चिसो मौसम झनै चिसो हुनु स्वाभाविक हो तर अत्यधिक चिसोमा बस्नु छालाको लागि मात्रै होइन शरिरको लागि पनि हानिकारक हुन्छ । अत्यधिक चिसोले जिउ कठांग्रिने तथा मुटुको धडकन पनि रोकिन सक्छ ।
६) घाममा धेरै बस्न हुँदैन :
जाडो मौसममा घाम प्यारो हुन्छ । केहि बेर घाममा बस्नु फाइदाजनक भएपनि अत्यधिक घाममा बस्नाले छालालाई असर गर्दछ । घामको किरणमा हुने पाराबैजनिक किरणले छालालाई बिगार्दछ । लामो समयसम्म घाममा बस्नु परे सनस्क्रिनको प्रयोग गर्नुपर्छ।
७) भिटानिन डि को प्रयोग :
भिटामिन डि को प्रयोगले छालालाई तन्दुरुस्त र चम्किलो बनाइराख्न मदत गर्छ । घामको किरणबाट पनि यो प्राप्त गर्न सकिन्छ । तर जाडो मौसममा लामो समयसम्म पनि घाम नलाग्ने वा घाममा बस्न नपाइने हुँदा भिटामिन डि को प्रयोग उपयुक्त हुन्छ ।