कुनै पुरुषलाई यौन संपर्क राख्दा हिल जुत्ता लगाएको मन पर्छ किन..?
Posted by Sura Health on |
करूणा कुँवर, मनोविद्
म ३३ वर्षीय विवाहित पुरुष हुँ। मेरी पाँचवर्षीया छोरी छिन्। यौनसम्पर्क गर्दा मलाई महिलाले हिल जुत्ता लगाएको मनपर्छ। यसमा म आनन्दित महसुस गर्छु। श्रीमतीले हिल जुत्ता लगाएको देख्दा यौन उत्तेजना बढेको महसुस हुन्छ र श्रीमतीलाई यौनसम्पर्कको समयमा हिल जुत्ता लगाउन कर गर्छु। उनी मेरो आग्रहलाई नकारात्मक रूपमा लिन्छिन्। उनी यस्तो व्यवहार कायम रहने हो भने डिभोर्स दिन्छु भनेर धम्क्याउँछिन्। उनको विचारमा यो मनोवैज्ञानिक समस्या हो। मलाई भने यो समस्या हो भन्ने लाग्दैन, बरु रोमान्टिक विचारजस्तो लाग्छ। यो कस्तो समस्या हो ? तपाईंको प्रश्न रमाइलो र केही आश्चर्यजनक पनि छ। तपाईंजस्तै अन्य पुरुषमा यस्तो समस्या हुन सक्छ कि सक्दैन भनेर मैले केही पुस्तक एवं इन्टरनेटको माध्यमबाट विश्वमा भएका अध्ययनहरूको खोजी गरेकी थिएँ। रमाइलो कुरा के भने उक्त सूचीमा मैले तपाईंको जस्तै समस्या भएका केही युवा फेला पारें। यस्ता समस्यामा केही अनुसन्धान पनि भएका रहेछन्।
यो दुर्लभ समस्या तपाईंमा मात्र देखिएको होइन। लोग्नेमानिसहरू महिलाका विभिन्न साधनबाट आकषिर्त हुन सक्छन्। पुरुषहरू महिलाका कस्ता कुराबाट आकषिर्त हुन्छन् भन्ने कुरा बेला-बेलामा अध्ययन भैरहेको हुन्छ। त्यस क्रममा हिल जुत्ता लगाएकी महिलासँगको आकर्षणकोे विषयलाई लिएर पनि विभिन्न अनुसन्धान भएका रहेछन्। यस्तो व्यवहारलाई अंगे्रजीमा 'पोडोफिला' भनिन्छ। ती अध्ययनले देखाएअनुसार मानिसहरू जुत्तामा मात्र होइन, अन्य कुरामा पनि आकषिर्त हुने तथ्य पत्ता लागेको छ। जुत्ता अनि खुट्टामा हुने आकर्षणलाई आधार मानेर यस्तो व्यवाहार गर्ने व्यक्तिलाई 'फेटिस' भनिन्छ। हालै ४ सय व्यक्तिसँग यसै विषयलाई लिएर अनलाइन अनुसन्धान गरिएको थियो। उक्त अनुसन्धान महिलाको जुत्तासँग मात्र सम्बन्धित थिएन, मानिसहरू अन्य कुन वस्तुप्रति आकषिर्त हुन्छन् भन्ने विषयमा थियो। ४ सय व्यक्तिमध्ये आधाले उनीहरू खुटट्ा र पैतालाबाट आकषिर्त भएको बताए। १० जनामध्ये १ जनाले शरीरको तरलपदार्थ जस्तै पिसाब, रजस्वलाको रगत वा स्तनबाट आउने दूधसँग भएको बताएका थिए। १० जनामध्ये १ जनाले शरीरको बनावटले आफूलाई प्रभावित पार्ने प्रतिक्रिया दिएका थिए। कतिपयले यस्तो आकर्षण केश, पेट तथा दाँतमा भएको बताए। एकतिहाइ व्यक्तिले उनीहरू जुत्ता वा बुटबाट आकषिर्त हुने प्रतिक्रिया दिएका थिए। अर्को एकतिहाइले स्कर्ट वा मोजाले पनि आफूहरूलाई आकषिर्त गर्ने विचार व्यक्त गरे। १ प्रतिशतले घडी तथा केशमा लगाइने क्लिप आदिले आकषिर्त गर्ने प्रतिक्रिया दिएका थिए। बाँकीले भित्री वस्त्रले आफूलाई आकषिर्त गर्ने बताए।
चर्चित मनोदार्शनिक सिग्मण्ड फ्रायडले यस्तो व्यवहार लामो समयदेखिको डरका कारण ल्याएको हुन सक्ने बताएका छन्। पुराना मनोविद्हरूले यस्ता कुरा बाल्यावस्थामा आघातजन्य घटना भएका कारण आउन सक्ने बताएका छन्। कतिपय मनोविद्ले यस्तो व्यवहारलाई सामान्य भनेका छन्। कुनै पनि वस्तुको प्रयोग अनि उक्त वस्तुलाई हेरेर यौन उत्तेजना हुनु स्वभाविक भए पनि यदि यस्तो व्यवहारले आप्fm्नो पार्टनरलाई दबाब महसुस हुन्छ, हिंसा हुन्छ भने त्योचाहिँ स्वाभाविक होइन।
यदि तपाईंको यो व्यवहारले तपाईंकी श्रीमतीलाई अप्ठ्यारो भैरहेको छ भने यस विषयमा उहाँलाई पनि यथार्थ बुझाउन आवश्यक हुन्छ। तपाईंमा देखिएको यो व्यवहार समस्या हो कि होइन भन्ने कुरा उहाँले पनि प्रस्टसँग बुझ्न आवश्यक छ। हाल देखिएको तपाईंहरूबीचको यौनइच्छामा मात्र भिन्नतामा सीमित नरही समाजिक समस्या देखिन्छ भने त्यसले आफैंलाई हानि हुन थाल्छ। यदि यही समस्याका कारण तपाईंकी श्रीमतीले तपाईंलाई छाड्नेसम्मको धम्की दिनुहुन्छ भने पक्कै पनि यो समस्या हो।
यसबाट बच्न विभिन्न किसिमको उपचार अपनाउन सकिन्छ। मनोविद्को सहयोगमा साइकोथेरापी, कगनेटिभ बिहेविएर थेरापीले मद्दत गर्न सक्छ, जसमा विगतमा भएको भावनात्मक समस्यामा भन्दा पनि हाल देखिएको समस्यामा केन्दि्रत रहेर उपचार गरिन्छ। यसमा औषधी-उपचार पनि गराउन सकिन्छ जसका लागि मनोचिकित्सकसँग सम्पर्क गर्न सकिन्छ। यदि तपाईं आफैंले आफ्नो पार्टनरलाई बुझाउन गार्हो हुन्छ भने मनोविद्को सहयोग लिन सक्नुहुन्छ, जसका कारण खुलस्त रूपमा एक-अर्काप्रति प्रस्ट हुन मद्दत मिल्छ।
You can subscribe by e-mail to receive news updates and breaking stories.