मेरो महिनावारी फेरि कहिले सुरु हुन्छ !!

Posted by Sura Health on |







म २४ वर्षिया गृहिणी हुँ। मेरो शिशु भएको तीन महिना भैसक्यो। मेरो महिनावारी अहिलेसम्म सुरु भएको छैन। अहिले मलाई अन्य कुनै समस्या छैन। मेरो महिनावारी फेरि कहिले सुरु हुन्छ र अब हामीले यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन ? 

गर्भवती भएपछि रोकिएको महिनावारी कहिले सुरु हुन्छ भन्ने चिन्ता धेरै महिलामा हुन्छ। समान्यतः गर्भावस्थामा देखिएका धेरै परिवर्तन ६ हप्ता अर्थात् ४२ दिनमा पुरानो अवस्थामा र्फकन्छ, तर शिशुले आमाको दूध राम्रोसँग चुसिरहेको अवस्थामा यस्तै ६ हप्तासम्म महिनावारी सुरु हुँदैन। महिनावारी सुरु हुन ६ महिना वा सोभन्दा बढी समय पनि लाग्न सक्छ। यौनसम्पर्क कहिले सुरु गर्ने भन्ने कुरा दम्पतीहरूको आपसी समझदारीमा भर पर्छ। महिला स्वास्थ्यका हिसाबले ४२ दिनपछि यौनसम्पर्क गर्न सकिन्छ, तर त्यतिबेला महिनावारी सुरु नभए पनि गर्भ रहन सक्ने हुनाले सावधानी अपनाउनुपर्छ। 

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips