महिनावारी हुँदा महिलाको तल्लो पेट के कारणले दुख्छ ? जानी राखौ !
Posted by Sura Health on |
डा.सुबोध कुमार पोखरेल:
पाठेघरको मुखलाई सर्भिक्स भनिन्छ। शिशु जन्माउने क्रममा सर्भिक्सका कुनाहरू च्यातिन सक्छन् जसलाई सर्भिकल टियर भनिन्छ। यसबाट शिशु जन्माउने महिलाको योनिबाट बढी रक्तस्राव हुनसक्छ। त्यसैले यसलाई सिलाइएन भने कतिपय अवस्थामा मृत्यु हुनसक्छ। यस्तो सिलाइबाट साधारणतया लामो समयसम्म पेट दुख्ने अवस्था सिर्जना हुँदैन। कुनै पनि महिलाको तल्लो पेट दुख्नुका कारण निम्न हुन सक्छन् ः पिसाबको संक्रमण, पाठेघर तथा त्यसको वरिपरि हुने संक्रमण, क्रोनस डिजिज, एपेन्डिसाइटिस, इन्टससेप्सन आदि आन्द्रामा हुने समस्या, आन्द्रामा हुने बाधा-अवरोध, प्यांक्रियाज ग्ल्यान्डको संक्रमण आदि। तसर्थ एकपटक स्वास्थ्यकर्मीसँग सल्लाह लिनु उचित हुन्छ।
You can subscribe by e-mail to receive news updates and breaking stories.