प्रजनन स्वस्थ्य ?
Posted by Sura Health on |
म १७ बर्षकी भए । प्रत्येक महिनाको २५ गते तिर ४–५ दिन अत्याधिक तल्लो पेट दुख्छ तर महिनावारी हुदैन । मलाई के भएको हुन सक्छ अनि उपचार कसरी गर्ने ?
उत्तर – महिनावारी हुने उमेरका (१३ देखि १५ बर्षका) किसोरीहरुमा नियमितरुपमा अर्थात २१ देखि ३५ दिन बिराएर ३–५ दिन पेट दुख्ने तर महिनावारी नहुने समस्या क्रेप्टोमेनोरेजिया हुन सक्छ । यस्तो किसोरीहरुमा तल्लो पेटको दुखाईले
महिनावारी भएको संकेत गर्छ तर योनीमार्गमा रगत देखिदैन । मुख्यतयाः योनीमार्गमा रहेको कन्याजाली बाक्लो भएकोले वा नफुटेकोले यो समस्या आउने गरे तापनि यसका अन्य कारणहरु पनि हुन सक्छ । चिकित्सकले परिक्षण गरेर कारण पत्तालगाउनु पर्ने हुन्छ । धेरै जसो अवस्थामा कन्याजाली फुटाएर तथा पाठेघरलाई सफा (क्युरेटेज्) गरेर समस्या समाधान गर्न सकिन्छ ।
म पन्ध्र पुगेर सो¥हमा लागे । मेरा सबै साथिहरुको महिनावारी शुरु भई सक्यो । तर मेरो महिनावारी भएको छैन । अहिले मलाई समस्या केहि पनि छैन । तर पछि सन्तान हुने हो कि हैन प्रष्ट पारिदिनुहोस् ।
–भावना
उत्तर– समान्यतया पन्ध्र बर्ष सम्ममा हरेक किसोरीहरुमा महिनावारी शुरु हुने हुन्छ । तर केहिमा सामान्य ढिलाई हुदैमा आतिहाल्नु हुदैन । महिनावारी नहुने समस्यालाई एमोनेरिया भनिन्छ । समयमा महिनावारी नहुने कारणहरु धेरै छैन । महिनावारी गराउने तथा सन्तुलन कायम राख्ने संरचना (हाईपोथालामो–पिट्युटरी–ओभरिएन एक्सिस्) मा आएको समान्य गडबडिले पनि महिनावारी रोक्न सक्छ । कसै–कसैमा क्रोमोजोमका खराबी, पाठेघर वा योनीमार्गको बनोट तथा विकासमा अबरोधले पनि महिनावारी नभएको हुन सक्छ । कुन कारणले गर्दा महिनावारी नभएको हो पत्ता लगाउनु पर्छ । महिनावारी नहुने सबै महिलाहरुले सन्तान पाउन सक्छ भन्न सकिदैन तर कारण पत्तालगाएर उपचार गरेको खण्डमा धेरैले सन्तान पाउन सक्छन् ।
म २० बर्षकी भए । मेरो महिनावारी १४ बर्षको उमेरमा शुरु भयो । मलाई त्यसबेला कुनै समस्या थिएन । तर बिगत ८ महिनादेखि मलाई महिनावारी भएको छैन । के गर्ने होला ?
उत्तर– महिनावारी भईरहेको महिलाहरुलाई ६ महिना भन्दा बढि महिनावारी रोकिनुलाई सेकेन्डरी एमोनेरिया भनिन्छ । हुनतः बच्चालाई दुध खुवाईरहेको अवस्थामा, गर्भावस्था र बृद्धावस्थामा पनि महिनावारी रोकिने हुन्छ । यस बाहेक अण्डबाहिनी नली, अण्डासयको संक्रमण, थाईराइड तथा अन्य हर्मोनहरुको असन्तुलन, पोलिसिटिक ओभरियन सिन्ड्रम जस्ता रोगहरुले पनि महिनावारी रोकिने हुन्छ । महिनावारी रोकिएको कारण पत्तालगाउन अन्य परिक्षणहरु गर्नु पर्ने हुन्छ । यस्तो धेरै वटा अवस्थामा धेरै औषधि सेवन नगरीकनै ठिक बनाउन सकिन्छ । केहि अवस्थाहरुमा हर्मोनहरु लामो समय सम्म सेवन गर्नु पर्ने हुन सक्छ ।
म १६ बर्षकी भए । २ बर्ष अगाडि देखि मेरो महिनावारी शुरु भयो । मेरो महिनावारी नियमित हुन्छ तर महिनावारीको बेला अत्याधिक तल्लो पेट दुख्छ । मैले यसबाट कसरी छुटकारा पाउने ?
उत्तर– महिनावारीको समयमा तल्लो पेट दुख्नु समान्य हो । तर अत्याधिक पेट दुख्ने तथा दुखाईको कारणले नियमित कामहरु गर्न पनि नसक्ने भएको अवस्थालाई डिस्मेनोरिया भनिन्छ । ५ देखि १० प्रतिसत महिलाहरुमा यो समस्या रहेको देखिए तापनि किसोर अवस्थामा अझ बढि दुखः दिने हुन्छ । मानसिक तनाव तथा धेरै दुखाई नसक्ने भएकोले मात्र किसोरीहरुमा डिस्मेनोरिया बढि हुने गरेको होईन । पाठेघरको खराबी, भासोप्रेसिन तथा प्रोजेस्ट्रोन जस्ता हर्मोन बढि उत्पादन हुने लगायत अन्य कारणहरुले पनि डिस्मेनोरिया गराउन सक्छ । डिस्मेनारिया भएका धेरैलाई समान्य दुखाई कम गर्ने औषधिहरु (मेफटल, ब्रुसेट आदि) ले निको बनाउने हुन्छ । तर कसै–कसैलाई परिक्षण गरेर अन्य औषधिहरु तथा उपचार आवश्यक पर्न सक्छ ।
म २६ बर्षिया गृहणी हु । मेरो एउटा छोरा छ । मेरो महिनावारी नियमित भए तापनि रगतश्राव बढि हुन्छ जस्तो लाग्छ । महिनावरीको समयमा दैनिक ५–६ वटा प्याड फेर्नु पर्छ । रगत पनि ६–७ दिन जाने हुन्छ । मैले के गर्ने होला ?
उत्तर –महिनावारी भनेको नै रगतश्राव हुनु हो । समान्यतयाः यो २१ दिन देखि ३५ दिनको अन्तरमा ३ देखि ५ दिन सम्म हुन्छ । पहिलो दिन कम रगत गए पनि दोस्रो–तेस्रो दिन ८० मिलिग्राम सम्म रगत खेर जान सक्छ अर्थात ३–४ वटा प्याड फेर्नु पर्ने हुन सक्छ । तर सो अवधि भन्दा बढि दिन वा ८० मिलिग्राम भन्दा बढि रगत गएमा वा दुवै भएको अवस्थालाई मेनोरेजिया भनिन्छ । यस अवस्थमा शरिरको रगत धेरै खेर जाने भएकोले उपचार आवश्यक हुन्छ । तर मेनोरेजियाका कारणहरु धेरै भएकोले पत्ता लगाउन आवश्यक परिक्षणहरु गर्नुपर्ने हुन सक्छ । तर धेरैवटा अवस्थाहरुमा औषधिहरुको सेवनले नै यसलाई निको बनाउन सकिन्छ । कुनै कुनै अवस्था तथा औषधिले सम्भव नभएको खण्डमा पाठेघरको शल्यक्रिया पनि गर्नु पर्ने हुन सक्छ ।म १८ बर्षकी भए । मेरा सबै साथिहरुको महिनावारी महिना दिनमा नै हुन्छ तर मेरो जहिले डेढ देखि दुई महिनामा हुन्छ । मलाई नराम्रो रोग लागेको त होईन ? कसरी थाहा पाउने होला ।
उत्तर –समान्यतयाः महिनावारी २१ दिन देखि ३५ दिनको अन्तरमा ३ देखि ५ दिन सम्म हुन्छ । किसोर अवस्थामा तथा महिनावारी सुक्ने बेलामा महिनावारीमा अनियमितता तथा ढिलाई आउन सक्छ । यस बाहेक अण्डबाहिनी नली, अण्डासयको संक्रमण, थाईराइड तथा अन्य हर्मोनहरुको असन्तुलन, पोलिसिटिक ओभरियन सिन्ड्रम जस्ता रोगहरुले पनि महिनावारी नियमित हुने, ढिला हुने वा रोकिने हुन सक्छ । किसोर अवस्थामा महिनावारी ढिला भयो भने खासै आतिनु पर्दैन । तर समयमा नै परिक्षण गरेर अन्य रोग होईन भन्ने पक्का गरेको राम्रो हुन्छ ।
– म २१ बर्षकी भए । म अविबाहित मात्र होईन कुमारी नै छु । मेरो योनिमार्ग सा¥है चिलाउने गर्छ । कुनै कुनै बेला यसले निकै गा¥हो हुने गर्छ । अलिअलि सेतो पानी पनि बग्ने हुन्छ तर लाजको कारण कतै देखाएको छैन । मैले के गर्ने होला ?
–श्रेय
उत्तर – योनीमार्ग अत्यधिक चिलाउने तथा सेतो पानी बग्ने कारण यानीमार्गको संक्रमणले गर्दा हुन सक्छ । योनीमार्गको संक्रमण गराउने जीवाणुहरु धेरै हुने गर्छन तर धेरै चिलाउने कारण फन्जाईको संक्रमणले गर्दा हुन सक्छ । फन्जाई वा अन्य जीवाणुको संक्रमण पत्तालगाउन सेतो पानीको परिक्ष्ँण महत्वपुर्ण मानिन्छ । यानीमार्गमा फन्जाई संक्रमण भएको अवस्थामा कोट्रिमाजोल क्रिम तथा पेसरी लगाउनु पर्ने हुन सक्छ । चिकित्सकको सल्लाह बमोजिम खाने औषधिहरु पनि सेवन गर्नु पर्ने हुन सक्छ । यस्ता समस्याका लागि सरसफाईमा निकै ध्यान पु¥याउनु पर्छ र अण्डरगार्मेन्ट सफा र नरम प्रयोग गर्नु पर्ने हुन्छ ।
प्रस्तुती –डा. बालकृष्ण शाह
You can subscribe by e-mail to receive news updates and breaking stories.