१० नराम्रो बानी, जसले मोटोपन बढाउँछ !!

Posted by Sura Health on |







   शारीरिक फिट रहन हामी जुनुसुकै कसुर पनि बाँकी राख्दैनौं । जस्तो—योगा, शारीरिक अभ्यास, स्वस्थ खाना आदि । तर कतिपय अवस्थामा धेरै कोशिस गर्दा गर्दै पनि तौल कम नभई बढ्दै गइरहेको हुन्छ । यस्तो बेला तपाइले आफ्नो बानीमा ध्यान दिनुपर्दछ । केहि नराम्रो बानीले मोटोपन बढाउँछ । यो कुन बानी हो रु जनस्वास्थ्य सरोकारको यो अंकमा यसै सम्बन्धि विभिन्न चर्चा परिचर्चा गरिएको छ ।

टेलिभिजन हेर्दै खाना खानु
यदि तपाईं पनि यसो गर्नुहुन्छ भने टेलिभिजन हेर्ने शुरमा कति र के खाइरहेको छ रु भन्ने कुरामा त्यति ध्यान रहँदैन । अतः तपाईंले धेरै खानु हुन्छ र तौल बढ्छ । 
नोक्सान 
– एकदिनमा २ घण्टा भन्दा धेरै टेलिभिजन हेर्नाले मोटोपन बढ्ने संम्भावना २० प्रतिशत बढ्छ ।
– टेलिभिजनमा लगातार रुने किसिमको सिरीयल्स हेर्नाले मुटु र ब्लडप्रेशरसम्बन्धी समस्या हुनसक्छ । 
के गर्ने ?
टेलिभिजन हेर्दा बीच—बीचमा जगिंग, स्ट्रेचिंग, ब्रीदिग एक्सरसाइज आदि गर्नाले मोटोपन घटाउन सकिन्छ । 
लामो समयसम्म भोकै रहनु
हतारको समयमा घरबाट हामी भोकै पेट निक्लन्छौ । हामी घरमा रहेर पनि कतिपटक लामो समय सम्म भोकै रहन्छौ । लामो अन्तरालको कारण शरीरमा पोषक तत्वको कमी हुन्छ । 
नोक्सान
– शरीरमा ब्लड सुगरको मात्रा कम हुने सम्भावना बढ्छ ।
– मस्तिष्कलाई समयमा ग्लूकोज नमिल्नाले व्यक्तिको स्वभाव चिडचिडा हुन्छ ।
– लामो समयसम्म खाली पेट रहेपछि धेरै खाना खानाले एसिडिटी बढ्ने, आलस्य आदिको समस्या हुनसक्छ ।
के गर्ने ?
समयमा खाना खाने र एक निश्चित डायट लिने ।
छिटो छिटो खाना खानु
खाना नचपाई छिटो छिटो खानाले मोटोपन बढ्ने सम्भावना रहन्छ । यसो गर्नाले के खाएको भन्ने कुराको पेटमा सन्देश पुग्दैन । यसले पाचनव्रिmया प्रभावित हुन्छ । यसको अलावा पेट अघाएको हो वा छैन भन्ने सूचना पनि मस्तिष्कमा ढिलो पुग्छ र तपाई आवश्यकभन्दा धेरै खानुहुन्छ ।
नोक्सान 
– पाचनशक्ति कमजोर हुन्छ ।
– पेट दुःख्ने समस्या पनि हुनसक्छ ।
के गर्ने ? 
सिमित मात्रामा खाने । खाना खाँदा अरु कुनै काम नगर्ने । एकछिनमा पुनः भोक लागेमा फलफूल वा हेल्दी स्नैक्स खाने ।
ब्रेकफास्ट नगर्नु 
रातको खाना र ब्रेकफास्टबीच ८ देखि १२ घण्टाको अन्तरालले दिमाग र मांशपेशीलाई कमजोर बनाउँछ । यस्तोमा बिहानको नास्ता नगर्नु वा सिर्फ एक कप चिया वा कफि पिउनाले मोटोपन बढाउँदछ ।
नोक्सान 
– पाचनशक्ति कमजोर हुन्छ ।
– क्यालोरी घट्नु भन्दा बढ्छ ।
– शरीरमा एनर्जी कम हुन्छ ।
के गर्ने ?
हेल्दी ब्रेकफास्ट जरुर लिने । दिनभरीको अन्य भोजनको तुलनामा ब्रेकफास्टमा हेल्दी चिजको मात्रा धेरै राख्ने ।
पर्याप्त निन्द्रा नलिनु
राति ढिलो सुत्ने र बिहान छिटो उठ्ने पनि मोटोपनको कारण हो ।
नोक्सान 
– रातमा खाएको खाना पच्दैन ।
– इन्सोम्निया ९अनिन्द्रा० को शिकार हुन सक्छ ।
– शरीरको एनर्जि लेवल कम हुन्छ ।
– दिमाग बिचलित हुनाले डिप्रेशन पनि हुनसक्छ । 
के गर्ने ?
आफ्नो सबै काम सही समयमा सम्पन्न गर्ने कोशिस गर्ने । ठीक समयमा सुत्ने र उठ्ने गर्नुपर्छ । प्रत्येक दिन ७–८ घण्टा जरुर सुत्नु पर्दछ ।
फास्टफूड खानाले
मोटोपन बढाउने एक मुख्य कारण हो फास्टफूड हो । फास्टफूडमा क्यालोरिजको मात्रा धेरै हुने भएकाले मोटोपन बढ्छ ।
नोक्सान 
–  मुटुसम्बन्धि रोग हुनसक्छ ।
– डायविटीज हुने डर रहन्छ ।
के गर्ने ?
हप्तामा एक पटकमात्र फास्टफूड खाना खाने र एक्ट्रा चीज नखाने । तारेको फास्टफूडभन्दा रोस्टेड वा बेक्ड फास्टफूड खाने ।
खाना खाएपछि तुरुन्त सुत्नाले
रातको खाना ढिलो खाने र धेरै मात्रामा खाना खाएर तुरुन्त सुत्नु पनि मोटोपनको एक कारण हो । यसो गर्नाले भोजन पच्न पाउँदैन र शरीरमा फ्याटको मात्रा बढ्छ ।
नोक्सान 
– खाना ठीकसँग नपच्नाले ग्याँसको समस्या हुनसक्छ ।
के गर्ने ?
खाना खाएपछि केही समय टहल्नाले खाना पचाउन मद्धत गर्दछ । खाना खाएपछि हल्का एक्सरसाइज गर्नाले फाइदाजनक हुन्छ ।
तनाबमा धेरै खाना खाने
मानसिकरुपले समस्याग्रस्त हुनाले धेरे खाना खाएर आफ्नो रिस प्रकट गर्नाले पनि मोटोपन बढ्दछ ।
नोक्सान 
–  उच्च कोलेस्ट्रोल, उच्चरक्तचाप र गैस्ट्रोएनटाइटिस हुने सम्भावना बढ्दछ ।
के गर्ने ?
तनावको स्थितिमा धेरै खाना खाएर रीस निकाल्नु भन्दा त्यही रीस एक्सरसाइज गरेर निकाल्दा राम्रो हुन्छ ।
अल्कोहलको सेवन
कहिलेकाँही हेल्दी डायट लिँदा र एक्सरसाइज गर्दा पनि तौल घट्नु भन्दा बढ्छ । यसको एक कारण हाई क्यालोरिजयुक्त अल्कोहलको सेवन हुन सक्दछ ।
नोक्सान 
– कलेजोमा संक्रमण हुन सक्दछ ।
–  हृदयघात पनि हुन सक्दछ ।
– मस्तिष्कसँग सम्बन्धित रोग हुनसक्दछ ।
के गर्ने ?
– अल्कोहलको सेवन नगर्ने ।
दिनभरी बसेर काम गर्ने 
– अफिसमा दिनभरी लगातार बसेर काम गर्नाले तौल बढ्छ । 
नोक्सान 
– शरीरमा बोसोको मात्रा बढ्छ ।
– हृदयसम्बन्धि रोग हुन सक्दछ ।
–  डायविटीज हुने सम्भावना बढ्दछ ।
– धेरै तौलको कारण ब्याक बोन कमजोर हुन सक्दछ ।
के गर्ने ?
कामको बीचमा २—३ पटक बाथरुम जाने बहानाले उठेर आफ्नो शरीरलाई रिलैक्स गर्ने । लिफ्ट भन्दा सिंढीको प्रयोग गर्ने र फोनमा कुरा गर्दाको समय हिँड्ने ।

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips