रेकी रहस्य!!
Posted by Sura Health on |
डा. आदर्श प्रधानजापानिज शब्द “रे” को अर्थ ब्रह्माण्डीय चेतना र “की” को अर्थ जीवनी शक्ति हो । अतः रेकी भन्नाले ब्रह्माण्डीय चेतनासहितको जीवनी शक्ति भन्ने बुझिन्छ । रेकी उपचार एउटा यस्तो अमूल्य विद्या हो, जसले मानिसको शारीरिक, मानसिक, भावनात्मक रोगहरुलाई जरैबाट निर्मूल बनाउन सक्दछ ।

जापानका गुरू मिकाउ उसुईले प्रदिपादन गर्र्नुभएको रेकी हाल विश्वभर अभ्यास गरिन्छ । ब्रह्माण्डमा रहेको चेतनायुक्त जीवनी शक्तिलाई बढी मात्रामा हाम्रो शरीरमा प्रवेश गरायौँ भने हामी पूर्ण रुपमा स्वस्थ हुन सक्छौँ । यसले आत्माबाट आउने ऊर्जाको रूकावट खोलिदिन्छ र मानिसको शरीरमा ऊर्जा पर्याप्त रुपमा हुन्छ, फलस्वरुप मानिस स्वस्थ हुन्छ ।
हाल रेकी वयस्ट्रन र ओरिजिनल गरी दुई प्रणालीबाट अभ्यास गरिन्छ । “वयस्ट्रन” प्रणालीमा मनबाट गरिने प्रार्थना, केही उपचारका कुराहरु समावेश गरिएका छन् भने “ओरिजिनल” प्रणालीमा स्वास्थ्यदेखि आत्मा रुपान्तरणसम्मका गुढतम कुराहरु समावेश गरिएका छन् ।
रेकी ऊर्जा सबै मानिसमा प्राकृतिक रुपमा नै हुन्छ । तर हामी कडा परिश्रम, अनिद्रा, तनाव, असन्तुलित भोजनजस्ता कारणले हामीमा रेकी ऊर्जाको बहाव कम हुन्छ र हामीलाई रोग लाग्दछ । त्यसैले, हामीमा रेकी ऊर्जाको मात्रालाई जति बढाउन सक्छौँ, त्यति नै मात्रामा हामी स्वस्थ हुन्छौँ । यसले शारीरिक तहमा मात्र नभएर मानसिक र भावनात्मक तहमा कार्य गर्दछ ।
रेकीबाट एक दशक लामो समयदेखि उपचार गर्दै आउनुभएका रेकी मास्टर डा. रञ्जन प्रजापती भन्नुहुन्छ– “मैले रेकीबाट उपचार गरेका सयौँ मानसिक, शारीरिक र भावनात्मक रोगीहरु स्वस्थ भएका छन् । वास्तवमा रेकीले बिस्तारै रोगको मूल जडलाई निमिट्यान्न बनाइदिन्छ । यसलाई शब्दबाट भन्दा पनि अनुभवबाट थाहा हुन्छ ।
कुन–कुन रोगलाई फाइदा हुन्छ ?रेकीले सबभन्दा पहिला रोगलाई भन्दा पनि रोगको मूल स्रोतलाई नै उपचार गर्दै जान्छ । त्यसपछि बिस्तारै रोग जरैदेखि निको हुन्छ । रेकीले हाम्रो मन, भावना हुँदै शरीरको ऊर्जाको बहावलाई सन्तुलित बनाई स्वस्थ बनाउँछ । यसले शारीरिक, मानसिक, भावनात्मक जुनसुकै रोगलाई निको बनाउन सक्दछ । तर, रेकीले औषधि खाएजस्तै तुरून्तै असर देखाउन थाल्दैन । यसका लागि रोगको प्रकृति, गहिराइअनुसारले समय लाग्दछ । यसका लागि रोगीमा धैर्यको खाँचो हुनु आवश्यक छ । निद्रा नलाग्ने समस्या
- डर, आत्मविश्वासको कमी
- शारीरिक जुनसुकै दुखाइ
- शारीरिक जुनसुकै रोगहरु
- भावनात्मक, मनोशारीरिक रोगहरु
रेकी कसरी सिक्ने ?
वैज्ञानिकहरुको धारणा ः
रेकी एउटा अत्यन्त सरल विधि हो । यसलाई जोकोहीले पनि सजिलै सिक्न सक्दछ । कुनै उमेर, शिक्षा, भाषा केहीको पनि बन्धन छैन । रेकीको प्रशिक्षण लिनका लागि रेकी मास्टर यानेकि प्रशिक्षकसँग प्रशिक्षणका साथै दीक्षा (रेकी ऊर्जासँग जोड्ने क्रिया) लिनु आवश्यक हुन्छ । त्यसपछि नियमित अभ्यासपश्चात् हाम्रो दुवै हत्केलामा रेकी ऊर्जा आउन थाल्छ । उक्त रेकी ऊर्जालाई हत्केलाको माध्यमद्वारा आफूलाई वा अरुलाई छोएर उपचार गर्न सकिन्छ । रेकीको राम्रो अभ्यासपछि संसारको जुनसुकै कुनामा बसेको मानिसलाई नछोएर नै रेकी ऊर्जाको प्रक्षेपण सजिलै गर्न सकिन्छ ।
वैज्ञानिकहरुको धारणा ः
You can subscribe by e-mail to receive news updates and breaking stories.