कुर्कुच्चा फुट्यो, के गर्ने |

Posted by Sura Health on |







कुर्कुच्चाको बाहिर सतहको छाला कडा, रुखो र टुक्रिनेखालको भएपछि यो समस्या देखिन्छ । धेरैजसो कुर्कुच्चा नराम्ररी फुट्छ, जसले दुखाइ मात्र नभई रगतसमेत निस्किन थाल्छ ।
यो वंशानुगतसमेत हुन्छ । पुर्खामा कसैलाई यो रोग भए सन्तानमा समेत देखिन सक्ने उल्लेख गर्दै डा. कर्ण भन्छन्, ‘वंशानुगत कुर्कुच्चा फुट्ने समस्या सानै उमेरदेखि र बाह्रै महिना हुने गर्छ ।’ उसो त यो समस्या चिसोयाममा भने बढी देखिन्छ ।
चिकित्सकीय तथ्यांकअनुसार कुर्कुच्चा फुट्ने समस्या पुरुषको दाँजोमा महिलामा बढी देखिन्छ । ‘मासिक धर्म सुक्न थाल्दा यो समस्या महिलामा बढी देखिने गरिएको हो,’ डा. कर्ण भन्छन्, ‘यस्तै ‘हाइपोथाइराइडिज्म’ अर्थात् थाइराइड ग्रन्थीले शरीरको आवश्यकताभन्दा कम काम गर्दासमेत कुर्कुच्चा फुट्ने समस्या देखिन सक्छ ।’ यति मात्र नभई छालासम्बन्धी क्षयरोगले समेत यो समस्या देखिन्छ । सोराइसिस पनि यो समस्या निम्तिने एउटा प्रमुख कारण मानिन्छ ।
फुटेको कुर्कुच्चा खुट्टाको सामान्य समस्या भनिए पनि यो सामान्यतः सुख्खा छाला (जेरोसिस) को कारणले हुन्छ । जतिखेर कुर्कुच्चा चारैतिरको छाला बाक्लो हुन्छ, जसलाई चिकित्सकीय भाषामा ‘कैरेटोडर्मा’ भनिन्छ, अनि समस्या अझ गम्भीर हुन्छ ।
कुर्कुच्चा फुट्ने समस्याले जोसुकैलाई प्रभावित गर्न सके पनि सुख्खा जलवायुमा रहनेहरूलाई यो समस्या बढी देखिन्छ । मोटोपनाले समेत यो समस्या निम्त्याउन सक्छ । मधुमेह मोटोपनाको कारण शरीरको भार खुट्टामा बढी पर्नाले समेत कुर्कुच्चा फुट्छ । यस्तै शरीरमा भिटामिन, फलाम वा क्याल्सियमलगायतका पोषक तत्त्वको कमी भएपछि पनि यो समस्या आउन सक्छ ।
शरीरमा रहेको पसिनाको निष्त्रिmय ग्रन्थीसमेत कुर्कुच्चा फुट्ने एउटा कारण हुन सक्ने डा. कर्ण बताउँछन् । गाउँघरमा निरन्तर खाली खुट्टा हिँड्नेहरू र स्यान्डिलको पछाडि खुलेको जुत्ता लगाउनेहरूमा समेत यो देखिन सक्छ । खाली खुट्टा हिँड्दा विभिन्न प्रकारको ढुसी (फंगस) पैतालाको सम्पर्कमा आउँछ । यो फंगस विस्तारै बढेर खुट्टाको कुर्कुच्चामा फैलेर छालालाई च्यात्छ । हिलो र पानीमा बढी समय रहनेको समेत कुर्कुच्चा फाट्ने गरेको छ ।
घरमा सफाइ र लुगा धुन उपयोग गरिने डिटरजेन्ट पावडर वा साबुनको कारणले समेत कुर्कुच्चा फुट्न थाल्छ । डा. कर्णका अनुसार प्लास्टिकको जुत्ता-चप्पल लगाउनेहरूमा समेत कुर्कुच्चा फुट्ने समस्या देखिने गरिएको छ ।
‘खुट्टाको अन्य स्थितिअनुरूप नै यदि फुटेको कुर्कुच्चाको समयमा उपचार गरिएन भने यो खतरनाकसमेत हुन सक्छ,’ डा. कर्ण भन्छन् । फुटेको कुर्कुच्चा को घाउ गहिरो भएर यसले तीव्र संक्रमण उत्पन्न गर्न सक्छ । यस्ताखाले समस्या मधुमेह पीडित वा रोग प्रतिरोधात्मक क्षमताको कमी भएका व्यक्तिमा विशेष रूपले खतरनाक हुने गरेको हो ।
कुर्कुच्चा फुट्नबाट बच्न भने खुट्टालाई नियमित नरम बनाएर राख्नुपर्छ । एकपटक यो समस्या देखिएपछि दिनहँु प्युबिक स्टोनले विस्तारै दलेर यसको मोटाइ कम गर्नुपर्छ । यस्तै रोग प्रभावितहरूले खाली खुट्टा हिँड्नु, पछाडितर्फ खुलेको जुत्ता लगाउनु, स्यान्डिल वा पातलो सोल भएको जुत्ता लगाउनुहँुदैन । खुट्टामा दिनहँु दुई/तीनपटक मोइस्चराइजर लगाउनाले र सुत्दा मोजा लगाउनाले सहयोग मिल्छ । घरेलु रूपमा रोकथामको उपाय गर्दागर्दै पनि रोकिन्न भने नजिकको छाला रोग विशेषज्ञको सुझाव लिनुपर्ने डा. कर्ण बताउँछन् ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips