यौन जीवनमा आहारा !!
Posted by Sura Health on |
त्यसैले यौन स्वास्थ्यका जानकार यौन समस्यालाई शरीर को समग्र स्वास्थ्यसँग जोडेर हेर्नुपर्ने तर्क राख्छन् । औषधिले तत्काल उत्पन्न यौन समस्याको लक्षणको उपचार भए पनि त्यसको उद्गममा भूमिका खेल्ने शरीर का अन्य समस्याको सम्बोधन हुँदैन । पोषणको अभाव र भावनात्मक समस्या ज्यूँका त्यूँ र हेर पुनः व्यक्ति निराश हुने सम्भावना रहन्छ । तथापि अचेल यौन समस्याको अवस्थामा व्यक्तिलाई परामर्श दिने तथा आहार विहार सम्बन्धमा सुझाव दिने प्रचलन बढ्दै गएको छ । यी सब यौन स्वास्थ्य शिक्षामा पर्छन् ।
कतिपय अवस्थामा रोगीले आपैm परिवर्तनको बाधक बनेर समस्या बल्झाउँछन् । उनीहरू यौन स्वास्थ्य सुधार्न आवश्यक व्यायाम र आहारामा हेरफेरमा ध्यान दिँदैनन् । समस्याको मूल जरोमा उनीहरूले प्रायः विश्वास पनि गर्दैनन् र तत्कालको लक्षण उपचार गराउनु वेश ठान्छन् । स्वस्थता प्राप्त गर्ने प्रयासमा बेस्सरी पोषिला वस्तु खाने पनि गर्नु हुँदैन । शरीर लाई कतिको आवश्यक छ र कति मात्रामा पोषण उपयोग हुन सक्ने हो भन्ने जानकारी राख्नु पर्छ । शरीर को स्वास्थ्यलाई हुने गरी पोषण खानु प¥यो र त्यसबाट यौन स्वास्थ्यलाई पनि हीत हुनु प¥यो । यसका लागि दैनिक आपूmले उपभोग गर्ने आहाराको विचार गर्नुपर्छ । त्यसमा हुने भिटामिन, खनिज र अन्य पोषक तत्वको आङ्कलन गर्नुपर्छ । अनुभवकोआधार मा आहारा निर्धारण गर्न सकिन्छ । कुन खाद्य वस्तु कति मात्रामा खाँदा फाइदा महसुस भएको हुन्छ, विचार गर्नुपर्छ ।
र गतमा भिटामिन, फाइबर , खनिज तत्व, अमिनो एसिड लगायतका पोषणको मात्रा जाँच गराएर आफ्नो अवस्था जान्न सकिन्छ । मधुमेह, उच्च र क्तचाप, डिप्रेसन, खराब रक्तप्रवाह, मुटुको समस्या, थायराइडको समस्या आदिले यौन स्वास्थ्यमा सोझै प्रभाव पर्दछ । एजेन्सी

You can subscribe by e-mail to receive news updates and breaking stories.