स्वास्थ्यमा टमाटरको महत्व !!

Posted by Sura Health on |







                                                                                       टमाटर खानुलाई स्वास्थ्यका दृष्टिले महत्वपूर्ण मानिन्छ । किनभने लाइकोपेन, पोटासियम र फाइबरको राम्रो हो टमाटर । स्टार्च नहुने र क्यालोरी पनि थोरै भएकाले टमाटरलाई स्वास्थ्यवर्धक खाद्य वस्तुमा राखिएको छ ।

टमाटरको महत्वः
    प्रचूर मात्रामा लाइकोपेन हुने भएकाले टमाटरलाई क्यान्सर विरोधी मानिएको छ । फाइटोन्युट्रियन्ट लाइकोपेनले मुटुलाई राम्रो गर्नुका साथै मस्तिष्कघातको खतरा पनि घटाउँछ । ट्रिग्लेसेराइड, खराब कोलेस्टेरोल एलडिएल कम गर्नमा टमाटरको महत्व छ ।
    कैयौँ अनुसन्धानले टमाटरमा पाइने लाइकोपेनले क्यान्सरबाट जोगिन मद्धत गर्ने जनाएका छन् । ठूलो आन्द्राको क्यान्सर, स्तन क्यान्सर र प्रोस्टेट क्यान्सरमा टमाटर उपयोगी हुन्छ । 
    टमाटरमा रोग विरुद्ध लड्न सहयोग गर्ने अन्य पोषक तत्व पनि हुन्छन् । टमाटरमा पाइने जिआसेन्थिन, बिटाक्यारोटिन र ल्युटिन लगायत दृष्टि सबल बनाउने तत्व हुन् । 
    हालैका केही अनुसन्धानले टमाटर खाने मानिसको शरीरमा जैविक परिवर्तन आउने  र यसबाट मधुमेह रोगीलाई फाइदा पुग्ने जनाएका छन् ।
    पर्याप्त मात्रामा भिटामिन सी हुने भएकाले टमाटर खाएमा प्रतिरक्षा प्रणाली बलियो बन्छ । टमाटरमा हुने एक प्रकारको अमिनो एसिड कार्निटाइनले बोसो दहन गर्ने शरीरको क्षमता बढाउँछ ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips