तात्तातो चियाले क्यान्सर !!
Posted by Sura Health on |
बि्रटिस मेडिकल जर्नलमा प्रकाशित यो अध्ययनका करिब ५० हजार व्यक्तिको चिया खाने बानी सर्वेक्षण गरिएको थियो । तिनले खाने चियाको तापमान जाँचिएको थियो । त्यो अध्ययनपछि अनुसन्धाताहरू कुन निष्कर्षमा पुगे भने— बढी तातो चिया खाँदा अन्न नली (फुड पाइप) वा घाँटीको क्यान्सर हुने सम्भावना आठ गुणासम्म बढी हुन्छ ।
इरानका बासिन्दाहरू चिया निकै बढी खाने गर्छन् । तर त्यहाँ पछिल्लो समयमा त्यस्ता व्यक्तिहरूमा पनि इसोफेगल क्यान्सरको समस्या पाइयो, जसलाई चुरोटबिँडी वा कुनै पनि रूपको तमाखुको अम्मल थिएन । तिनको घाँटीको तन्तुमा समस्या उत्पन्न भइसकेको थियो र त्यसको कारण थियो— तात्तातो चिया खाने बानी । चिया चुलोबाट निकालेको दुई मिनेटभित्र खाने व्यक्तिलाई क्यान्सरको जोखिम ती व्यक्तिको दाँजोमा पाँच गुणा बढी हुन्छ, जो चार वा पाँच मिनेटपछि यस्तो चिया खाने गर्छन् ।
समचार; कान्तिपुर बाट सम्भार गरीयको हो !
You can subscribe by e-mail to receive news updates and breaking stories.