मधुमेहीमा मुखको स्वास्थ्य |
Posted by Sura Health on |
डा प्रकाश बुढाथोकी :२२ - २६ वषर्ीय ऋषि निरौला दाँत निकाल्न अस्पताल आए । शरीरमा अन्य रोग नभएको
जानकारी पाएपछि दाँत उखेलियो । २ सातापछि दाँत निकालेको घाउ ठीक नभएको भन्दै उनी आए
। कारण पत्ता लगाउन रगत परीक्षण गर्दा उनमा मधुमेह देखियो । दन्तको उपचारका लागि
आइन्, वानेश्वरकी ५० वषर्ीया लक्ष्मी शर्मा । सास गुलियो गन्ध आउने, दाँत हल्लिएको,
मुख सुख्खा भएको देखिएपछि परीक्षण गर्दा उनमा पनि मधुमेह भेटियो । पश्चिमका देशमा
मुखसम्बन्धी रोगले शरीरमा विभिन्न रोग निम्त्याउँछ भन्ने नौलो मानिँदैन । तर
हाम्रालागि यो अचम्मको विषय बनेको छ । मधुमेह शरीरमा आंशिक मात्रामा वा
पूर्णरूपमा इन्सुलिनको कमी हुनगई या यसले गर्ने काममा रोकावट आई खानामा भएको
कार्बोहाइड्रेट शरीरले उपयोग गर्न नसक्दा रगतमा चिनी/ग्लुकोजको मात्रा बढ्छ ।
यसैलाई मधुमेह भनिन्छ । प्रकोपविश्व स्वास्थ्य संगठनको अनुमानअनुसार संसारभर अहिले
१७ करोड १० लाखमा मधुमेह देखिएको छ भने सन् ०३० मा दोब्बर हुनेछ । नेपालमा ४ लाख ३५
हजार मधुमेही छन् । यो संख्या सन् ०३० सम्ममा १६ लाख पुग्ने अनुमान संगठनको छ ।
मधुमेहीमा पनि ५० प्रतिशतलाई रोगबारे जानकारी छैन । मधुमेह कसलाई हुनसक्छ ? आमाबा
मधुमेह भएका छोराछोरीलाई,मोटो र बढी तौल भएकालाई,४० वर्ष उमेर पूरा भएकालाई, ४
किलोग्रामभन्दा बढी तौल भएको शिशु जन्माउने आमालाई,जुम्ल्याहा दाजुभाइ वा
दिदीबहिनीलाई, पटक-पटक गर्भपतन भइरहने महिलालाई,शारीरिक आघात र चिन्ता
हुनेलाई,स्टेरोइड, उच्च रक्तचाप विरुद्धको औषधी र पिसाब बढाउने औषधी सेवन
गरिरहेकालाई,परिवार नियोजनका औषधी सेवन गरिरहेकालाई ।लक्षणमधुमेहको शंका गर्न सकिने
लक्षण तथा संकेतमा तिर्खा बढी लाग्नु, धेरै भोक लाग्नु, धेरै थकाइ लाग्नु, छिनछिनमा
पिसाब लाग्नु वा पिसाब गरेको ठाउँमा कमिला वा कीरा देखिनु । राति पटक-पटक पिसाब
लाग्नु, विना कारण अचानक तौल घट्नु, धमिलो देख्नु, पटक-पटक संक्रमण भइरहनु,
घाउखटिरा सजिलै निको नहुनु र हातखुट्टा झम्झमाउनु । पैताला पोल्नु, चेतना हराउनु,
जीउ चिलाउनु, चिडचिडापन आउनु र मुख सुख्खा हुनु । मुखबाट दुर्गन्ध आउनु, पेट
दुख्नु, वान्ता हुनु, कालान्तरमा आँखा, मृगौला, स्नायु, रक्तनली र मुटुमा असर पर्न
थालेपछि सोही मुताविक थप लक्षण देखिन्छन् । मधुमेहले घातक परिणाम मुटु, आँखा,
मृगौला, नसा तथा स्नायु प्रणाली, रक्तनलीमा देखाउँछ । छैठौं जटिलता भनी
पेरियोडोनसियम वा मुखको स्वास्थ्य थपिएको छ । मुखको स्वास्थ्य दाँत तथा मुखको
समस्या हुँदा मुटुसम्बन्धी रोग लाग्न सक्छ । वाथ ज्वरोअनियन्त्रित मधुमेह, हड्डी कमजोर हुने, हृदयाघात, मस्तिष्कघात हुने सम्भावना बढी
हुन्छ । र गर्भवती भए समयभन्दा पहिले नै बच्चा जन्मने हुन्छ ।अनियन्त्रित मधुमेहीमा
दाँत कीराले खाने, दन्तहषर्ा, पाइरिया, हड्डी छिटो खिइने र दाँत मिलाउने उपचार
प्रश्नचिह्नको रूपमा खडा हुन्छ । मुखका कुना-कुनामा सुजन हुने, सुख्खा रहने र
चर्किने, फुट्ने, मुख पोलेको अनुभव हुने, असामान्य चेतना हुन्छ । र र्याल वा थुकको
उत्पादन र बहाव कम हुनगई बोल्न अप्ठ्यारो हुन्छ । दाँत कीराले खानेजस्ता संक्रमण
देखिन्छ । मुखमा घाउखटिरा संक्रमण, केन्डिडियासिस, प्रतिरोधात्मक शक्तिमा कमी हुन्छ
। संक्रमण र दन्त सड्ने सम्भावना बढी हुन्छ । पिप जम्मा हुने, गिँजा सुन्निने, दाँत
हल्लिने आदि समस्या देखिन्छन् । अनुसन्धान अनुसार, उमेर ४५ वर्षभन्दा माथिको
मधुमेहीमा धूमपानको लत छ भने पेरियोडेन्टल रोगको जोखिम २० गुणाले बढी हुन्छ । साथै
गिँजाभन्दा मुनि र भित्र संक्रमण भएको छ भने ३० देखि ५० गुणाले मुख, गिँजा र
पेरियोडेन्टल रोगको खतरा बढ्छ ।मधुमेहीमा दन्त उपचार गर्दा रगतमा चिनीको मात्रा
हेरेर जतिसक्दो कम घाउ बनाएर गर्नुपर्छ । मुखको उपचार गर्न खोज्दा ध्यान नपुर्याए
घाउ निको नहुनेदेखि लिएर उक्त अङ्ग कुहिनेसम्म हुनसक्छ । मधुमेहीमा गिँजा र मुखको
उपचार गरियो भने उसको रगतको चिनीको मात्रा कम हुन्छ ।नेपालमै पनि दन्त
स्वास्थ्यमार्फत मधुमेह निदान भएका प्रशस्तै उदाहरण छन् । मुखमा देखिएका लक्षण तथा
चिह्नबाट, दाँत निकालेपछि घाउ ठीक नहुँदा रगत परीक्षण गर्दा देखिएको चिनीको मात्रा,
मुखबाट आउने गरेको प|mुटी बासको गुलियो गन्ध आदिले मधुमेही पत्ता लगाउन सहयोग गरेको
छ । दन्त स्वास्थ्यलाई नेपालमा भएका लगभग आधा दर्जन मधुमेहसँग सम्बन्धित
संघ-संस्था, चिकित्सकले उपेक्षा गरेका छन् । -लेखक लुम्बिनी अञ्चल अस्पताल बुटवलमा
कार्यरत छन् ।
You can subscribe by e-mail to receive news updates and breaking stories.