खुशी पाउन के गर्नु पर्छ ?
Posted by Sura Health on |
सन् २०२० सम्ममा डिप्रेसन संसारभर मृत्युको दोस्रो ठूलो कारण बन्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ । अबको ८ वर्षभित्र विश्वभरका एक तिहाइ युवा डिप्रेसनको शिकार हुने डब्लुएचओले जनाएको छ । यो अनुमानको अधार के हो भने विगत ५० देखि ५७ वर्षको अवधिमा डिप्रेसन संसाभर डरलाग्दोसँग बढेको छ । यसो हुनुको मुख्य कारण हरेक व्यक्तिले आफूलाइ खुशी राख्न नसक्नु हो । खुशी रहन सक्नु आधुनिक मानिसका लागि एउटा भीषण चुनौती भएको छ । धेरै पढ्नु, रोजगारी पाउनु धन कमाउनु, घर बनाउनु, गाडि किन्नुभन्दा पनि जटिल काम भएको छ खुशी हुनु र सन्तुष्ट रहनु । यो ठूलो चुनौती समाना गर्न खुशी व्यक्तिहरुले आफूलाइ खुशी राख्न अपनाउने तरीकाहरु के के हुन् त्यो बुझ्न जरुरी छ । केही प्रमुख तरीका यस्ता छन्–
.jpg)

१ समाजिक सम्बन्धहरु– खुशी रहने एउटा मुख्य आधार दहरो सामाजिक सम्बनध्हरुमा गाँसिनु हो । सामाजिक सम्बन्धहरुबाट टाढिएको व्यक्ति खुशी रहने संभावना ज्यादै कम हुन्छ । योग साधना वा अन्य कुनै आध्यात्मिक जागरण भैसकेको अवस्थामा वाहेक मानिसको मनले विभिन्न समाजिक सम्बन्धहरुमै आफूलाइ रमाउन चाहिरहेको हुन्छ । त्यस्ता संबन्धहरुबाट यदिक कसैले आफूलाइ अलग राख्न खोज्छ भने त्यस्तो ब्यक्ति खुशी रहन सक्ने संभावना निकै कम हुन्छ । भलै उसले आफूलाइ बाहिरबाट खुशी देखाउने प्रयास गरीरहेको किन नहोस् तर उ भित्र भित्रै जलिरहेको हुन्छ ।
२ आफ्नो रुची र क्षमताका कामहरुमा संलग्नता– अधिकांश व्यक्तिहरुको पेशा र रुची मिलिरहेको हुन्न । कलाकारितामा रुची भएकाहरु व्यवस्थापक बन्नुपरिरहेको हुन्छ भने समाजसेवमा रुची भएकाहरुले पसल चलाउन परीरहेको हुन्छ । यसरी रुची र पेशा नमिल्दा त्यसबाट जतिसुकै भौतिक उन्नति भए पनि सन्तुष्टी मिल्दैन । त्यस्तै समस्या हुन्छ क्षमता र योग्यता अनुरुपको काम नहुँदा । धेरै मानिस आफूले सक्नेभन्दा बढी क्षमताको भारी बोक्न खोज्छन् र लड्छन् । सहजै गर्न सकिने मात्र काम नआँट्दा उनीहरु असफल हुन्छन् र निराश बन्न पुग्छन् । अनि त्यत्तिकै उनीहरुको खुशी विथोलिन्छ । ठूलो लक्ष्य राख्नु राम्रो हो । तर आफ्नो क्षमताले नभ्याउने लक्ष्य राख्दैमा ठूलो भइन्छ भन्ठान्नु चाहिँ गलत हो ।
३ सन्तुष्टिको भावना– खुशी रहने व्यक्तिहरु आफ्नो उपलब्धीमा सन्तुष्ट रहन्छन् । आफूसँग नभएको कुरा खोजेरभन्दा पनि आफूसँग जे उपलब्ध छ त्यसमै रमाउने उनीहरुको बानी हुन्छ । यसले व्यक्तिमा आत्मसन्तोष पैदा गर्छ र तनावबाट मुक्ति दिन्छ । सन्तोषम् परमम् सुखम् भनिएको पनि सायद यही तथ्यलाइ बुझेर नै हो । ४ सकारात्मक सोच– सोचाइ नै मानिसको सुख दुखको कारण हो । हामी दुखी हुने मुख्य कारण वाह्य वस्तु वा शरीर हैन हाम्रो सोचाइ हो । सोचाइमा दुख माने दुखी भइन्छ सुख माने सुखी भइन्छ । सकारात्मक सोच छ भने व्यक्तिले असहज अवस्थालाइ पनि अवसरका रुपमा बदल्न सक्छ । कुनै परीक्षार्थी जाँजमा फेल भयो तर उ सकारात्मक सोचको छ भने उसले अर्को परीक्षा नआउन्जेलसम्मको अवसरलाइ कुनै शीपमूलक काम सिक्न वा कलाकरिताका क्षेत्रमा लगाउन सक्छ । नकारात्मक सोचको व्यक्तिले त्यसैलाइ स्ट्रेस र डिप्रेसनमा बदलेर जीवन बर्वाद पार्न पनि सक्छ । हरेक असफलताको अर्को पाटो सफलता हो । अघिल्लो पाटोमा जब कोही छ भने त्यसकै पछाडिपट्टी पुग्न कति नै बेर लाग्छ र भन्ने सोचाइ नै सकारात्मक सोच हो । र यो जीवनको यथार्थ पनि हो ।
५ लिनुमा जस्तै खुशी दिनुमा– ती व्यक्त खुशी रहन सक्छन् जो केही कुरा पाउनुमा जस्तै गुमाउनुमा पनि आनन्दित रहन सक्छन् । उनीहरु कसैको मायाँ पाउँदा मात्र हैन कसैलाइ मायाँ गर्न पाउँदा अझ खुशी हुन्छन् । कसैबाट उपाहार पाउँदा भन्दा कसैलाइ उपहार दिंदा प्रशन्न बनछन् । उपलब्धीमा जस्तै त्यागमा पनि उनीहरुलाइ आनन्द आउँछ । आफ्नो सुख दुखको पर्वाह नगरी अरुको दुख हटाउन स्वयंसेवा र समाजसेवामा लाग्नै व्यक्तिहरु सँधै सुखी र खुशी देखिनुको रहस्य नै यही हो ।
६ भौतिक सम्पत्ति जीवनको अल्पकालीन समीकरण– ती व्यक्तिहरुमा निराशा र चिन्ता हुन्न जसले भौतिक पदार्थ र सुख सुविधालाइ मात्रै खुशीको स्रोत ठानेको हुन्न । भौतिक सम्पन्ता भनेको जीवनको अल्पकालीन समीकरण मात्र हो भन्ने वास्तविकता बुझेको व्यक्ति हमेशा खुशी नै रहीरहन्छ । अल्पकालीन समीकरण भनेको के भने आज तपाइसँग भएको पैसा हिजो कसैसँग थियो र त्य भोलि अरु कसैसँग हुनेछ भनेर बुझ्नु हो । धन दौलत जग्गा जमीन र अरु कुराहरु पनि त्यस्तै हुन् । आज तपाइको जुन वंङ्गला छ त्यो अबको ५० वर्षपछि अरु कसैको हुनेछ । हिजो त्यो छँदै थिएन वा अरु कसैको थियो । त्यसैले यसमा त्यत्रो धेरै हर्ष र विष्मात्को कै नै कुरा भयो र । संसारका सारा भौतिक पदार्थको समीकरण यसरी नै बदलीरहन्छ भनेर बुझ्न सक्ने व्यक्ति कहिल्यै दुखी हुनु पर्दैन । यो चेनता नभएसम्म जति धन सम्पत्ती भएपनि दुख पीरले छोड्दैन । जति मान सम्मान कमाए पनि मन खुशी हुन सक्दैन ।
७ स्वस्थ सामना क्षमता– जीवनमा असहज परिस्थिति र जटिलताहरु सँधै आइरहन्छन् । असहज परिस्थिको समाना जोसुकैले गर्नु पर्छ । तर ती व्यक्तिहरु खुशी रहन सक्छन् जसले परिस्थितिहरुको स्वस्थ्य तरीकाबाट सामनाको प्रयास गर्छन् । तनावमा आएर हड्बडाएर वा झगडा गरेर असहज परिस्थितिबाट उम्कन खोज्ने ब्यक्ति असहजताबाट पन्छिए पनि खुशी खुशी भने हुन सक्दैन ।
८ स्वास्थ्यप्रति सजगता– स्वास्थप्रति सजग व्यक्ति खुशी रहन सक्ने संभावना सजग नहुनेको तुलनामा ८० प्रतिशत भन्दा बढी हुन्छ । स्वास्थ्यप्ति सजग नहुनुको अर्थ आफूले आफैंलाइ मायाँ गर्न नसक्नु हो । त्यसको अर्थ आफ्नो जीवन मूल्यवान् छ र यसलाइ आफूले सदुपयोग गर्नुपर्छ भन्ने हेक्का पनि नहुनु हो । जो व्यक्ति स्वास्थ्यप्रति सजग रहन्छ उसको शारिरीक र मानसिक अवस्था बिग्रन पाउँदैन । स्वास्थ्थमा ध्यान दिने व्यक्तिले खानपानमा ध्यान दिन्छ । व्यकि्त शरीरले स्वस्थ् मनको संकेत गर्दछ । खानपानले व्यक्तिको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । ९ आध्यात्मिक उन्नति– जतिसुकै भौतिक सुख सुविधामा भुले पनि मानिसको जीवनमा कुनै न कुनै त्यस्तो क्षण आउँछ जतिबेला उसले आफूलाइ नित्तान्त असहाय महसूस गर्छ र आत्मसमर्पण गर्नुको विकल्प हुँदैन । अन्त्यमा गएर असहाय हुनुको सट्टा व्यक्तिले सुरुदेखि नै आफूलाइ आध्यात्मिक उन्नतिको मार्गमा अघि बढाउन सक्ने हो भने उसले दुखी हुनु पर्दैन । सारा आफन्त र परिवारदेखि टाढा रहेर पनि साधु सन्तहरु खुशी रहन सक्नुको रहस्य उनीहरुको आध्यात्मिक उन्नति नै हो ।
१० मन वचन र कर्ममा सामञ्जस्य– मनले जे सोचिन्छ त्यही बोलिन्छ र काम पनि त्यही अनुसार गरिन्छ भने त्यो खुशीको मुख्य स्रोत हो । मन बचन र कर्ममा एकरुपता नहुँदा व्यक्तिका सोचाइ बोलाइ र गराइबीच द्वन्द्व हुन्छ । यस्तो अन्तर्द्वन्दले मानिसकलाइ सँधै बेचैन बनाइराख्छ । त्यसैले नीतिमा भनिएको छ– मनसा वाचा कर्मणा हामी एकै कुरा सोचौं बोलौं र गरौं । यो नै शुखीको महान् स्रोत हो ।

You can subscribe by e-mail to receive news updates and breaking stories.