स्वास्थ्य चौकीमा सुत्केरी गराउने चेपाङ बढे !!
Posted by Sura Health on |
, कार्तिक:चितवन :४८ वषर्ीया हरिमाया चेपाङले ६ सन्तानलाई एक्लै कष्ट सहेर जन्माइन् । नकिजकै अस्पताल नहुँदा उनी घर र जंगलमा बच्च्ाा जन्माउन बाध्य भइन् । यसरी बच्चा जन्माउँदा आफू र बच्चा असुरक्षित हुन्थे । उनलाई स्वास्थ्य चौकी नजिकै भए पनि त्यहाँ सम्म पुग्न लाजले छेक्थ्यो । त्यसैले नजिकैको वन र गोठ उनको सुत्केरी हुने केन्द्र बन्थे । तर अहिले गाउँमा वषौर्ंदेखि फैलिएको लाज हराउँदै जाँदा उनी आश्चर्यमा छिन् ।
लाजले गर्दा कष्ट सहेर घर,गोठ र जंगलमा बच्च्ाा जन्माउन तयार हुने चेपाङ महिला अहिले धमाधम स्वास्थ्य चौकी धाउन थालेका छन् । सुत्केरी हुनका लागि मात्र होइन । गर्भ रहेदेखि नै चेपाङ महिला आफू र पेटमा रहेको बच्चाको स्वास्थ्य जाँंच गराउन स्वास्थ्य चौकी धाउन थालेका हुन् । 'पहिला लाजले गर्दा स्वास्थ्य चौकीमा गएर बच्च्ाा जन्माउन सकिन,' हरिमायाले भनिन्, 'जसले गर्दा हाम्रो ज्यान असुरक्षित थियो ।'
उनले अहिले गर्भवती चेपाङ महिला लाज बिर्सिएर स्वास्थ्य चौकी जान थालेकोमा खुसी लागेको बताइन् । असार अन्तिमबाट सिद्धि उपस्वास्थ्य चौकीमा बर्थिङ सेन्टर -सुत्केरी केन्द्र) सुरु भएपछि सुत्केरी गराउन आउने चेपाङ महिलाको संख्यामा वृद्धि भएको हो । अहिलेसम्म १० जना महिलाले केन्द्रमा आएर सुरक्षित रूपमा बच्चा जन्माइसकेका छन् । त्यस्तै नियमित गर्भ जाँच गराउन आउने महिलाको समेत भीड लाग्ने गर्छ ।
९ वडाकै महिला सुत्केरी गराउन र स्वास्थ्य जाँच गराउन यहाँ आउने गर्छन् । स्वास्थ्य चौकीमा आएर सुरक्षित रूपमा बच्चा जन्माउने चेपाङ महिलाको संख्यामा वृद्धि भएको अहेव इन्द्रलाल न्यौपानेले बताए । 'पहिला हामीलाई देख्दासमेत चेपाङ महिलाहरू लाजले भाग्थे,' न्यौपानेले भने, 'अहिले सहज रूपमा आएर स्वास्थ्य जाँच गराउँछन् ।' उनले वडावडामा रहेका महिला स्वयंसेविकाले चेपाङ महिलालाई स्वास्थ्य चौकीमा गएर सुत्केरी गराउन सल्लाह दिएपछि सुत्केरी गारउन आउने महिलाको संख्या बढेको बताए ।
'गाउँमा बच्चा जन्माउँदा आमा र बच्चा दुवैको ज्यान खतरामा हुन्छ भन्न्ो खबर थाहा पाए,' स्वास्थ्य चौकीमा पहिलो सन्तान जन्माएकी वडा नम्बर ९ की १७ वषर्ीया जेनिशा चेपाङले भनिन्, 'त्यसैले स्वास्थ्य चौकीमा सुरक्षित रूपमा बच्चा जन्माए ।' उनले लाज लागे पनि आफू सुरक्षित हुने भएकाले लाज बिर्सिएर स्वास्थ्य चौकी आएको बताइन् । सरकारी नीतिअनुसार स्वास्थ्य चौकीमा नियमअनुसार चारपटकसम्म गर्भ जाँच गर्न आउने महिलाले ४ सय र सुत्केरी गराउने महिलाले ५ सय रुपैयाँ पाउँछन् । गरिबीले गर्दा चेपाङ महिलाहरू पैसा पाउने आशाले गर्दा समेत बच्चा जन्माउन स्वास्थ्य चौकी धाउँछन् ।
'कम उमेरमा बच्चा जन्माउने महिलाको संख्या धेरै छ,' स्वास्थ्य चौकीकी अनमि तारा थापाले भनिन्, 'त्यसैले जोखिम मोलेर उनीहरूले बच्चा जन्माउन बाध्य छन् ।' उनले कम उमेरमै गर्भवती हुंँा बच्च्ाा ज्ान्माउन स्वास्थ्य चौकी आउने महिलाबाट बच्चा जन्माउन जोखिम बढी हुने गरेको बताइन् । एउटा महिलाले बच्चा जन्माउन दुई दिनसम्म लगाउँछन् ।
You can subscribe by e-mail to receive news updates and breaking stories.