You are here: Home /
Health News / मानिसको रौँ उमार्नमा सफलता !!
पहिलो पटक वैज्ञानिकहरुकोएक टोलीलेदाताको रौँकोजराबाट लिइएको डर्मल पापिल्लाईकोषहरुबाट सफलता साथ मानिसको रौँ उमारेका छन् ।
अमेरिकाको कोलम्बिया युनिवर्सिटी मेडिकल सेन्टर र वेलायतको डर्हम विश्वविद्यालयका वैज्ञानिकहरुको टोलीले आप्mनो प्रविधिबाट मानिसको नयाँ रौँ उमार्नमा सफलता पाएको जानकारी दिएको छ । अहिले चलनचल्तीमा रहेको प्रविधिमा टाउकोको एक भागबाट लिइएको रौँ अर्को भागमा रोप्ने गरिन्छ ।
प्रोसेडिङ्स अफ दि नेसनल एकेडेमी अफ साइन्सेसको अनलाइन संस्करणमा दिइएको यस अनुसन्धानको विवरणमा नयाँ प्रविधिलाई मुसामा प्रयोग गरिएको उल्लेख छ । मानिसको छालाको रौँ लिएरवैज्ञानिक टोलीले मुसामा प्रत्यारोपण गरेको थियो ।
नयाँ विधिबाट रौँका कोष बढाएर रौँ बृद्धि गर्न सकिन्छ । यसमा थोरै रौँका कोष आवश्यक पर्छ र तिनीहरुलाई प्रयोगशालामा कल्चर गरी बहुसँख्यक कोषलाई टाउकोमा प्रत्यारोपण गर्नमिल्छ ।
रौँका जराको क्लोन बनाउन सकिने सम्भावना एक दशक पहिलेनै वैज्ञानिकहरुले व्यक्त गरेका थिए ।रौँका जरा भित्र हुने डर्मल पापिल्लाईकोषहरुबाट नयाँ जरा उत्पादन गर्न सकिने तथ्य वैज्ञानिकहरुलाई पहिले नै थाहा थियो ।
नयाँ प्रविधिमा वैज्ञानिकहरुले डर्मल पापिल्लाईको क्लोनिङ टिस्यु कल्चर पश्चात मानिसको नयाँ रौँ विकास गरेका थिए ।अनुसन्धान टोलीलेसात जना मानिसबाट डर्मल पापिल्लाई लिएरग्रोथ प्mयाक्टर विना त्यसलाई टिस्यु कल्चरमा क्लोन गरेको थियो । केही दिनपछि अनुसन्धान टोलीलेक्लोन गरिएका डर्मल पापिल्लाईलाई मुसामा रोपेर मानव रौँ उमार्नमा सफलता पायो ।
६ हप्तामा नै मुसामा रौँ उम्रिएको थियो र ती रौँको जेनेटिक परीक्षण गर्दावैज्ञानिकले रौँको जरामा दाता मानिसको वंशाणु गुण पाए ।
यस प्रविधिबाट मानिसको रौँ उमार्नमा सफलता पाएपनि मानिसमा यसलाई परीक्षण गर्न थप अनुसन्धान आवश्यक छ ।जस्तो कि रौँ को रंग, स्वरुप, स्थान, बनावट आदि निर्धारण गर्न अनुसन्धान गर्नु पर्नेछ । एजेन्सी