रेष्टुरेन्ट, होटल, सूर्ती पसल र अस्पताल एउटै भवनमा (फोटो फिचरसहित)

Posted by Sura Health on |








anamol6


डान्स बार, होटल, सूर्ती पसल र अस्पताल एउटै भवनमा छ भनेर सुन्दा पनि अचम्म लाग्न सक्छ । तर यो यथार्थ हो । धुम्वाराही चोकको एउटा भवनमा अनमोल अस्पताल एण्ड रिसर्च सेन्टर, एसएमएस रेष्टुरेण्ट बार म्युजिक, भिवोर होटल र सूर्ती पसल  रहेका छन् । अस्पतालले सञ्चालन स्विकृती समेत लिएको छैन । यसरी अस्पताल सञ्चालन गर्नु अपराध सरह भएको स्वास्थ्य मन्त्रालयका एक बरीष्ठ अधिकारीले बताएका छन् ।


निजी तथा गैरसरकारी स्वास्थ्य संस्था स्थापना, सञ्चालन नीति, मापदण्ड एवं पूर्वाधार निर्देशिका २०६१ अनुसार अस्पताल सञ्चालनका लागि छुट्टै भवन हुनुपर्ने स्पष्ट व्यवस्था छ । तर अनमोल अस्पताल सो निर्देशिका विपरीत सञ्चालित छ । स्वास्थ्य मन्त्रालयका अनुगमन महाशाखा प्रमुख रामचन्द्र खनालले रोग संक्रमणको उच्च जोखिम रहने भएकाले यस्तो अस्पताललाई सञ्चालन अनुमती नदिने प्रष्ट पारेका छन् । राजधानिको बुढानिलकण्ठमा सञ्चालन स्विकृति लिएको सो अस्पतालले नियमअनुसार स्थान परिवर्तनको स्विकृति समेत नलिएको अनुगमन महाशाखा प्रमुख खनालको भनाई छ ।


नियमअनुसार अस्पताल भवन सञ्चलन गर्नुपुर्व पूर्वधार निर्माणका लागि वातावरण संरक्षण ऐन २०५३ तथा नियमावली बमोजिम प्रारम्भिक वातावरणीय परीक्षण (इआइई) गर्नुपर्ने हुन्छ । तर अस्पतालले सो प्रवाधानलाई समेत पुर्णरुपमा वेवास्ता गरेको छ । अस्पतालले इआइई पास नहुने देखेपछि मन्त्रालयको प्रक्रियालाई पनि बेवास्ता गर्दै आएको मन्त्रालय स्रोतको भनाई छ । अस्पतालका निर्देशक अबुल हसन अन्सारीले संग यस विषयमा जानकारी लिन उनी संग सम्पर्कमा हुन सकेन ।



                 

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips