दैनिक पिसाब पिउने महिला !!

Posted by Sura Health on |







                                                                                                         तपार्इं आफूलाई स्वस्थ राख्न र फिट हुन केसम्म गर्न सक्नुहुन्छ ? आफ्नै पिसाब पिउन सक्नुहुन्छ ? यस्तो कुरा सोध्दा पनि धेरैलाई घिन लाग्दो हो । तर, संसारमा यस्ता महिला पनि छन्, जो आफूलाई फिट राख्न दैनिक यस्ता काम गर्छन्, जुन जो–कोहीलाई अचम्म लाग्छ ।

तिनैमध्येकी एक महिला हुन्, ६३ वर्षीया सिल्भिया चान्डलर । उनले आफूलाई जवान राख्न २० वर्षदेखि दैनिक आफ्नै पिसाब पिइरहेकी छिन् । सिल्भिया भन्छिन् कि यस उमेरमा पनि जवान देखिनुको रहस्य पिसाब सेवन हो । त्यति मात्रै होइन, सिल्भियाले टाउको नुहाउन र अनुहारमा मोस्चराइजरबाट छुटकारा लिन पनि प्रयोग गर्छिन् । दुई बच्चाकी आमा सिल्भिया भन्छिन्, ‘पिसाब सेवन गर्ने गरेकाले नै म पछिल्लो एक दशक डाक्टरकहाँ जानुपरेको छैन ।’

स्लिम बडी बनाउन र जवान देखिन पिसाबसेवन अमृतजस्तै भएको सिल्भियाको दाबी छ । तर, उनको भनाइ छ कि कमजोर मुटु भएकाले यस्तो गर्न सक्दैनन् । उनी भन्छिन्, ‘पिसाब पिउने गरेकै कारण यो उमेरमा पनि म स्वस्थ र ऊर्जावान् छु । जब म कुनै पुरुषलाई आफ्नो उमेर भन्छु, उनीहरू विश्वास नै गर्दैनन् ।’ सिल्भिया बिहानै एक गिलास पिसाबसेवन गर्छिन् र दिनमा पनि । उनका अनुसार उनलाई यो पानी पिएजस्तो मात्रै लाग्दैन, मीठो र स्वादिष्ट पनि लाग्छ ।

सिल्भियाको शब्दमा भन्ने हो भने पिसाबसेवनले सर्दी लाग्दैन भने शरीर पनि व्यवस्थापन हुन्छ । उनले पिसाब सेवनबाट फाइदा भएपछि बर्मिंघममा आफ्नै एउटा हेल्थ स्टोर खोलेकी छिन् 

Subscription

You can subscribe by e-mail to receive news updates and breaking stories.

Most Popular

Health Video

Find us on facebook

Recent News

Daily Yoga Tips