निराशाबाट बच्ने २० उपाय !!

Posted by Sura Health on |







निराशाबाट बच्ने २० उपायहरु बुदागत रुपमा निम्न छन्:


१. असफलता हात लागेपछि निराश हुनुको सट्टा त्यसबाट खुशी हुन् सिक्नुपर्छ जसले गर्दा आउने समय राम्रो होस्।


२. निराशाले चारैतिरबाट घेरा हालेका बेला आफ्नो सफलता र उपलब्धिको सम्झना गर्नुपर्छ। आफ्नो असफलताका बारेमा सोचेर बस्नुहुँदैन। अब केही पनि गर्न सकिँदैन भन्नुको साटो असफलतालाई खुसीसाथ स्वीकार गर्नुपर्छ। त्यसपछि एउटा नयाँ र राम्रो सुरुवातले तपाईंको बाटो पर्खिरहेको छ।


३. नकारात्मक विचारधारा भएका मानिसहरूबाट पनि केही सिक्न सकिन्छ, जसरी रातपछि दिन आउँछ ठीक त्यस्तै असफलतापछि सफलता मिल्छ।


४. कसैले आफ्नो आलोचना गर्छ भने त्यसमा पटक्कै ध्यान दिनुहुँदैन। बरु त्यो व्यक्तिका बारेमा सोच्नुपर्छ जसले आफूप्रति विश्वास गर्छ।


५. आलोचनाको सामना गर्नुपर्दा चुप लागेर बस्नुपर्छ आफूलाई राम्रो र सफल बनाएर आलोचकको मुख बन्द गर्न सकिन्छ।


६. बिहान उठेर पूर्णरूपमा काममा लाग्नुभन्दा पहिले मर्निङ वाक गनुपर्छ। मनमनै ती सबैलाई धन्यवाद दिनुपर्छ जसका कारण आफूले सफलता प्राप्त गरिएको छ। बिहानको घुमफिरले मनमस्तिष्क स्वस्थ र ताजा हुन्छ अनि एउटा तन्दुरुस्त मस्तिष्कका साथ सफलतातर्फ अग्रसर हुन सकिन्छ।


७. जब आफूलाई डरको आभास हुन्छ तब आफूप्रति विश्वास राख्नुपर्छ र आफ्नो विश्वासलाई आफ्नो डरभन्दा ठूलो बनाउनुपर्छ, जसले गर्दा विश्वास डरमाथि हावी होस्।


८. असफलताबाट अत्तालिनुको साटो त्यसबाट पाठ सिक्नुपर्छ, आफ्नो अहिलेसम्मको सफलतामा गर्व महसुस गर्नुपर्छ जसले गर्दा आफूभित्र उत्साह र जोशको सञ्चार भैरहोस्।


९. जुनसुकै काममा हात हाल्दा त्यसमा आफ्नो सफलतालाई नै लक्ष्य मान्नुपर्छ। सफलताका लागि कसैसँग कुनै प्रकारको सम्झौता गर्नुहुँदैन।


१०. भूत र भविष्यको चिन्ता छोडेर आफ्नो वर्तमानमा पूरै ध्यान केन्दि्रत गर्नुपर्छ, किनभने न त कसैले आफ्नो विगतलाई बदल्न सक्छ, न आउने समयलाई नै रोक्न सक्छ। वर्तमानका बारेमा सोच्नुपर्छ जसमा आफू बाँचिएको छ, किनभने यो समयमा जित हासिल गर्न सकिन्छ।


११. गुनासो गर्नुको साटो समस्याको समाधान खोज्ने प्रयास गर्नुपर्छ। यसले समस्याको स्थायी समाधान फेला पार्न सकिन्छ।


१२. जब आफ्नो सफलता प्रतिसन्देहको स्थिति उत्पन्न हुन्छ तब आफ्नो मनमस्तिष्कमा आउने नकारात्मक विचारलाई उखालेर फ्याँक्नुपर्छ र सकारात्मक


विचार भर्नुपर्छ।


१३. जब आफूलाई लाग्न थाल्छ कि सबै कुरा असम्भव हुँदै गएको छ भने के सोच्नुपर्छ भने लगन र निष्ठाका बलमा सबैथोक सम्भव छ, त्यसैले यसलाई सधैं कायम राख्नुपर्छ।


१४. लक्ष्यबाट बिमुख हुने स्थितिमा आफ्नो मुटुको गतिमाथि ध्यान केन्दि्रत गर्नुपर्छ। आफ्नो वरिपरिको वातावरणको अवलोकन गर्नुपर्छ। आफ्नो दृष्टिकोणलाई स्पष्ट पार्दै त्यो सकारात्मक दिशातर्फ पाइला चाल्नुपर्छ, जुन आफूले आफ्ना लागि बनाइएको छ। ध्यान केन्दि्रत गर्नाले लक्ष्य मात्र देखापर्छ।


१५. एक्लोपन महसुस भैरहेको छ भने ती सबै व्यक्तिलाई याद गर्नुपर्छ जो यहाँसम्म आफ्नो साथ हिँड्यो र जसले अहिले पनि आफूलाई माया, स्नेह र सहयोग दिइरहेको छ। यसले एक्लोपन महसुस हुँदैन।


१६. जब लाग्छ कि आफ्नो लक्ष्यबाट विमुख हुन थालिएको छ वा फेरि जीवनमा लगातार हारको सामना गर्नुपरिरहेको छ भने आफ्नो मागर् दर्शन आफैँ गर्नुपर्छ।


१७. थाकेको वा हारेको महसुस हुन्छ भने मनमनै के सोच्नुपर्छ भने म कहिल्यै हिम्मत हार्दिनँ। बिना कुनै डर, हिचकिचाहट हिम्मतका साथ ती सबै काम गर्नुपर्छ जुन आफूले गर्न चाहिएको छ।


१८. यो काम गर्न सक्दिनँ भन्ने महसुस हुँदा त्यो सकारात्मक शक्तिको सहयोग लिनुपर्छ जसको सहयोग अहिलेसम्म लिँदै आइएको छ।


१९. जब परिस्थिति नियन्त्रणबाहिर गैरहेको छ र आफ्नो बसमा केही पनि छैन भने मात्र त्यसलाई नियन्त्रण गर्नुपर्छ, जुन गर्न सकिन्छ र त्यसलाई छाडिदिनुपर्छ जुन आफ्नो नियन्त्रणबाट बाहिर गैसकेको छ।


२०. कुनै कामलाई लिएर जब अधिक दबाबमा परिएको छ, लक्ष्य मात्र केही दूरीमा छ र प्रत्येकको आँखा आफूंमाथि छ भने नहडबडाइ बिना कुनै मानसिक दबाब आफ्नो काम गम्भीरताका साथ सम्पन्न गर्नु पर्छ |

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips