गफाडी हुने रोग |
Posted by Sura Health on |
रमा कक्षा १० कि छात्रा हुन् । एक्कासी उनीमा निकै फूर्ति देखिन लाग्यो । उनी निकै खुसी देखिन थालिन, सिंगार पटारमा पनि उत्तिकै ध्यान दिन लागिन । राम्रो राम्रो लुगा लगाउने सोख बढदै गयो । आफूलाई अरूभन्दा ठूलो ठान्न थलिन आफनो विचार सबैले मान्नु पर्छ । आफूमा अरूले गर्न नसक्ने काम पनि गर्न सक्ने गुण छ उनी बारम्बार भन्न थालिन । आफू निकै राम्रो भएकोले निकै अर्कषण केटाले पनि आफूलाई चाहन्छन् भने उनको मनमा लाग्छ । उनले भनेको नमन्ने वित्तिकै आमा बाबु र दाजुभाईसँग अत्यन्तै रिसाउन लागिन् ।
राति कमै सुतेपनि निद्रा पुग्दथ्यो । उनि निकै झगडालु बनिन्, सानो कुरामा पनि झगडा गदै घर परिवारका मन्छेलाई पिट्ने, अचानक झनक्क रिसाउने भयो । स्कूल जान पनि नसक्ने भइन । उनलाई अस्पताल ल्याइयो, उनि निकै कराईरहेकि थिइन् । मलाई केहि भएको छैन, यीनिहरुले मलाई त्यसै ल्याए । १५ दिनको उपचारपछि उनी राम्रो अवस्थामा आइन्, आफूले गरेको घमण्डलाई त्यस बेला विरामी रहेछु भन्ने थाह पाइन् ।
त्यस्तै १६ वर्षे सुनिता कक्षा ९ मा पढ्छिन् । केही दिनदेखि उनी फरक देखिएकि छिन् । उनी बढि बोलिरहन्छिन्, छिट्टै रिसाउने र बढी सिँगारपटार गर्छिन् । उनि भन्छिन् “म ३ दिन भित्र प्रधान मन्त्री बन्नेछु ।” उनी आफुलाई फूर्तिलो, सिपालु, जोसिलो र राम्री ठान्छिन् । उनीमा तडकभडक निकै छ । विवाह गर्ने कुरा पटक–पटक गर्छिन् । एउटा काम नसक्दै अर्को सुरु गर्छिन् । उनले भनेको नमानेमा पिट्छिन् । राती २–३ घण्टा सुतेपछि उठ्छिन्, रेडियो, टि.भी.हेर्छिन् र अरुलाई डिस्टर्व गर्छिन् । उनि मिठो खानेकुरा र पैसा मागिरहन्छिन् । अनि आफु धनि भएको फूर्ति उडाउछिन् ।उनको रोग थाहा भएन तर लक्षण बढ्दै गयो । यस्तो रोगलाई मेनिया भनिन्छ । एक पटक मेनिया भएको विरामीमा अर्कोपटक रोग दोहोरिने समस्या ८० प्रतिशत रहन्छ । यसरी दोहोरीएको अवस्थालाई वायोपोलार एफेक्टिभ डिस्अर्डर भनिन्छ । कहिले मेनियामा डिप्रेसिभ सिम्टम देखिन्छन् । यो कहिले ६ महिनामा कहिले ३—४ वर्षमा दोहोरिने गर्छ । मेनिया यस्तो रोग हो जसमा विरामी गफाडी, झगडालु, उत्तेजित देखिन्छ । विरामी प्रसस्त कुरा गरिरहने, फूर्तिलो, हाँसिलो, घमण्डी देखिन्छ । यस्तो अवस्थामा विरामी एउटै कुरामा स्थिर रहदैन, एउटा काम सक्न नपाउँदै अर्को काम थाल्छ । विरामी आनन्दित कुरामा दिन विताउँछ । म राजा बन्छु, म प्रधानमन्त्री बन्छु म नेता बन्छु भन्छ । त्यस्तै विरामीमा पैसा बाढ्छु भन्ने, कुरा बढाई चढाइ बोल्ने, राती २,३ घण्टा मात्र सुत्ने, गीत गाउने, अग्रेजी बोल्ने, रातो पहँेलो रंगिन लुगा लगाउन रुचाउने लक्षण देखाउँछ । विरामी बढी ‘टेलेन्ट’ जस्तो देखिन्छ ।
मेनिया जस्तो लक्षण भएको तर मेनिया जती वढी उत्तेजित नभएको अवस्था हाइपोमेनिया हो । यो रोग पटक पटक दोहोरिने भएको हुनाले राम्रो विचार पु¥याउन जरुरी छ । यस्ता घटनाहरु समाजमा पटक पटक देखिरहन्छन् । तर रोग लागेर यस्तो भएको कुरा शुरुमा थाह पाइदैन, जसबाट विरामी वा विरामीको परिवारमा अनेकौें घटना घट्न सक्छन् ।
मेनिया रोगका लक्षणहरु;
- घमण्डी बन्ने, बढी फूर्ती लगाउने ।
- धेरै खुशी हुने तर, भनेको नमाने झनक्क रिसाउने ।
- बढी आशवादी हुने, सम्भव नहुने कुरा पनि गर्न सक्छु भन्ने ।
- मीठो खानेकुरा माग गर्ने, राम्रो राम्रो रंगिन लुगा लगाउने ।
- वढी पैसा माग्ने वा खर्च गर्ने ।
- पटक पटक ऐना हेरीरहने ।
- २३ घण्टा सुते पनि निद्र पुग्ने ।
- यौनमा बढी रुचि हुने ।
- एउटा काम शुरु गर्न नपाउदै अर्को थाल्ने वा छटपट हुने ।
- अरु देखि शंका गर्ने ।
मेनिया रोगबारे जान्नैपर्ने कूरा
- मेनिया रोगका विरामी घमण्डी हुन्छन् । उनीहरु आफुलाई विरामी भन्न रुचाउदैनन् । त्यसैले यस्ता विरामीसंग अनावश्यक बादविवाद गर्नु हुदैन । नम्र भएर कुरा गर्नुपर्छ ।
- मेनिया रोग बढ्दा विरामीले औषधि लिन मान्दैनन् । त्यस्तो बेला तुरुन्त अस्पताल लैजानुपर्छ ।
- मेनिया रोग निको भइसकेपछि पनि पटक पटक बल्झिन सक्छ ।
- सबैभन्दा पहिले राती निद्रा पर्दैन । त्यसो भए सदा लाग्ने औषधि तत्काल दिनुपर्छ । वा अस्पतालमा सम्पर्क गर्नुपर्छ ।
- लिथियम लिएका मेनियाका विरामीले वान्ता गरे वा झाडापखाल, लागेमा यो औषधि वन्दगरि अर्को औषधि दिनुपर्छ । जसबाट लिथियम टक्सिसिटीबाट बचाउन सकिन्छ ।
- मेनिया रोग कडा मानसिक रोग भएकाले औषधि लामो समयसम्म खान पर्न सक्छ । त्यसैले औषधि डाक्टरको सल्लाहबाट मात्र छाड्नुपर्छ । कसरी मानसिक रुपमा स्वास्थ्य बन्ने ?
- अनावश्यक कुरामा एकोहोरो गहिरो सोचार्ई नगर्ने ।
- अर्काको उपलब्धीलाई सजिलै ग्रहण गर्ने र खुसी हुने ।
- पुराना रुढिवादी कुरामा विश्वास गर्नु हुदैन ।
- हरेक काममा खुसि, सुखि तथा सन्टुष्ट बन्ने
- लागुपर्दाथ तथा दूब्र्यसनीबाट टाढा रहने
- अति नैतिकवान नबन्ने तथा अरुबाट पनि त्यस्तो आशा नगर्ने
- मनका कुरा अरुलाई भन्ने वानी गर्ने
You can subscribe by e-mail to receive news updates and breaking stories.