जमरा लगाऔँ पनि, खाऔँ पनि |
Posted by Sura Health on |
दसैँको बेला हामी घरघरमा जमरा उमार्छौं। बूढापाकाबाट टीका र जमरासँगै आशीर्वाद थाप्छौँ। तर, हामीमध्ये कमैलाई थाहा छ, जमरा एक स्वास्थ्यकर भोजन पनि हो। जौ वा गहुँको जमरा वा टुसा निस्केका खानेकुराबाट हाम्रो शरीरले चाहिने सूक्ष्म तत्त्व प्राप्त गर्छ। दसैँको जमरा लगाउने र खाने गरे स्वास्थ्यमा सकारात्मक असर पर्छ।
टुसायुक्त खाना खाने प्रचलन नयाँ होइन। तर, अझसम्म हामी धेरैलाई यसको महत्त्वका बारे थाहा छैन। हुन त क्वाँटी उमारेर खाने चलन हामीकहाँ छ तर त्यसका लागि पनि विशेष पर्व नै कुर्ने बानी छ। टुसायुक्त खाना स्वास्थ्यका लागि वरदान नै हो। कुनै मिसावट नभएको पोषिलो र सस्तो यस खानाले सन्तुलित खुराक प्रदान गर्छ।
चिनियाँहरूले चाउमिन र सुपजस्ता खानामा भटमास वा मुङको टुसा हजारौँ वर्षदेखि प्रयोग गर्दै आइरहेका छन्। हाल यस किसिमको खाना संसारभर लोकपि्रय हुँदै गइरहेको छ।
टुसायुक्त खानाले बूढो हुने गति मन्द पार्नुका साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त रहन मद्दत गर्छ। यसले रोग प्रतिरोधात्मक शक्ति पनि बढाउँछ। तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत पनि हो यो, जो सजिलै पाच्य हुन्छ। टुसादार गेडागुडीयुक्त खाना पचाउन सजिलो हुने भएकाले पेटलाई कम भार पर्छ। यस्तो कार्य पाचन प्रणालीले पाचनरसको सहायताबाट गर्छ। टुसायुक्त खाना प्रयोग गर्दा कम पाचनरसले पनि भोजन राम्रोसँग पच्छ। टुसा उम्रने क्रममा नै एउटा विशेष पाचनरस पैदा हुन्छ, जसले कार्बोहाइड्रेटलाई पचाउन मद्दत गर्छ। त्यसैगरी प्रोटिन पनि परविर्तन भएर सजिलै पाचन हुने अवस्थामा पुग्छ। त्यस कारण कार्बोहाइड्रेट र प्रोटिनको पाचन प्रक्रिया अगाडि नै भएको हुन्छ। खाना खाइसकेपछि शरीरमा रहेका पाचनरसले सहजैसँग यी तत्त्वलाई पचाउँछ। यदि टुसा उमारेको छैन भने गेडागुडी पचाउन गाह्रो हुन्छ।अंकुरति खानाले पेटमा वायु बनाउँदैन र कब्जियतबाट पनि रोक्छ। यो हरयिो तरकारीजत्तिकै फाइदाजनक छ तर हरयिो तरकारीभन्दाचाहिँ धेरै सस्तो हुन्छ। टुसायुक्त खानाले रोगी, बालबालिका तथा वृद्धमा हुने कुपोषण हटाउन सकिन्छ। एक किलो सुक्खा गेडागुडीबाट करबि ६ किलो टुसायुक्त खाद्यवस्तु तयार हुन्छ। हाम्रो शरीरलाई खाना पचाउन इन्जाइमको आवश्यकता हुन्छ। कतिले भोजन पचाउनका लागि बोतलमा रहेको इन्जाइम किनेर प्रयोग गर्छन्। तर, खाना पचाउन त्यस्ता इन्जाइमको प्रयोग प्रभावकारी उपाय होइन। टुसादार गेडागुडीमा चाहिँ पर्याप्त इन्जाइम हुन्छ।
हामी आपmनो भान्साकोठालाई भिटामिनको उद्योग बनाउन सक्छौँ। यो काम टुसादार गेडागुडी उत्पादनबाट गर्न सकिन्छ। यो कुरा चिकित्सक र पोषणविद्हरूले प्रमाणित गरसिकेका छन्। दाल, गेडागुडी र बीउजस्ता खाद्य पदार्थमा भिटामिन हुन्छन्। तर, टुसा उम्रने प्रक्रिया -भिजाउने, उम्रने, टुसा पलाउने)पछि यी खाद्य पदार्थमा भिटामिनको मात्रामा धेरै वृद्धि हुन्छ। यसमध्ये भिटामिन 'सी' एउटा महत्त्वपूर्ण तत्त्व हो, जुन टुसादार गेडागुडीमा सामान्य अवस्थामाभन्दा ६ गुणा ज्यादा हुन्छ। भिटामिन 'बी' कम्प्लेक्स र अन्य भिटामिन पनि त्यसैगरी वृद्धि भइरहेको हुन्छ। यसरी टुसादार गेडागुडीले शरीरलाई कम मूल्यमा अति आवश्यक महत्त्वपूर्ण भिटामिन प्रदान गर्छन्। टुसा उमारएिको खाना खाएमा पोषक तत्त्व पूर्ति गर्न अतिरत्तिm कुरा खान आवश्यकता पर्दैन।
हाम्रो शरीरलाई भिटामिनको जति आवश्यकता छ, त्यति नै खनिज पदार्थ पनि आवश्यक पर्छ। क्याल्सियम, आइरन, फोस्फरस, सोडियम, पोटासियम र म्याग्नेसियममध्ये क्याल्सियम, आइरन र फोस्फरस सबैभन्दा महत्त्वपूर्ण खनिज पदार्थ हुन्। यी तत्त्वले हाडलाई मजबुत बनाउन र स्नायु प्रणालीलाई सक्षम बनाउन सहयोग गर्छन्। केहीले भिटामिन, प्रोटिन आदिलाई टुक्राउने र पचाउने कार्य पनि गर्छन्। गहुँ, मुङ, चना, सिमी आदि सम्पूर्ण गेडागुडी मिसाएको टुसादार अवस्थामा हामीले सम्पूर्ण प्रोटिनसँगै प्रशस्त मात्रामा भिटामिनलगायतका पौष्टिक तत्त्व प्राप्त गर्छौं।
टुसा उमार्नु भनेको घरभित्र नै करेसाबारी र फलफूल बगँैचा तयार गर्नुसरह हो। साथै, इन्धन वा पैसा खर्च नगरेर नै खानेकुराको उपादेयता वृद्धि गर्नु वा अन्न तथा गेडागुडीमा रहेको खाद्य तत्त्वको पोषणमा वृद्धि गर्नु हो। महँगा तरकारी र फलफूल किन्न नसक्नेलाई टुसादार खानेकुरा प्रकृतिको वरदान मान्न सकिन्छ। सजिलै प्राप्त हुने र अत्यन्त लाभदायक टुसादार खाद्यवस्तुलाई दैनिक भोजनमा प्रयोग गरेर स्वस्थ बनौँ।

You can subscribe by e-mail to receive news updates and breaking stories.