किशोरावस्थामा गर्भवती हुनेको संख्या बढ्दो !!

Posted by Sura Health on |







                                                                                                                कैलाली कञ्चनपुर लगायत सुदूरपश्चिमका महिलाहरु किशोरावस्थामा गर्भवती हुनेको संख्यामा वृद्धि हुूदै गएको छ । सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्याङकमा उक्त कुरा उल्लेख गरेको छ ।

आधुनिक सञ्चारका माध्यमहरु फिल्म, टेलिसिरियल, मोवाईल, फेसबुक, ईन्टरनेट र अश्लिल पत्रिकाको बढ्दो प्रभावले असमयमै हुने असुरक्षित यौन सम्पर्कका कारण किशोरावस्थामा गर्भवती हुनेहरुको संख्या बृद्धिहुदै गएको जनाईएको छ ।
गोप्य र सुरक्षित रहने भन्दै गर्भवती भएकामध्ये अधिकांशले भारतमा तथा नेपालका निजि क्लिनिकहरुमा अबैध रुपमा गर्भपतन गराउने गरेको स्वयं स्वास्थ्यकर्मीहरु बताउछन् । १२ वर्षदेखि १५ वर्षसम्मका बालिकाहरु समेत गर्भवती भएको पाईएको छ, एक स्वास्थ्यकर्मीले भन्नुभयो– ‘कतिपय गर्भावस्थाका बारेमा जानकारी नभएकै बालिकाहरुमा समेत गर्भ रहेको पाईएको छ ।’

स्वास्थ्यकर्मीका अनुसार कैलाली लगायत यहाँका अधिकांश जिल्लामा पनि यस्ता घट्ना लिएर दिनहु स्वास्थ्य संस्थाहरुमा आउने गरेको बताउनुभयो । उहाँको भनाई छ– ‘स्कूल, कलेजमा पढिरहेका बालिकाहरु र किशोरीहरुमा समेत यो समस्या देखिएको छ ।’

    एक महिनाअघि एक १४ वर्षिया बालिकालाई २२ वर्षिय एक युवकले फकाएर लगे, तर बालिका अहिले अलपत्र छिन् । उनलाई न परिवारले राख्न मानेको छ न त भगाउने युवक नै सम्पर्कमा छन् । प्रहरीले ती बालिकालाई एक संस्थाको जिम्मा लगाएको छ । यस्तै, धनगढीस्थित सेती अञ्चल अस्पतालमा केही दिनअघि एक वालिकाले बच्चा जन्माइन । पढ्दा पढ्दै एक युवकसंग भागेकी ती किशोरलाई केही समयपछि ती युवकले छाडेर अर्कै केटी भगाएर बेपत्ता भए । 

जिल्ला प्रहरी कार्यालय कैलालीमा अहिले दिनहुजसो बाल बिबाहका घट्नाहरु आउने गरेका छन् । अधिकांश भागी विवाह, अनमेल तथा अन्तरजातीय बिबाह हुने गरेका बैबाहिक सम्बन्ध टुट्ने गरेको प्रहरीको भनाई छ ।

    यो सबै फिल्म, टेलिसिरियल, मोवाईल, फेसबुक, ईन्टरनेट र अश्लिल पत्रिकाको बढ्दो प्रभाव हो, मनोचिकित्सक डाक्टर गोरख पौडेलको भन्नुहुन्छ– ‘यसले सबैभन्दा किशोर किशोरीको पुस्तालाई प्रभावित गरेको छ । हरेक अभिभावकले आफ्ना सन्तान के गर्दैछन । उनीहरुको संगत कोसंग छ ? नियमित अनुगमन गर्न निकै आवश्यक भईसकेको छ ।’

    असमयमै रहने गर्भले मातृ मृत्युदर बढाउछ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार २० वर्ष उमेर नपुग्दै बच्चा जन्माएमा मातृ मृत्युदर ६० प्रतिशत भन्दा बढी हुने सम्भावना रहन्छ । तर, स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार नेपालमा १५ देखि १९ वर्षसम्मका १७ प्रतिशत महिला किशोरावस्थामा गर्भवती हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक जयवहादुर कार्कीले बताउनुभयो  । 

                   

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips