सन्तानहीनता |
Posted by Sura Health on |
कुनै कुनै स्त्रीहरुले सन्तान जन्माउन सक्दैनन् । त्यस्तो अवस्थालाई बाँझोपन भनिन्छ । यस्ता दम्पती मध्ये धेरैले आफ्नो जीवन एक्लो र फिका अनुभव गर्दछन् । समाजमा सन्तान नहुनेलाई अपुतो भनी हेला गर्ने चलन छ । यस्ता मान्छेहरुको सन्तान नहुनुका कारणहरु पत्ता लगाउन सकेमा बाँझोपनको उपचार हुनसक्छ सक्दैन भन्ने कुरा ठहर गर्न सकिन्छ ।
सन्तान नहुने कारण< सन्तान नहुने कारण पुरुषमा पनि हुनसक्छ र स्त्रीमा पनि । कहिलेकाहीँ, दुवैमा खराबी नहुँदा नहुँदै पनि गर्भ रहन कैयौं वर्ष लाग्न सक्छ । किनभने गर्भ रहनु भनेको एउटा आकस्मिक घटना हो । स्वस्थ हुँदाहुँदै पनि पुरुषको शुक्रकीट र स्त्रीको अण्डा भेटिने अवसर नआएको हुनसक्छ । स्त्री रागरस वा पुरुष रागरसको कमीका कारण त्यसो भएको हुनसक्छ । हाम्रो समाजमा सन्तान नहुनेहरुलाई नराम्रो दृष्टिले हेर्ने र हेला गर्ने चलन छ । कोही कोही त्यस्ताको हातको पानी चल्दैन वा पितृहरु विमुख हुन्छन् भनी कुरा गर्दछन् । यस्तो गर्नु राम्रो होइन । छोराछोरी नभए पनि मानिसले सुखमय जीवन बिताउन सक्दछन् । अरुको सन्तानलाई धर्मपुत्र, धर्मपुत्री लिएर वा अनाथालयलाई सहयोग गरेर आफ्नो जीवनलाई सार्थक बनाउने कैयन सन्तानहीन व्यक्तिहरु हाम्रै समाजमा पनि धेरै छन् ।
पुरुषमा सन्तान नहुने कारणहरु
– स्वस्थ शुक्रकीट उत्पादन नहुनु ।
– शुक्रकीट उत्पादन भए पनि ज्यादै कम हुनु । आधुनिक चिकित्सा, आयुर्वेध, प्राकृतिक चिकित्सा वा होमियोप्याथिकबाट यस्ता कतिपय समस्याको समाधान हुनसक्छ ।
– कुनै कुनै पुरुषको शुक्रकीट नै बन्दैन, यस्ताको उपचार हुदैन ।
– कुनै कुनै पुरुषका अण्डा नै हुँदैनन्, यस्ताको उपचार हुँदैन ।
– गोनोरिया जस्तो यौन रोग लागेपछि राम्रो उपचार भएन भने पनि सन्तान उत्पादन गर्ने क्षमता गुम्छ । रोग लाग्ने बित्तिकै उपचार गरेमा समस्या नआउन सक्छ ।
– शुक्रनली वा अन्य भागमा केही अवरोध भएको हुनसक्छ । यस्तो समस्यालाई अप्रेशनबाट ठीक गर्न सकिन्छ ।
– पुुरुष रगरासको कमी हुनसक्छ । यस्तालाई कृत्रिम रागरसद्धारा उपचार गरिन्छ ।
महिलामा सन्तान नहुने कारणहरु
– वीज ग्रन्थीको खराबीले गर्दा स्त्रीबीज(अण्ड)ननिस्कनु ।
– वीजवाहिनी नलीहरुमा केही अवरोध हुनु । यस्तो भएमा अपरेशनबाट ठीक हुनसक्छ ।
– गर्भाशयको मुख ज्यादै सानो हुनु ।
– गर्भाशय ज्यादै सानो हुनु अथवा दुई कोठामा बाँडिनु ।
– योनिश्राव धेरै निस्कनु जसको अमिलोपनामा हटाएर शुक्रकीट मर्नु । यसको उपचार हुनसक्छ ।
– ज्यादै नै कुपोषण हुनु । धेरै दिनसम्म पौटिक खाना खाएमा गर्भधारण गर्ने शक्ति बढ्छ । कुपोषित आमाको बारम्बार गर्धपतन भइरहन्छ ।
– रगतको ज्यादै नै कमी भएर पनि गर्भ रहन नसक्ने हुन्छ । यस्ता महिलाले आइरन चक्की धेरै समयसम्म खाइरहनु पर्छ ।
– आयोडिनको कमी हुनु । यस्तो अवस्थामा आयोडिन भएको नुन धेरै समयसम्म खाइरहनु पर्छ । जुन माटोमा आयोडिन हुँदैन त्यहाँ उब्जेको, फलेको खानेकुरामा आयोडिनको कमी हुन्छ । त्यस्तो खाना खानेहरुले थप आयोडिन खानु पर्छ ।
– गोनोरिया लागेपछि राम्रो उपचार नहुनु । रोग लाग्ने बित्तिकै राम्रो उपचार गर्ने अङ्गहरुमा टी.बी. जस्ता सङ्क्रामक रोग लाग्नु । यस्ता रोग लाग्ने बित्तिकै उपचार गराउनु पर्छ ।
– स्त्री रागरसको कमी हुनु । कृत्रिम रागरस दिई यसको उपचार गर्न सकिन्छ ।
सन्तान नभएको कारण कसरी थाहा पाउने ?
– महिला पुरुष दुवैले चिकित्सकलाई जँचाउने ।
– सबभन्दा पहिले पुरुषको वीर्यको जाँच गराएर, शुक्रकीट छ वा छैन ? छ भने कति छ ? रोगाएको पो छ कि ? आदि कुरा पत्ता लगाउनु पर्छ । यो सबभन्दा सजिलो र सस्तो तरीका हो ।
– महिलाको योनिश्रावको जाँच गराउने ।
– महिलाको रगत जँचाएर रगतको वा आयोडिनको कमी छ कि पत्ता लगाउने । कमी देखिएमा त्यसको उपचार गर्ने ।
– एक्सरे, भिडियो एक्सरे आदि गराएर सन्तान उत्पादनमा आवश्यक कुनै अङ्ग नभएको वा विकृत भएको छ कि पत्ता लगाउने ।
– पत्नी सन्तान जन्माउन सक्षम छिन् र पतिको शुक्रकीट लिई वा अरु मानिसको शुक्रकीटबाट गर्भाधारन गराउने चलन आइसकेको छ ।
You can subscribe by e-mail to receive news updates and breaking stories.