छाला चिलाउने समस्या

Posted by Sura Health on |







प्रो. डा. भाष्कर मोहन मेहेर कायस्तवरिष्ठ चर्मरोग विशेषज्ञ
के तपाईंको छाला चिलाइरहन्छ ? यदि भएमा यो "एक्जिमा" को समस्या पनि हुनसक्छ । छाला धेरै चिलाउने समस्यालाई एक्जिमा भनिन्छ । "एक्जिमा" भनेको छाला चिलाउने समस्या हो ।
प्राय छाला विभिन्न कारण एवं बिना कारण पनि चिलाउन सक्छ । यसको शुरुको अवस्था -एक्युट फेज) मा छालामा पानीफोका जस्तो देखिन्छ । पुरानो हुादै गएपछि छाला बाक्लो, कालो र खस्रो भई भैासे दादको रुप देखापर्छ । यो क्रोनिक एक्जिमा हो । क्रोनिक एक्जिमा भित्री र बाहिरी दुवै कारणबाट हुनसक्छ । भित्री कारणलाई इन्डिजेनस भनिन्छ । यो भित्री वनावटदेखि नै छालामा देखिने समस्या हो । तीन महिनादेखिको बच्चामा यस किसिमको समस्या देखिनसक्छ । यसलाई एटोपिक एक्जिमा भनिन्छ । यस्तो अवस्थामा अनुहार, दाात, पेट, छाती, गोडा लगायत शरीरका जुनसुकै भागमा चिलाउन सक्छ । यो बच्चादेखि बुढेसकालसम्मका अनेकौं मानिसमा हुनसक्छ । यसमा कुनै बाहिरी कारण हुादैन । यो वंशानुगत नै हुन्छ ।
दोस्रो एक्जोजिनस अर्थात बाहिरी कारणबाट हुने एक्जिमा हो । जस्तो फोटो एक्जिमा  यसको राम्रो उदाहरण हो । घाममा धेरै बेर बसेर चिलाउने समस्या एक्जोजिनस एक्जिमा हो । सिमेण्टमा काम गर्नेलाई सिमेण्टले गर्दा चिलाउन सक्छ । यसले हात गोडा  फुटेर पानीको फोका देखिने तथा दाद देखिएर चिलाउने समस्या उत्पन्न गराउाछ । यसलाई कन्ट्याक्ट एक्जिमा भनिन्छ । गृहणी महिलाहरुलाई देखिने एक्जिमालाई हाउस वाइफ एक्जिमा भनिन्छ । उनीहरुको औालाको काप र टुप्पामा छाला फाटेर दादको समस्या देखिएर चिलाउन सक्छ । कुनै पनि फूल घाास आदिले हुने समस्या फाईटो एक्जिमा हो ।के असर गर्छ ?
एक्जिामाको समस्यामा धेरै चिलाउने कारण इन्फेक्सन हुनसक्छ ।  धेरै चिलाउने हुादा कतिपयमा इन्फेक्सन भई पाक्ने संभावना रहन्छ । यसले मृगौलालाई असर गर्न सक्छ । यस किसिमको समस्यालाई ग्लोवेन्डोनेप|mाइटिस भनिन्छ । यसरी छालामा घरीघरी इन्फेक्सन भइरहेमा पिसाव सम्बन्धि रोगको समस्या देखिन सक्छ । एटोपिक एक्जिमा भई धेरै चिलाउादा बच्चाहरु र्झकने रिसाउने  किसिमका हुन्छन् । उनीहरुमा मनोवैज्ञानिक असर परिरहेको हुन्छ ।

कसरी थाहा पाउने ?
यो रोग लागेपछि धेरै चिलाउाछ । पानी निस्कन्छ । पाक्छ । इन्फेक्सन भई घाउ पाक्छ र दुःख्न सक्छ  । तर चिलाउादा दुखावट महसुुस हुन सक्दैन । कहिले धेरै चिलाउाछ भने कहिले कम चिलाउाछ । तातो मौसममा धेरै चिलाउाछ । घाममा निस्कदा पनि चिलाउन सक्छ । साबुन, उनीको कपडा एवं सिन्थेटिक कपडा आदिले निकै चिलाउन सक्छ । ड्राईफूड -काजु, पेस्ता, ओखर, बदाम) चकलेट आदिले चिलाउने समस्या बढ्नसक्छ ।यसले मृगौलालाई असर गर्न सक्छ । यस किसिमको समस्यालाई ग्लोवेन्डोनेप|mाइटिस भनिन्छ । यसरी छालामा घरीघरी इन्फेक्सन भइरहेमा पिसाव सम्बन्धि रोगको समस्या देखिन सक्छ । एटोपिक एक्जिमा भई धेरै चिलाउादा बच्चाहरु र्झकने रिसाउने  किसिमका हुन्छन् । उनीहरुमा मनोवैज्ञानिक असर परिरहेको हुन्छ ।

उपचार
एक्जिमा निको पार्ने उपचार हुन सक्दैन । तर चिलाई कम गर्न सकिन्छ । बजारमा विभिन्न किसिमका चिलाइ कम गर्न विभिन्न स्टेरोइड क्रिमहरुको प्रयोग गर्न सकिन्छ । तर, शरीरको काछ, काखिमुनी, अनुहार, अण्डकोष आदिमा लगाउन हुादैन किनभने यस्ता ठाउामा छाला पातलो हुन्छ । यसरी, चिलाई कम गर्ने विभिन्न औषधिको प्रयोग गर्न सकिन्छ । एक्जिमा भएको कारण पत्ता लगाएर संभावित खतराबाट सजग र सचेत रहनुपर्छ । छालाको लागि सुतिको कपडा राम्रो हुन्छ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips