगले छालामा भएको पानीलाई बाहिरी वातावरणको प्रभावबाट उड्न दिंदैन । यसले छालालाई बाह््य संक्रमणबाट पनि जोगाउने काम गरी छालालाई सुरक्षित राख्छ ।
२. जेन्टल फोमिङ फेसवास
तैलीय स्वभावको छालाको लागि बनाइएको फेसवासबाट अनुहार धुनाले अनुहारको चिल्लो कम हुँदै जान्छ । साथै म्वाइश्चराइजरलाई सन्तुलित राखी छालालाई स्वस्थ र सुन्दर बनाउन मद्दत पुर्याउँछ ।
३. सनस्क्रीन लोसन
छालालाई सूर्यको खराब किरणबाट सुरक्षित राख्न सनस्क्रीन लोसनको प्रयोग जरुरी छ । यसले वातावरणीय कुप्रभावबाट जोगाएर छालालाई स्वस्थ्य र सुन्दर राख्न मद्दत गर्छ । ४. फेसप्याक
Mud, Fruit Pock वा Mask को प्रयोग गर्नाले चिल्लोपनामा नियन्त्रण हुन्छ, रोमछिद्रहरू खुम्चिन मद्दत पुग्छ, मृतछाला हटाउँछ । टल्कने, च्यापच्याप लाग्ने समस्या पनि हटेर जान्छ ।
५. एस्ट्रिन्जेन्ट लोसन
एस्ट्रिन्जेन्ट लोसन र पानी बराबर मात्रामा मिसाएर कटनको सहायताले अनुहारलाई टोनिङ गर्ने गर्नुपर्छ । यसले छाला सफा राख्नुको साथै ताजापन प्रदान गर्छ ।
निद्राबाट सुन्दरता वृद्धि गर्ने ५ उपाय
सौन्दर्यलाई वृद्धि गर्न वा कायम राख्नको लागि हरेक व्यक्तिलाई पर्याप्त निद्राको जरुरत हुन्छ । जब हाम्रो शरीरलाई आराम हुन्छ तब शरीर स्वस्थ्य बन्छ र त्यसको सीधा असर शरीरको छालामा पर्छ । त्यसैले सौन्दर्य वृद्धिको लागि राम्रो निद्राको आवश्यकता पर्छ । राम्रोसँग निद्रा लाग्नका लागि ध्यान पुर्याउनुपर्ने ५ कुराहरूः–
१. मनलाई शान्ति प्रदान गर्ने खालको पुस्तक पढ्ने, जसले मन हलुंगो भई निद्रा लाग्छ ।
२. राति खुकुलो प्रकारको कपडा लगाएर सुत्नुपर्छ, उज्यालो बत्तीको प्रकाशमा सुत्नु हुँदैन ।
३. बेडमा जानुअगाडि नै बाथरुमको काम सकाउनुपर्छ, जसले गर्दा राति उठ्नु जरुरी हुँदैन ।
४. चिन्ता, तनाव, डाह, इष्र्याबाट मुक्त हुने, सकारात्मक सोच राख्ने, योग, ध्यान व्यायाम गर्ने, सन्तुलित जीवनशैली अपनाउने गर्नुपर्छ ।
५. सुत्नुअघि ऐनासामु उभिएर हाँस्नुस् र आफैँलाई शुभरात्रि भन्नुहोस् । यसबाट आफैंप्रति संवेदनशील होइनेछ र आफ्नो सौन्दर्यप्रति सेचत भइन्छ ।
अनुहार सफा र चम्किलो राख्ने ५ उपाय
अनुहारलाई ताजा, चम्किलो र स्वस्थ राख्नका लागि नियमित रूपमा केही उपायहरू अपनाउन सकिन्छ ।
१. अनुहारलाई सफा राख्ने
सर्वप्रथम शुद्ध ओलिभ तेलले अनुहार सफा गरी कपास वा कपडाले पुछ्नुपर्छ । यसले छालाको फोहोरलाई हटाई पौष्टिक तत्त्व प्रदान गर्छ ।
२. मालिस गर्ने
अनुहारलाई राम्ररी सफा गरिसकेपछि केही समय शुद्ध महले मालिस गर्नुपर्छ । महले छालामा रहेको म्वाइश्चरलाई भण्डारण गर्न मद्दत गर्दछ । यसले गर्दा अनुहार कलिलो देखिने हुन्छ ।
३. चिसो पट्टी दिने
मालिस गरिसकेपछि अनुहारमा चिसो नरम कपडा वा कपास गुलाफ जलमा डुबाएर चिसो पट्टी दिनुपर्छ । यसले अनुहारको छालामा ताजापन देखा पर्छ ।
४. धेरै पानी पिउने
गर्मी मौसममा ज्यादा पसिना निस्कने भएकाले छाला सुक्खा हुन सक्छ । छाला सधैँ सुक्खा हुनबाट बचाएर राख्नका लागि दैनिक ८–१० गिलास शुद्ध पानी पिउनु जरुरी हुन्छ ।
५. स्वस्थ खुराक लिने
सधैँ स्वस्थ ताजा तथा सन्तुलित खाना खाने गर्नुपर्छ । ज्यादा मसलायुक्त तेल प्रयोग गरी बनाइएको खानाबाट टाढा रहनुपर्छ । यसो गरेको खण्डमा छाला स्वस्थ, ताजा एवम् चम्किलो बनाइराख्न मद्दत पुग्छ । स्रोत :साधना |
You can subscribe by e-mail to receive news updates and breaking stories.