भिटामिन डी को कमीमा बच्चालाई रक्तअल्पता !!

Posted by Sura Health on |







                                                                                          जोन होपकिन्स चिल्ड्रेन्स सेन्टरमा गरिएको एक नयाँ अनुसन्धानलेपर्याप्त मात्रामा भिटामिन डी प्राप्त नगर्ने बच्चालाई रक्तअल्पताको खतरा उच्च हुने निष्कर्ष दिएको छ ।

पहिलो पटक यसरी विस्तृत रुपमा भिटामिन डी र रक्तअल्पताबीचको सम्बन्धलाई केलाइएको अनुसन्धानको विवरण पेडिआट्रिक्स जर्नलको अनलाइन संस्करणमा उल्लेख गरिएकोछ ।भिटामिन डीर हेमोग्लोविनबीचकोजटिल सम्बन्धलाई यस अनुसन्धानले स्पष्ट पार्न खोजेको छ ।हेमोग्लोविन प्रोटिनले रातो रक्तकोषमा अक्सिजन बोक्ने काम गर्छ ।अनुसन्धानको निष्कर्ष अनुसार भिटामिन डी कोन्यून मात्राले विभिन्न पक्षबाट रक्तअल्पतामा योगदान गर्छ । यस मध्ये भिटामिन डी ले अस्थिमज्जमा रातो रक्तकोषको उत्पादनमा प्रभाव पार्ने पक्षलाई उल्लेख गरिएकोछ । यसैगरी, रक्तअल्पता सिर्जना गर्नमा भूमिका खेल्ने प्रतिरक्षा प्रणालीको दुष्प्रभावलाई भिटामिन डी ले नियमन गर्ने बताइएको छ ।रक्तअल्पताको अवस्थामा शरीरले अक्सिजन बोक्ने रातोरक्तकोषहरुपर्याप्त मात्रामा उत्पादन गर्न सकेको हुँदैन ।अनुसन्धानकोक्रममा अमेरिकाको नेसनल हेल्थ एन्ड न्युट्रिसन एक्जामनेसन सर्वे (२००१–२००६) मा समावेश गरिएका १ देखि २१ वर्ष उमेर समूहका १० हजार ४०० बालबालिका तथा युवाको रगतको नमूनामा भिटामिन डी र हेमोग्लोविनबीचको सम्बन्धलाई हेरिएको थियो ।बारम्बार भिटामिन डी को न्यून मात्रा भएका बालबालिकामा हेमोग्लोविनको स्तर कम पाइएको अनुसन्धानको निष्कर्षमा उल्लेख गरिएको छ ।भिटामिन डी कोकमीले रक्तअल्पता मात्रा होइन कि शरीरमा कैयौँ विकार सिर्जना हुने खतरा रहन्छ । अंग असफल हुने, हड्डी कमजोर हने, मुटुमा प्रभाव लगायतका समस्यामा भिटामिन डी कोसम्बन्ध पाइएको छ ।

भिटामिन डी को सर्वसुलभ मुख्य स्रोत भनेको घाम हो । दैनिक दुई तीन घण्टा घाम तापेमा शरीरले पर्याप्त मात्रामा भिटामिन डी प्राप्त गर्छ । घाम तापेमा भिटामिन डी को पूरक खानु पर्ने आवश्यकता पनि पर्दैन । एजेन्सी

                                     

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips