घण्टामा तीन पटकसम्म पिसाब फेर्नुपर्छ, के भएको?

Posted by Sura Health on |







काठमाडौँ - यस पटक डा.जगदीशप्रसाद अग्रवाल, वरिष्ठ न्युरोफिजिसियन, त्रिवि शिक्षण अस्पतालले तपाईँहरुका विभिन्न प्रश्नको जवाफ दिएका छन्।म दश वर्षदेखि कतारमा अफिसको सेक्रेटरीको रूपमा काम गर्छु। बढी समय कम्प्युटरमा बित्छ। पूरै समय एयर कन्डिसनमा बित्छ। उचाई ६ फिट र ९२ केजी तौल छ। अहिले विभिन्न खालका स्वास्थ्य समस्या देखिएका छन् । मलाई टाउको दुख्छ, रिंगटा लाग्छ र पिसाबसम्बन्धी पनि समस्या छ। एक घन्टामा तीन पटकसम्म पिसाब फेर्न जानुपर्छ। हरेक दुई घन्टामा एक लिटर पानी पिउँछु?- बाबुराम सुवेदी, दोहा कतार ->तपाईंको उचाई र तौलको सन्तुलन थोरै मिलेको छैन। तौल अलि बढी छ। तपार्इंले पानी सचेत भएर खाने हो कि तिर्खा बढी लागेर खानुभएको हो, खुलाउनु भएको छैन। तिर्खा बढी लागेर पानी पिएको र धेरैपटक पिसाब फेर्न जानुपर्ने समस्या छ भने रगतमा सुगरको मात्रा जाँच्नुपर्छ। सबै लक्षण सुन्दा पिसाबसम्बन्धी यस्तो समस्या ब्रेनमा हुने एक प्रकारको खराबीले पनि हुनसक्छ। तपाईंको समस्या ब्रेनभित्रको हर्मन ग्रन्थीमा समस्या आउँदा हुने लक्षणसँग केही मेल खान्छ। जहाँसम्म रिंगटा लाग्ने कुरा छ, त्यो उच्चरक्तचापले गर्दा पनि हुनसक्छ। कम्प्युटरमा बसिरहने मानिसमा घाँटीका हाड खिइएको अवस्थामा पनि रिंगटा लाग्न सक्छ। कसैलाई एसी एलर्जीले पनि समस्या देखिन सक्छ। एकपटक राम्रोसँग परीक्षण गराएपछि कारण पत्ता लाग्छ।
पिसाब गरिसकेपछि ननिख्रिएको र केही अड्किरहेको जस्तो हुन्छ। परीक्षण गरिसके तर, खराबी देखिएन। किन यस्तो हुन्छ?
राम राई, कतार
तपाईंले उमेर खुलाएको भए कारण भन्न सजिलो हुन्थ्यो। वयष्क वा वृद्धा अवस्थामा यस्तो लक्षण देखिएमा प्रोस्टेटसम्बन्धी समस्या हुनसक्छ। पिसाबमा रगत देखिएको छ कि छैन, राम्ररी जाँच गराउनुपर्छ। पिसाब नलीमा खराबी देखिएको छ कि छैन। कुनै खराबी नदेखिएमा पानीको मात्रा बढाउने र तनाव नलिइकन बसेहुन्छ।

मेरो उमेर २६ वर्ष भयो, पाँच वर्षदेखि पिसाब पोल्ने समस्याले पीडित छु। दैनिक चार/पाँच लिटर पानी पिउँछु। धेरै चिकित्सकसँग सल्लाह लिएँ, तर, कम भएन। 
निवास थापा
तपाईंले जाँच गरिसक्दा पनि संक्रमण देखिएन र अन्य कारण पनि प्रमाणित भएन भने चिन्ता नलिनुस्। तपाईले पिसाब कतिपटक हुन्छ भन्ने खुलेको छैन्। कम्तीमा तीन-चार लिटर वा १ हजार ५ सय एमएल हुनुपर्छ। ठीक मात्रामा पिसाब हुन्छ भने आतिनु पर्दैन। तर, पिसाबको इन्फेक्सनदेखि किड्नीको पत्थरी, पिसाब नली र ब्लाडरमा समस्या हुनसक्छ। यस्तो अवस्थामा राम्रो युरोलोजिस्टसँग परामर्श लिनु उचित हुन्छ। कारण पुष्टि भएन भने एकपटक मनोचिकित्सकसँग परामर्श गर्दा राम्रो हुन्छ।

के कारणले पैताला पोल्छ? 
दिपेन, काठमाडौ
धेरै कारणले पैताला पोल्छ। चिनी रोग, भिटामिन डी, क्याल्सियमको कमीले यस्तो भएको हुनसक्छ। जाँचबाट यी कुरा थाहा हुन्छ। तपाईंले सुरुमा भिटामिन डी र बी कम्प्लेक्स केही दिन लिँदा फरक पर्दैन। एन्जाइटी न्युरोसिस, नसासम्बन्धी अन्य समस्या हुनसक्छ। परीक्षणबाट केही नदेखिएमा र मानसिक तनावले यस्तो भएको हुन सक्छ। त्यस्तो अवस्थामा मनोचिकित्सक एवं न्युरोफिजिसियनसँग सल्लाह लिनु राम्रो हुन्छ मेरो उमेर ४० वर्ष भयो। पहिले ब्लड प्रेसर लो थियो, अहिले ठीक छ। हाल ग्यास्ट्रिकको समस्या छ। बलको काम गर्दा बढी पसिना आउँछ र कमजोर महसुस हुन्छ। गर्मीको दिनमा बेहोस भएर लड्छुजस्तो हुन्छ। ग्यास्ट्रिकको समस्याले पनि रिंगटा लागेजस्तो हुन्छ भन्ने सुनेको छु, मैले के गर्नुपर्ला? 
सुदन , कलैया-७ बारा
सामान्य अवस्थामा लो ब्लडप्रेसर समस्या हुँदैन्। सेप्टिसेमिया वा अन्य विशेष अवस्थामा मात्र यो रोग हो। कमै रक्तचाप पनि त्यो मानिसलाई नर्मल हुन्छ। पसिना आउने र कमजोर महसुस हुने कारणले हर्मन गडबढीले हुन सक्छ। थाइराइडको जाँच गरेर हेर्दा राम्रो हुन्छ। त्यसबाहेक मानसिक तनावले पनि यस्तो हुन्छ। ग्यास्ट्रिकले रिंगटा लाग्दैन, तर तनाव लिएमा ग्यास्ट्रिक हुनसक्छ। तपाईंमा शारीरिक समस्या केही नभए पनि नियमित योग, व्यायाम गर्ने, अनिदो नबस्ने र चिन्ताको कारण पत्ता लगाएर कम गर्नुभएमा धेरै फाइदा हुनसक्छ। हर्मनको जाँचबाट पनि समस्या नदेखिएमा मनोचिकित्सकसँग परामर्श गर्नु राम्रो हुन्छ। -

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips