रक्सी र चुरोटको भन्दा खराब बन्दैछन् यी ५ लत...|
Posted by Sura Health on |
१. ईन्टरनेट: मानिसको एउटा अभिन्न अंगको रूपमा नै विकसित भैसकेको ईन्टरनेट । हामीमध्ये कति त अब इन्टरनेट बिना बाच्न पनि नसक्ने भइसकेका छन् । केही समय मात्र हामी ईन्टरनेटबाट छुट्टिनुपर्यो भने हामीलाई उकुसमुकुस नै हुन्छ । हामी अबको संसारमा सायद ईन्टरनेट बिना अपूरो नै हुन्छौ ।
२. भीडियो गेम: ईन्टरनेटको दुनियाँलाई छोडेर केही मानिस भीडियो गेमको दुनियाँमा रमाईरहेका छन् । भीडियो गेममा रूची राख्ने मानिसहरू प्राय खाना खान नै छाडेर अथवा भनौ खाना खान नै बिर्सेर गेम खेल्नमा नै तल्लिन भएको देख्न पाइन्छ । भीडियो गेम भन्दा बाहिरको संसारमा केही मानिसहरू आउन नै चाहँदैनन् ।
३. टेलिभिजन: जेएल बेयर्डले मानिसलाई विश्वका हरेक खबर प्रदान गर्न सक्ने उपकरणको रूपमा टेलिभिजनलाई हामीसामू ल्याईदिए । समयको परिवर्तनसँगै गुफाबाट गाउँ र गाऊँबाट शहरमा छिरेका मानिसहरू आफ्नो मात्र नभई विश्वभरिका मानिस र ठाउँमा के भइरहेको छ भनेर जानकारी राख्न थालेको छ । टेलिभिजनमा आउने हरेक आफ्नो रूचीको कार्यक्रम जसरी पनि मानिस हेर्नको लागी तयार हुन्छ, त्यो या त बेलुका होस् या कामको समयमा होस् या त राती नै होस् । मानिस आफ्नो रूचीको कार्यक्रम हेर्नका लागी मरिहत्ते गर्छ । यो पनि एउटा हटाउन गाह्रो हुने एक लत नै बनिसकेको छ ।४. सपिङ: मानिसले आफ्नो आवश्यकता अनुसार किनमेल गर्ने गर्छ तर अहिले देखाउनकै लागी भएपनि सपिङ गर्ने चलन बढिरहेको छ । अरूलाई देखाउन होस् या अरूको देखासिखी गरेर होस् मानिसले सपिङ गर्न थालेका छन् । मानिसले गर्ने सपिङ पनि एउटा फेसन तथा लत को रूपमा नै विकसित भइरहेको छ ।
५. कफी: मानिसले बिहान उठ्ने बित्तिकै चिया या दुध खाने प्रचलनलाई अहिले कफीले विस्थापित गर्दैछ । मानिसले आजकल सकेसम्म कफीको नै प्रयोग गर्न थालेका छन् । यतीले मात्र त यसलाई खराब तल भन्न मिल्दैन तर जब कुनै व्यक्ति अफिसमा पुग्छ या कुणै रेष्टुरेन्टमा पुग्छ या भनौ आफ्नो अन्य कुनै कार्यक्षेत्र या घरभित्र कफी नै प्रयोग गर्न रुचाउँछ । साथीभाईसँग भैटघाट हुँदा होस् या अफिसको कामका लागि कुणै अर्को मानिससँगको भेटघाटमा होस् सबैलाई सहज हुने पेय पदार्थको रूपमा कफी विकसित हुँदैछ । यसलाई पनि एउटा लत को रूपमा नै हेर्न सकिन्छ
You can subscribe by e-mail to receive news updates and breaking stories.