किन महत्वपूर्ण छ मृगौला ?

Posted by Sura Health on |







सन्तुलित खाना, स्वस्थ जीवनशैली तथा नियमित जाँच गर्नाले मृर्गौलाको वचाव गर्न सकिन्छ विश्वभरको मृर्गौलासम्बन्धि प्रतिवेदन हेर्दा औषत् १० देखि १६ प्रतिशत मानिसमा क्रोनिक मृर्गौला रोग भएको पाइन्छ । मधुमेह तथा उच्च रक्तचापले मृर्गौलाको रोगमा थप बल पु¥याउँछ । हेर्नुहोस् त तलका जानकारीहरु १ हाम्रो सानो मृर्गौलाले दिनरात कसरी काम गर्छ र हामीलाई स्वस्थ राख्न कसरी मद्दत पु¥याउँछ । 

१. मानव शरीरमा दुईवटा मृर्गौला हुन्छन् । तिनीहरुको औषत लम्बाई करिब १२ सेन्टिमिटरको हुन्छ ।
२.  प्रत्येक दिन मृर्गौलाले १८० लिटर रगत छान्ने काम गर्छ । यही मृर्गौलाले रगत छान्न बन्द गरेमा डायलासिस भनिने महँगो उपचार गरी छान्नुपर्ने हुन्छ । 
३.  प्रत्येक दिन मृर्गौलाले ५० पटकसम्म रगत फिल्टर (छान्ने काम) गर्छ । 
४. मृर्गौलाले प्रतिमिनेट १ देखि १।२ लिटरसम्म रगत छान्ने काम गर्छ ।
५.  प्रत्येक मृर्गौलामा १० लाख क्रियात्मक अंग रहेका हुन्छन् जसलाई नेफ्रोन्स भनिन्छ । 
यसरी दिनरात काम गरी रगत सफा गर्ने, शरीरमा पानीको मात्रा सन्तुलित सन्तुलित राख्ने, लवणको मात्रा सन्तुलित गर्ने र अत्यावश्यक तत्वलाई शरीरमै बचाएर राख्ने एवं रक्तचापलाई कम गर्न मद्दत पु¥याउने यस्तो महत्वपूर्ण मृर्गौलालाई माया गरौं र यसलाई रोग लाग्न नदिने प्रयास गरौं ।                                              

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips