घुराइ !

Posted by Sura Health on |







Sleep Apnea                                                                                  घुराई अथवा ‘स्लिप एप्नीया’ सम्बन्धी थाहा पाउनुअघि निदाउनु वा सुत्नुबारे बुझन जरुरी छ । निदाउनु वा सुत्नु भनेको शारिरीक र मानसिक रुपले केही घण्टाका लागि पूर्णरुपले आराम पाउनु हो । त्यसैले निदाँउदा रक्तचाप, शरिरको तापक्रम, शारीरिक क्रियाहरू घटेर शरिरलाई पूर्णआराम राख्न मद्दत पु¥याउँछ । अर्काेतर्फ मष्तिस्क, मुटु र स्वासप्रश्वास प्रक्रिया भने सक्रिय नै रहन्छन । घुराई र स्लिप एप्नीयाले गर्दा शरिरले पाउनुपर्ने पूर्णआराममा बाधा पुग्छ र निदाउनु जस्तो महत्वपूर्ण कार्य राम्रोसित सफल हुन पाउँदैन । निदाउँदाखेरि जिब्रो र यसका मांसपेशीले श्वासनलिमा बाधा पु¥याइ आवाज निक्लनुलाई घुराई भनिन्छ ।


निदाउँदाखेरि घुर्नेक्रममा जिब्रो र यसका मांशपेशीले श्वासनली बाधा पु¥याइ १० देखि ४० सेकेण्ड सम्म निरन्तर श्वासप्रश्वास पूर्णबन्द हुनुलाई स्लिप एप्नीया भनिन्छ । निदाउँदा पनि शरिरमा अक्सिजन कमि हुन नदिन श्वासप्रश्वासमा अप्ठ्यारोपन हुनुहुदैन । तर स्लिीप एप्नीयाले अक्सिजनको मात्रामा घटाउँछ । यसले पूर्ण आरामका लागि रक्तचाप घट्नुको सट्टा झन् बढ्छ र मुटुको काम दोब्बर बनाउँछ । हरेक श्वास कठिनाईका साथ लिनुपर्ने हुदाँ र घुर्दाखेरि टाउकोदेखि छातीसम्म कम्पन पैदा गर्छ । यसले रगतका नसा सुन्नाउने र यसको पर्खालमा कोलेस्ट्रोललगायतका अन्य पदार्थ जम्मा गराउने तथा रगत वहावमा कमि ल्याउने गर्छ । घुराइले शरिरका महत्वपूर्ण अंगहरूमा घात पुराई विभिन्न रोग निम्त्याउनसक्छ । यसले परिवारको निद्रासमेत बिगार्छ ।

समस्या

आलस्यपन बढनु्
बिहान उठ्दा थकित महशुस गर्नु
काम गर्ने क्षमता घट्नु
कुनै कुरामा ध्यान दिन नसक्नु
छिटै रिसाउनु
चाडै चिड्चिडीनु
कामुकता घट्नु
दाम्पत्य जीवनमा कठिनाई आउनु
डरलाग्दा सपना देख्नु
रक्तचाप बढ्नु
मधुमेह हुनु
रगतको बहावमा कमि आउनु
वायुनलि थुन्निनु
औषधीले राम्रोसित काम नगर्नु
राम्रोसित व्यायाम वा कसरत गर्न नसक्नु
श्वास फेर्न बाधा पुगी निन्द्रामै ज्यान जानु हृदयघात
पक्षघात
फोक्सोको रक्त नसामा बहाव रोकिन जानु
दुर्घटनामा पर्नु
यी समस्या देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिई उपचार गराउनुपर्छ । उपचारकोलागी विभिन्न उपाय छन् । जस्तैः
C-PAP / Bi – PAP
यो मेसिनरी मास्क राती निदाउदा नाकमा लगाएर सुत्नुपर्छ । यो लगाउँदा मेसिनबाट निक्लेको हावा नाकबाट गई श्वासनलीलाई खुल्ला राख्छ ।

शल्यक्रिया

घाँटी र श्वासनलीका मांसपेशी शल्यक्रिया गरि हटाईन्छ ।

पिलर

घाँटीका मांशपेशीमा ३ वटा इम्प्लान्ट राखिन्छ ।

मुख सामाग्री

यो दन्त चिकित्सकले बनाउँछन् । यो सामाग्री बक्सिङलगायतका खेलाडीले लगाउने जस्तै हुन्छ ।

डा. पराक्रम पराजुली
दन्त चिकित्सक
ब्लुबर्ड ईन्टरनेशनल क्लिनीक, त्रिपुरेश्वर

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips