राति सुत्दा खुट्टा चलाउने रोग |

Posted by Sura Health on |







                            २०७० आश्विन ६:::::  राति साथीसँगै सुतेको महेश्वर नुनिया (काल्पनिक नाम) लाई रातभरि निद्रा लागेन । साथीको राति सुतेको बेला निद्रामा खुट्टा चलाउने बानीले गर्दा ओढ्ने फ्यालिदिने त कहिले लात्तीले हान्ने र तर्सिने । यस किसिमको अनौठो व्यवहार देखेर महेश्वरलाई रिस उठ्नुको साथै आश्चर्य पनि लाग्यो । तर के गर्ने सँगै सुत्न बाध्यता थियो । कारण खाट एउटै थियो । जसोतसो गरेर बिहान भयो मित्र तिमीले त मलाई रातभरि सुत्न दिएनौ । के भयो र ? तिम्रो राति सुत्ने बेला निद्रामा लात्ती हान्ने बानी र तर्सिने रहेछ । मलाई थाहा नै भएन । अबदेखि तिमीसँग सुत्दिनँ भनेर महेश्वर नुनियाले साथी खड्कालाई भनेछन् । तर खड्कालाई यसबारे केही थाहा छैन । कसै कसैलाई यस किसिमको समस्या हुन्छ । तर व्यक्तिलाई सुरु सुरुमा थाहा हुँदैन । पछि गएर यो समस्या जटिल हुँदै गयो भने मात्र थाहा हुन्छ ।

यस किसिम समस्यालाई रस्टलेसलेग सिंड्रोम भनिन्छ । अर्थात् खुट्टा चलबलाउने रोग भनिन्छ । प्रायः रेस्टलेसलेग सिंड्रोमलाई एक दुई दिनको समस्या वा धेरै थाकेर खुट्टा दुखेर यस्तो भएको होला भन्ने ठानेर मानिसहरू भ्रममा पर्छन् र वास्ता गर्दैनन् । तर ख्याल गर्नुस्, यो उच्च रक्तचापका विभिन्न कारकमध्ये एक हुन सक्छ । तथा अन्य कुनै रोगको लक्षणका रूपमा रेस्टलेस लेग सिंड्रोम देखिएको हुन सक्ने सम्भावना हुन्छ । रेस्टलेस लेग सिंड्रोम अर्थात् खुट्टा चलाउने अर्थमा यसलाई बुझिन्छ । तर खुट्टा आफैं चल्ने होइन । शरीरले खुट्टा चलाउन बाध्य हुन्छ । कारण के भने राति ओछ्यानमा सुत्न गएपछि खुट्टामा एक किसिम असामान्य रूपले असजिलोपन महसुस हुने, खुट्टा झम्झमाउने, झट्का लाग्ने वा खुट्टा चलाउन व्यक्ति बाध्य हुने अवस्था हो रेस्टलेस लेग सिंड्रोम । यस समस्याले गर्दा व्यक्तिको निन्द्रा बिगि्रन्छ, हल्का हिँडडुल गरेमा रेस्टलेस लेग सिंड्रोमबाट केही समयका लागि व्यक्तिलाई राहत महसुस हुन्छ । खुट्टा चलाउने बाध्य पार्ने- रेस्टलेस लेग सिंड्रोम नामक रोगमा व्यक्ति राति सुत्ने बेलामा खुट्टा चलाएमा आराम मिल्छ । यही कारणले होला, यस समस्याबाट प्रभावित व्यक्ति राति सुतेको बेला खुट्टा चलाउने गर्दछन् । यसरी खुट्टा फाल्ने वा चलाउनाले रक्तसञ्चार हुनुका साथै प्रभावित भाग तातो भई खुट्टा झम्झमाउने समस्या केही समयका लागि आराम हुन्छ । लक्षणहरू:::::

यस समस्याबाट पिरोलिएका व्यक्तिहरूको अनुभव अनुभूति तथा भनाइको आधारमा रेस्टलेस लेग सिंड्रोमका प्रमुख देखापर्ने लक्षणहरू निम्नलिखित हुन्छन् ।

(क) खुट्टा -घुँडा) देखि तलको भागमा पीडा दर्द हुनु ।

(ख) प्रभावित भागमा पोलेको महसुस हुन्छ ।

(ग) खुट्टामा विद्युतीय झट्का लाग्छ बेलाबेलामा ।

(घ) खुट्टामा कहीँ हिँडेको महसुस गर्नु ।

(ङ) खुट्टा झम्झमाउनु ।

(च) निदाउनु (सनसनी) ।

(छ) झट्का लाग्नु । आदिजस्ता लक्षणहरू देखिन्छ ।

कसै कसैलाई उपरोक्त लक्षणहरू हातमा पनि हुन सक्छ । रेस्टलेस लेग सिंड्रोमको समस्या विशेष गरेर राति सुतेको बेलामा सताउने गर्छ तर कसै कसैलाई केही नगरी निष्त्रिmय भएको वा आराम गरेको बेलामा समेत रेस्टलेस लेग सिंड्रोमले सताउँछ ।

साँझपख र राति बढी दुःख दिने यो समस्या बिहान उठेर केही हिँड्डुल गर्दा केही आराम हुनु यसको विशेषता हो ।    

यस रोगबाट पीडित व्यक्तिलाई राम्रोसँग निद्रा पर्दैन र निद्रा लागे तापनि खुट्टाको पीडाले गर्दा चाँडै बिउँझँदा व्यक्तिको निद्रा बिगि्रन्छ । व्यक्ति पूर्णरूपले निदाउन पाउँदैन । जसले गर्दा व्यक्तिलाई दिउँसो थकान हुनुका साथै निद्रा लागेको महसुस गर्दछ । रेस्टलेस लेग सिंड्रोमले गर्दा निरन्तर रूपले निद्रा खराब हुनाले अन्ततः व्यक्तिमा यसको मानसिक रूपले मनोवेगमा असर पर्ने हुन्छ । जसले गर्दा व्यक्ति डिप्रेसन (उदास), चिडचिडापन हुने तथा राम्रो कुरामा पनि झर्किने हुनुका साथै व्यक्तिको इम्युनो सिस्टम (प्रतिरक्षात्मक प्रणाली) कमजोर हुन गई मानसिक रोगका साथै अन्य शारीरिक विकारहरूले पनि जग हाल्ने मौका पाउँछ । जसमा उच्च रक्तचाप -हाई ब्लडप्रेसर पनि) एक हो ।

रेस्टलेस लेग सिंड्रोमलाई वर्गीकरणको हिसाबले दुई भागमा बाँड्न सकिन्छ । यसैको आधारमा यसको मूल्यांकन पनि गरिन्छ ।

प्राइभरी रेस्टलेस लेग सिंड्रोम- यस अवस्था व्यक्ति पैंतालीस वर्ष पुग्नुभन्दा पहिले यस रोगले समात्छ । यो वंशानुगत हुन्छ । बाल अवस्थामै सुरु हुन सक्ने यस प्रकारको रोगले जीवनपर्यन्त सताउँछ ।

अर्को हुन्छ सेकेन्डरी रेस्टलेस लेग सिंड्रोम- यसको दोस्रो अवस्थामा शारीरिक अन्य विकासले गर्दा यो समस्या आइलाग्छ । जस्तै : मधुमेह, आइरनको कमी शरीमा हुनु, किड्नी फेल हुनु, आमवाथ, गर्भाअवस्था, पार्किन्सन डिजिज आदि । यसको मूलकारक तत्त्वलाई पत्ता लगाई मूल रोगको उपचार भएमा सेकेन्डरी रेस्टलेस लेग सिंड्रोम आफै स्वतः हराउँछ । सामान्यता के देखिएको छ भने पैंतालीस वर्ष पुगेपछि यो समस्या देखापर्छ र वंशानुगत हुँदैन । तर पेरिफेरियल न्युरोपैथी (स्नायुतन्त्र) मा गडबडी देखिएमा रोगीको जीवन झनै कष्टकर हुन्छ । अर्थात् रेस्टलेस लेग सिंड्रोम त हुन्छ नै । यसका साथै खुट्टा राति असहनीय पीडासमेत हुन्छ । पछि गएर यसले दिउँसोसमेत दुःख दिन थाल्छ । ढाडको स्पाइनलकोर्डबाट आउने नसा च्यापिएर वा अन्य कारणले खुट्टामा पीडा उत्पन्न गर्नु भनेको पेरिफेरियल न्युरोपैथी हो । यसको उपचार भएमा यसको साथै रेस्टलेस लेग सिंड्रोम पनि स्वतः हट्छ ।

विंघम एन्ड वुमन्स हस्पिटल एन्ड हर्बड मेडिकल स्कुल लन्डनका अनुसन्धानकर्ताहरूले रेस्टलेस लेग सिंड्रोम भएका व्यक्तिहरूमा उच्च रक्तचापको खतरा ६-४१ प्रतिशत हुने विश्लेषण गरेका छन् । यो रोग महिला तथा पुरुष दुवैमा हुन सक्छ । तर पुरुषको दाँजोमा महिलालाई हुने सम्भावना बढी रहन्छ ।

उपचार

यस रोगको एलोप्याथीमा खासै उपचार छैन । लक्षणको आधारमा दिइने केही औषधिहरू यस प्रकार छन् ।  डाइजेपाम -भेलियम) टेमाजेपाम, प्रामी पेक्स आदिका साथै आइरनको कमीलाई पूरा गर्ने खालका फलफूलहरू, हरियो सागपात, आफ्नो दैनिक खानामा समावेश गर्ने भनी सल्लाह दिइन्छ ।

वैकल्पिक चिकित्सा पद्धतिमा यस रोगको भरपर्दो उपचार छ । होमियोप्याथी तथा अंकुपन्चरमा यस रोग सफल उपचार गरिएको आधारहरू भेटिन्छन् । यसको लागि कुशल चिकित्सकसँग परामर्श

लिनुपर्छ । रेस्टलेस लेग सिंड्रोममा सफलतापूर्वक प्रयोग गरिने औषधिहरू यसप्रकार छन्<मैगफाँस, कुप्रेमभेट, रसटक्स, कल्केरिया फ्लौर, कल्केरियाफाँस आदि|                                                                              स्रोत :कान्तिपूर,

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips