आयुवेर्दिक स्वास्थ्यवर्धक चियाहरु ःAyurvedic tea !!

Posted by Sura Health on |







                                                                                                                                                                                                                            १. हरिया चिया ः तुलसी, पुदिना, बेलपत्र, अलैँची, गुर्जो, पाखानभेद, सुनपाती फूल इत्यादि राखेर ताजा हरियो चिया बनाएर खानाले फाइदा हुन्छ ।

२. शक्तिबद्र्धक चिया ः यार्सागुम्बा, पाँचऔंले, कुरिलो, सोमलता, अश्वगन्धा, मुसली, बिलाईकन्द (बिरालेगानु), क्षिरकन्द (दुधेगानु), कुकुर तरुल, सिरु–जड, काश–जड, कुश–जड, पातालश्री इत्यादि तागत दिने खालका जडीबुटीहरु १–२ वटा मिसाउँदा पनि रामै्र हुन्छ । यस चियाले शरिरलाई बलियो र फुत्तिलो बनाउछ ।
३. रोगविरुद्ध र प्रतिरोधात्मक चिया ः
सर्व तीक्ता चुर्ण अथवा चिराइतो, कुट्की, निम, इन्द्रजौ, तीतेपाती, तुलसी, असुरो, हर्रो, निरमसी आदि मध्येबाट सबै या ५ चीज २५ ग्रामलाई १ लिटर पानीमा ५ मिनेट पकाएर आधा लिटर छ २५ ग्रामलाई १ लिटर पानीमा ५ मिनेट पकाएर आधा लिटर ७ दिन सम्म लगातार खानाले रोग प्रतिरोधात्मक शक्ती बढाउछ ।
४. वातनाशक चिया ः
पाखानभेद, तेजपात, रास्ना (गाईखुरे), गाईतिहारे, तुलसी, थिर्जो, अश्वगन्धा, परपरेटिमुर, अर्जुन, ब्रह्मकुश, भुइँचम्पा, मुसली, हर्रो, अदुवा पोलेको सुठोरस, लसुन, लसुनेसाग, जिम्बु, देवदार, शिवलता, शिकारी लहरा, गाँजा, सिलम, सहस्र जडी, पद्मचाल्नु, बलुजडी इत्यादिको चुर्ण बनाएर २ चम्चा दिनमा २–३ पटक चिया बनाएर पिउनाले सम्पुर्ण वात रोगमा लाभ गर्दछ ।
५. दर्दनाशक चिया ः
बेतलौरी जरा, वनकपास गाना, दारेगिठोको बोक्रा, सिन्कौली, अरणी जराको बोक्रा, ठुलो औषधी, रुख हड्चुर, काउलोको बोक्रा, मेदा काठ, खयर, बज्रबल्ली, पाषाणभेद, कमरी (चिलाउनेको रुखमा भएको), हिमाली खयर, मुसली, वर्षगाँठे, रथ, विरथ, नरसाग जरा, अर्पुजरा, जिभक बरको बोक्रा वा नयाँ जरा, वावियो (वनकसी) जरा इत्यादि दर्दनाश गर्ने खालका जडिवुटिहरुलाइ चुर्ण बनाएर १–२ चम्चा दिनमा २–३ पटक सेवन गर्नाले शरिरको सम्पुर्ण दुखाईमा लाभ गर्दछ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips