मधुमेह–प्रमेह–सुगर

Posted by Sura Health on |







  •  १० ग्राम महमा १२ रत्ती शुद्ध शिलाजित मिसाएर सेवन गरे प्रमेह निको हुन्छ ।
  •  बरको वोक्राको चुर्ण बनाएर मह वा मिश्रीमा मिलाई ५ ग्राम जति विहान–साझ खानेमा लाभ गर्दछ । 
  •  वरको बोक्रा अलि खस्रो कुटेर ४० ग्राम जति १५० ग्राम पानीमा पकाउने र ५० मिलीलिटर रहेपछि छानेर चिसो भएपछि खाने गरेमा मधुमेहम लाभ गर्दछ।
  •  तुलसीकोे गेडा ३ ग्राम जति १०० ग्राम पानीमा भिजाएर बेलुका राख्ने र अर्को दिन विहान बेसरी मिचेर त्यसमा १ ग्राम मेथीको धुलो मिसाएर लुगामा छानी पिउने गरेमा प्रमेह निको हुन्छ ।
  •  ३–१० ग्राम सम्म अवस्थानुसार तुलसीको मंजरी वा दाना, महमा मिसाएर पिउनाले प्रमेहमा लाभ गर्दछ ।
  •  १०० ग्राम कुभिण्डोको रसमा ८ ग्राम लाल केशर, ६ ग्राम साठिया चामलको ढुटो भिजाएर विहान–बेलुका खान दिएमा मधुमेह निको हुन्छ । केवल जौको रोटी मात्र खाएर बस्नुपर्छ ।
  •  कमलगट्टाको गुदि ५ ग्राम र १० ग्राम त्रिफला पकाएको काढासित खाने गरेमा प्रमेह अथवा धातु–सम्वन्धि रोगमा लाभ गर्दछ । 
  •  ३ ग्राम कोइरालोको बोक्राको चुर्ण दुवै छाक त्रिफलाको झोलसित खानाले लाभ गर्दछ ।
  •  ध्यूकुमारीको गुदि १–२ ग्राम र त्यति नै गुर्जोको रसमा मिलाएर २० दिन लगातार सेवन गरेमा निकै लाभ गर्दछ ।
  •  ३–४ ग्राम रातीगेडीको पातको रस गाईको दुधसित पिउने गरे प्रमेह रोग नष्ट हुन्छ ।
  •  बेलपत्रको रस १५–३० मिलीलिटर, एक चम्चा महसित दिनमा ३ पटक सेवन गरेमा लाभ गर्दछ ।
  •  ताजा गुर्जोको रस एक चम्चा र त्यति नै मह मिसाई दिनमा ३ पटक सेवन गर्ने ।
  • यष्टीमधु चुर्ण आधा चम्चा (३ ग्राम) मा एक चम्चा (५ ग्राम) मह मिलाएर सेवन गर्ने गरेमा लाभ गर्दछ ।
  •  जामुनोको वीजबाट गुुदि झिकी ४–६ ग्राम सम्मको मात्रामा दुई चम्चा महसित खाने ।
  •  शुद्ध शिलाजित १ ग्राम गाईको दुध सित २ पटक दिनमा सेवन गरेमा अत्यन्त लाभदायक हुन्छ । 
  •  १० ग्राम महमा १२ रति शुद्धशिलाजित मिसाएर सेवन गरे प्रमेह निको हुन्छ ।
  • दुई–दुई चम्चा करेला र अमलाको रसको मिश्रणलाई दैनिक पिउने ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips